Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

सिम्बोल नम्बर नहुँदा एसइईको परीक्षाफल हेर्न पाइएन

रासस

मान्मा । राष्ट्रिय परीक्षा बोर्डले २०७७ को एसइई परीक्षाको नतिजा प्रकाशित गरेको छ तर कालीकोट जिल्लाबाट इसईई दिएका विद्यार्थीले भने आफ्नो नतिजा थाहा पाउन सकेका छैनन् ।  

विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई आधार बनाएर बोर्डले शनिबार नतिजा सार्वजनिक गरेको छ । यहाँका विद्यार्थीले भने सिम्बोल नम्बर नभएका कारण परीक्षाको प्रतिफल थाहा पाउन सकेका छैनन् । 

एसइईको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने भए पनि सिम्बोल नम्बर थाहा नहुँदा आफूले प्रतिफल थाहा पाउन नसकेको कालीकोटको खाँडाचक्र नगरपालिका–१ पञ्चदेवल माध्यमिक विद्यालय मान्मबाट इसइई परीक्षा दिएका विकास शाहीले बताए । 

“इसइई परीक्षाको फार्म भर्ने बेला कोभिड–१९ कारणले विद्यालय बन्द भयो । हाम्रो सिम्बोल नम्बर कति हो”, त्यो थाहा भएन उनले भने, “आन्तरिक मूल्याङ्कनबाट परीक्षाको प्रतिफल आएको होला तर हाम्रो सिम्बोल नम्बर कति हो भन्ने थाहा नहुँदा परीक्षा प्रतिफल हेर्न पाएका छैनौँ ।” 

सिम्बोल नम्बर नभएका कारण आफूले परीक्षाको प्रतिफल हेर्न नपाएको रास्कोट नगरपालिका–५ स्युनामा रहेको बडिमालिका माध्यमिक विद्यालयबाट इसइई परीक्षामा सामेल विद्यार्थी रजबहादुर फर्सालले बताए ।  

“परीक्षा के भएको हेर्न पाएका छैनौैँ । हाम्रो सिम्बोल नम्बर कति हो त्यो पनि थाहा छैन”, उनले भने, “परीक्षाको प्रतिफल हेर्न नपाउँदा उकुसमुकुस भएको छ ।” विद्यालयले आन्तरिक मूल्याङ्कनका आधारमा इसइई दिने विद्यार्थीको नतिजा परीक्षा बोर्डमा पठाइएको र सबै विद्यार्थीको सिम्बोल नम्बर आफूहरुलाई जानकारी नहुने र विद्यालयमा गएमात्र थाहा हुने पञ्चदेवल माध्यमिक विद्यालयका सहायक प्रधानाध्यपक चन्द्रप्रसाद कोइरालाको भनाई छ । 

“विद्यालय कोभिड–१९ का कारणले बन्द भएकाले हामीले आन्तरिक मूल्याङ्कन गरेर विद्यार्थीको परीक्षा फल र सिम्बोल नम्बर दिएका हौँ”, उनले भने, “त्यसबेला विद्यार्थीले चासो पनि देखाउनु भएन । हामीले सबैलाई सिम्बोल नम्बर थाहा दिन पनि भ्याएनौँ ।”

इसइई परीक्षाको प्रतिफलको जानकारी आजै जिल्लामा आइपुग्ने र त्यसपछि विद्यार्थी को कति पास भए भन्ने जानकारी हुने जिल्ला शिक्षा समन्वय इकाईका प्रमुुख महेश देवकोटाले जानकारी दिए । उनले विद्यार्थीको परीक्षाफल आजै आउने बताए ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies