Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

यसकारण सरकारमा जाँदैन माधव नेपाल समूह

खबरडबली संवाददाता

काठमाडौँ । नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालको समूह तत्काल सरकारमा सहभागी नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका केही सांसदले सरकारमा जान दबाब दिए पनि तत्काललाई बाहिरै बस्ने निष्कर्षमा नेपाल समूह पुगेको हो । 

नेता नेपालले बुधबार देउवालाई विश्वासको मत दिएका आफूपक्षीय सांसदलाई बोलाएर उनीहरूको धारणा बुझ्नुका साथै पछिल्लो समसामयिक राजनीति र पार्टीको आन्तरिक विवाद समाधानका विषयमा भएका प्रयत्नबारे छलफल गरेका थिए । छलफलमा सहभागी अधिकांश सांसदले सरकारमा जानुपर्ने सुझाव राखेका थिए । सांसद विरोध खतिवडाका अनुसार नेता नेपालले एकताको प्रयास भइरहेकाले तत्काल सरकारमा जान सम्भव नभएको बताएका थिए । ‘विभिन्न कारणले सरकारमा हामी तत्काल जाँदैनौं । एकताको प्रयास पनि भएको छ,’ खतिवडाले भने । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बिहान भएको सत्ता गठबन्धनको छलफलमा नेता नेपालका तर्फबाट प्रतिनिधित्व गरेका एमाले केन्द्रीय सदस्य विजय पौडेलले पनि तत्काल सरकारमा सहभागी हुन विभिन्न कठिनाइ भएको बताएका थिए ।

आजको कान्तिपुरमा खबर छ- सांसदहरूसँगको छलफलमा नेता नेपालले ओलीका तर्फबाट र आफ्नै समूहका नेताहरूबाट दोस्रो अध्यक्ष बन्न दबाब आएको तर आफूले अस्वीकार गरेको जानकारी गराएका थिए । ‘म पदको लोभी हैन, दोस्रो अध्यक्षमा जान्नँ । म पार्टीको विधि, पद्धति र केपीले बिगारेका काम सुधार्ने पक्षमा छु । केपी सुध्रेर आउने या हट्ने स्थितिमा मात्रै अध्यक्षमा जाने हो । अन्यथा म जान्नँ,’ नेपालले भनेका थिए, ‘मलाई हाम्रै साथीहरूले कुनै हालतमा दोस्रो अध्यक्षमा जानुपर्छ भनेर दबाब दिएका छन् । तर म केपीको जालझेलमा पर्नेवाला छैन ।’

नेपालले पार्टी सञ्चालनका लागि संयन्त्र बनाए आफ्नो सहयोग रहने बताएका थिए । ‘बरु तीन सदस्यीय संयन्त्र बनाए हुन्छ । केपी ओली, झलनाथ खनाल, वामदेव गौतमको संयन्त्र भए हुन्छ अथवा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल वा अरू कोहीको संयन्त्र बनाउने र पार्टीलाई अगाडि बढाउने हुन सक्छ,’ नेपालले भनेका थिए, ‘तर, त्यो संयन्त्रमा पनि म बस्दिनँ, वरिष्ठ नेतामा नै बसेर सहयोग गर्छु । महाधिवेशनपछि एकल अध्यक्षमा जाने ।’ सांसद खतिवडाका अनुसार नेपाल कम्युनिस्ट पार्टीको दोस्रो महाधिवेशनमा पनि यस्तो अभ्यास भएको उल्लेख गर्दै नेता नेपालले एमालेमा पनि तत्काल संयन्त्र बनाएर जान सकिने प्रस्ताव अगाडि सारेका हुन् ।

तर एकताका लागि ओलीको नियत राम्रो नरहेको नेपालको भनाइ थियो । ‘ओलीको नियत, आचरण अहिले पनि जालझेल, छल गर्ने नै देखिन्छ । शुद्ध आत्माले पार्टी एकतामा आउने मनसाय देखिँदैन,’ उनको भनाइ उद्धृत गर्दै खतिवडाले भने, ‘उनका दूत र हाम्रै साथीहरूले पनि केपी यो–यो कुरामा सहमत छन् भन्ने गर्नुभएको छ । सहमत भएको कुरा तपाईंहरूले भन्ने हैन, उनको मुखबाट नै बोल्न लगाउनुस् न भनेको छु ।’

लिखित सम्झौता र पार्टी बैठकबाट भएका निर्णय पनि ओलीले नमानेको उल्लेख गर्दै नेपालले सबै विषयमा प्याकेजमा सहमति हुनुपर्ने बताएका थिए । ‘केपीले सच्चा मनले एकता चाहेका छैनन् । जालीझेली गरेर फसाउने र घाइते भएको साँपले दूध खाएर तङ्ग्रिएपछि डस्ने नै हो भन्ने निष्कर्षमा हामी पुगेका छौं,’ खतिवडाले भने ।

सम्मानजनक एकता सुनिश्चित नभएसम्म कुनै भ्रममा नपर्न सांसदहरूले नेपाललाई सुझाव दिएका थिए । ‘सम्मानजनक एकता नहुने हो भने नयाँ पार्टी गठनका लागि हाम्रो साथ रहन्छ, जे गर्नुपर्ने हो, तपाईंले निर्णय लिनुस् भनेर अधिकांश कमरेडले भन्नुभएको छ,’ अर्का एक सांसदले भने, ‘तर, माधव कमरेड केही बोल्नु भएन ।’ छलफलमा पार्टी एकता समाधानका लागि गठन भएको कार्यदलका सदस्यहरू बोलाइए पनि सहभागी नभएको ती सांसदले बताए ।

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री ओली न्युयोर्कमा

न्युयोर्क। प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै  संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुने क्रममा आज संयुक्त राज्य...

महिलालाई नेतृत्वमा पुग्न धेरै चुनौती छन्ः परराष्ट्रमन्त्री राणा

काठमाडौं ।  परराष्ट्रमन्त्री डा आरजु राणाले महिलाहरुलाई राजनीतिक होस् या कुनै संस्थागत क्षेत्रको नेतृत्वमा पुग्न अहिले पनि धेरै चुनौती रहेको बताएकी छन...

रवि लामिछाने भ्रष्टाचारी हुन्ः शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भ्रष्टाचारी भएको बताएका छन् । प्रेस चौतारी दाङले शनिबा...

नीतिलाई सफल बनाउन सके कर्मचारी पनि सफल : प्रदीप परियार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले नेतृत्वको नीतिलाई सफल बनाउन सकेमा कर्मचारीहरू स्वयम् सफल हुने बताएका छन्। श...

जिबी, रवि र छवि कारबाहीका भागीदार

काठमाडाैं । विभिन्न सहकारी संस्थाबाट कानुनविपरीत गोर्खा मिडिया नेटवर्क प्रालिमा जम्मा भएको ६५ करोड ५४ लाख रकममध्ये २२ करोड ४६ लाख रुपियाँ सहकारीबाट सि...

राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुदै

काठमाडौँ । श्रीलंकामा आज राष्ट्रपतीय निर्वाचनका लागि मतदान हुँदैछ । सन् २०२२ मा आर्थिक संकटपछिको यो पहिलो निर्वाचन हो । त्यसबेला श्रीलंकामा ठूलो मा...

अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ?

काठमाडौँ । यस वर्षको जुन महिनामा दुई अमेरिकी अन्तरिक्ष यात्रीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा आठ रात बिताउन पृथ्वी छोडेका थिए । तर ज...

इत्तिफाकमाथि अल नासरको शानदार जित

काठमाडौं । साउदी प्रो लिग अन्तर्गत अल नासरले शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा अल नासरले अल इत्तिफाकलाई ३-० गोल अन्तरले पराजित गरेको ...

एमसीसी प्रसारण लाइन निर्माण : मुआब्जा वितरण प्रक्रिया सुरु

काठमाडौं । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल)मार्फत निर्माण हुन लागेको सवस्टेशनअन्तर्गत विद्युत् प्रसारण लाइनको टावर निर्माणका...

तनहुँ, गोरखा र नवलपुरमा आज दिनभर विद्युत् अवरुद्ध हुने

काठमाडौं । तनहुँ, गोरखा र नवलपुरका विभिन्न स्थानीय तहमा आज विद्युत अवरुद्ध हुने भएको छ । तनहुँको भानु नगरपालिका, बन्दीपुर गाउँपालिका, शुक्लाण्डकी न...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy