काठमाडौँ । अमेरिकामा सङ्क्रमण फैलिने क्रम चलिरहे पनि खोप लगाउने दर भने कम भएको छ ।
खोप लगाउनेहरुको सङ्ख्या बढाउन अमेरिकाले नयाँ रणनीति लागू गर्न लागेको छ । सरकारले निर्देशिका जारी गर्दै खोप लगाउनेलाई प्रतिव्यक्ति १०० डलर दिने जनाएको छ ।
राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसविरुद्ध खोप लगाउने व्यक्तिलाई प्रतिव्यक्ति १०० डलर रकम दिन राज्य सरकारहरुलाई पनि आह्वान गरेका छन् ।
उनले सङ्घीय सरकारका कर्मचारीका लागि पनि यो व्यवस्था लागू हुने बताएका छन् । अमेरिकामा सङ्घीय सरकारका निकायहरूमा मात्रै करिब २० लाख मानिस काम गर्छन् ।
बाइडेनले जारी गरेकाे निर्देशनमा अबदेखि कर्मचारीहरुले खोप लगाएको प्रमाण देखाउनु पर्नेछ व्यवस्था गरिएको उल्लेख छ । त्यसैगरी सबै कर्मचारीले कोरोना भाइरसको परीक्षण अनिवार्य रुपमा गर्नुपर्ने र मास्क लगाउनुपर्ने व्यवस्था पनि निर्देशिकामा उल्लेख गरिएको छ ।
बढी सङ्क्रामक डेल्टा भेरियन्टका कारण नयाँ प्रतिबन्धहरू लगाउनु परेको अमेरिकामा हालसम्म आधा जनसङ्ख्याले मात्र खोपको मात्रा पूरा गरेका छन । खोप नलगाएकाहरुलाई डेल्टा भेरियन्टले बढी असर गर्ने गरेकाले खोप लगाउन सरकारले सवैलाई आग्रह गरेको छ । खोप लगाउन प्रेरित गर्नेगरी अहिले लागू गरिएको नगद रकम दिने व्यवस्थाले पहिले नै खोप लगाइसकेकालाई भने अन्याय हुने टिप्पणी पनि भएको छ ।
अमेरिकी राष्ट्रपति वाइडेनले भने सार्वजनिक हितका लागि भएकाले यसलाई अन्यथा मान्न नहुने बताएका छन् । “जति धेरै मानिसले खोप लगाउँछन्, कोरोना भाइरसको महामारीबाट हामी उतिनै बढी सुरक्षित हुन्छौँ, त्यसैले यसको फाइदा सवैलाई हुने भएकाले खोप लगाउन प्रेरित गर्नु हामी सवैका लागि हितकर छ”, उनले भने ।
गत महिना अमेरिकामा गरिएको एउटा अध्ययनले ९९ प्रतिशत कोभिडसम्बन्धी मृत्यु खोप नलगाएका व्यक्तिहरुको भएको देखाएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ५ गते, २०७९ - १७:१६
गलकोट । दश पालिका रहेको बागलुङको मतगणना सकिएको छ । बागलुङको मतपरिणाम आइसक्दा ८५ वडाध्यक्षमा सबै पुरुष विजयी भएका छन् भने एक पालिका अध्यक्ष र एक पालिका...
जेष्ठ ५ गते, २०७९ - १६:५७
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सांसद जीवनराम श्रेष्ठले काम नै नसकिएको धरहराको उद्घाटन गरिए पनि हालसम्म सञ्चालनमा आउन नसकोमा टिप्पणी गरेका छन् । ...
जेष्ठ ५ गते, २०७९ - १६:४२
धनुषा । धनुषाको कमला नगरपालिकामा जसपाका जिल्ला अध्यक्षलाई पराजित गर्दै कांग्रेसका उम्मेदबार निर्वाचित भएका छन् । प्रमुखमा विशेश्वर यादवले जसपाका पशुप...
जेष्ठ ५ गते, २०७९ - १६:२४
दमौली । तनहुँको व्यास नगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले अग्रता लिएका छन् । हालसम्म गणना भएकामध्ये स्वतन्त्र उम्मेदवार जोशीले एक ...
जेष्ठ ५ गते, २०७९ - १५:२४
कैलाली । कैलालीको कैलारी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजसमझ चौधरी निर्वाचित भएका छन् । चौधरीले १० हजार ४९२ मत प्राप्त गरेका छन् भने उनक...
जेष्ठ ५ गते, २०७९ - १५:०५
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा मिनेन्द्र रिजालले पूँजीगत खर्च नहुनुमा अर्थतन्त्रमा रहेको संरचनागत संरचनाले काम गरेको टिप्पणी गरेका छन् । प्...
जेष्ठ ५ गते, २०७९ - १४:४७
काठमाडौँ । अदालतबाट एक दिन कैद र रु नौ लाख जरिवाना तोकिएका फरार एक व्यक्तिलाई प्रहरीले आज काठमाडौँको बूढानीलकण्ठबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा...
जेष्ठ ५ गते, २०७९ - १४:३३
बझाङ । यहाँका १२ वटै स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामध्ये नेपाली कांग्रेस छ, नेकपा (एमाले) तीन,...
जेष्ठ ५ गते, २०७९ - १४:१३
काठमाडौँ । सरकारले गणतन्त्र दिवस त्रि–द्विवसीय कार्यक्रमका साथ मनाउने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको गणतन्त्र दिवस–२०७...
जेष्ठ ५ गते, २०७९ - १४:००
चितवन । सरकारले आइतबार सार्वजनिक बिदा थप गरेपछि पर्यटन व्यवसायी उत्साहित भएका छन् । लगातार दुई दिन बिदा हुँदा आन्तरिक पर्यटक बढ्ने व्यवसायीको अपेक्षा ...
प्रतिकृया लेख्नुहोस्: