Ntc summer Offer
Khabar Dabali ८ आश्विन २०८१ मंगलवार | 24th September, 2024 Tue
NIMB

विद्युत् अनियमित हुँदा स्थानीयवासी समस्यामा

रासस

बागलुङ । पश्चिम गलकोट क्षेत्रमा बुधबार ११ घण्टाको अवधिमा ११ पटक नै विद्युत् आपूर्ति राकियो । बिहान ७:१५ बजेदेखि शुरु भएको विद्युत् अनियमित हुने क्रम साँझ ५:३८ सम्म जारी रह्यो । एक पटकमा दुई मिनेटदेखि एक घण्टा आठ मिनेटसम्म आपूर्ति बन्द भयो ।

गलकोट नगरपालिका–४ का उपभोक्ता चुँडामणी शर्माका अनुसार यस्तो समस्या एक दिनको मात्रै भने होइन । गलकोट र आसपासका भेगमा विद्युत् आपूर्ति अनियमित हुने समस्या वर्षौँ पुरानो हो । उपभोक्ताले विद्युत् आपूर्ति बन्द हुनेबारे पूर्वसूचनासमेत पाउँदैनन् । 

कहिलेकाहिँ त बिनाजानकारी एक/दुई दिनसम्मै बिजुली आउँदैन । त्यस्तो बेला अँध्यारोमै रात काट्नुपर्ने बाध्यता सर्वसाधारणमा छ । विद्यालय सञ्चालकसमेत रहनुभएका शर्माले विद्युत् अनियमित हुँदा कोरोना महामारीका बेला चलिरहेका अनलाइन कक्षासमेत प्रभावित भइरहेको बताए । “लोडसेडिङमाझैँ दिनमै कैँयौपटक बिजुली जान्छ, यो समस्या अन्त्यको लागि सम्बन्धित निकायको बेलैमा ध्यान जाओस्”, उनले भने । विद्युत् अनियमितताको मार घरको भान्सादेखि उद्योग, व्यवसायसम्म पर्ने गरेको छ ।

सार्वजनिक सेवा प्रवाहमासमेत यसको असर छ । विद्युत् आपूर्ति रोकिँदा सरकारी कार्यालयका कतिपय कामकाज ठप्प हुन्छन् । लामो समय बिजुली जाँदा एफएम रेडियोसमेत बन्द गर्नुपर्ने अवस्था रहेको सामुदायिक रेडियो गलकोट एफएमका स्टेशन प्रमुख घनश्याम गौतमले बताए । “ब्याट्रीले निश्चित समय थेग्छ, ब्याकअप सकियो भने रेडियो बन्द हुन्छ”, उनले भने । घण्टौँसम्म बिजुली नआउँदा रेडियो बन्द भएको नमिठो अनुभव गौतमले सुनाए । रेडियो नै बन्द हुँदा सर्वसाधारणले सूचना पाउने अधिकार पनि बेलाबेला कुण्ठित हुने गरेको छ । 

केन्द्रीय प्रसारण लाइन पुगेको दशकबढी भएपनि गलकोट भेगमा विद्युत् आपूर्ति अनियमित हुने समस्या अझै ज्यूँकात्यू छ । गलकोट नगरपालिका–५ हरिचौरमा सब–स्टेशन बनेर सञ्चालनमा आएपनि उक्त समस्या हटेको छैन । गलकोट–३ हटियास्थित नेपाल विद्युत् प्राधिकरणको ‘नो लाइट’ कार्यालयका प्राविधिक नरेन्द्र पुनले प्राविधिक त्रुटीका कारण विद्य्त अनियमित हुने गरेको बताउनुभयो । प्रसारण लाइनको दूरी लामो भएकाले पनि प्राविधिक समस्या आइरहने उनको भनाइ छ ।

“वर्षायाममा बढी समस्या हुन्छ, कहिले पहिराले पोलमा क्षति गर्छ, कहिले रुख ढलेर प्रसारण लाइनमा पर्छ”, उनले भने,  हरिचौरमा सब–स्टेशन बनेपछि पहिलेको तुलनामा समस्या केही कम भएको पुनले बताए । विद्युत् विस्तार, मर्मत आदि काम प्राय: सार्वजनिक बिदाका दिनमा हुने गरेको र त्यसबारे पहिले नै उपभोक्तालाई सूचित गर्ने गरिएको उनको भनाइ छ । पछिल्लो समय गलकोट र बुर्तिबाङ फिडरका लागि एउटै ब्रेकर प्रयोग गर्नु परेकाले पनि आपूर्ति राकिने समस्या बढी देखिएको कार्यालयले जनाएको छ ।

जनशक्ति र स्रोत साधनको अभावमा ‘नो लाइट’ कार्यालयले पनि छरितो र चुस्त सेवा दिन सकेको छैन । कार्यालयको कार्यक्षेत्र गलकोटसहित ताराखोला गाउँपालिकालाई पनि तोकिएको छ । पुनसहित कार्यालयमा रहेका दुई जना प्राविधिकलाई मर्मतका लागि ‘फिल्ड’ जानै भ्याइनभ्याइ हुन्छ । गाडीको व्यवस्था हुन सके ‘फिल्ड’को काम अझ छिटो र प्रभावकारी हुने प्राविधिक बताउँछन् । प्राविधिक त्रुटीलाई देखाउँदै कार्यालयका कर्मचारी उम्कने गरेपनि उपभोक्ता भने विद्युत् आउने/जाने समस्याबाट हैरान छन् । गलकोटको बिजुलीको केही भर नभएको भन्दै उनीहरु चर्को गुनासो गर्छन् । 

विद्युत् सेवालाई नियमित गराउन पटकपटक नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रको ध्यानाकर्षण गराइएपनि कुनै सुनुवाई हुन सकेको छैन । गलकोटमा ३३ र ११ केभिए प्रसारण लाइनबाट विद्युत् वितरण भइरहेको छ । केन्द्रले आउँदो वर्षसम्ममा जिल्लाभर राष्ट्रिय प्रसारणको विद्युत् विस्तार गरिसक्ने लक्ष्य लिएको छ । निसीखोला र तमानखोला गाउँपालिकाबाहेक यहाँका सबै स्थानीय तहमा केन्द्रीय बिजुली पुगेको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy