Khabar Dabali २३ मंसिर २०८२ सोमबार | 8th December, 2025 Mon
Investment bank

फाँसीभन्दा पहिले जल्लादको दिमागमा के चल्छ ? (याकूबलाई फाँसी दिएका पवनको बयान)

\"140910120613_pawan_hangman_story_624x351_bbc-750\"मेरठको काशीराम नगरस्थित आफ्नो घरमा बसिरहेका पवन जल्लादले फाँसी दिने बेला आफ्नो दिमागमा के कुरा चल्छ भन्ने बारे बीबीसीसँग साझा गरेका छन् । उनी भन्छन्, ‘जब फाँसीको तयारी गर्नुपर्ने हुन्छ तब मानसिक तनाव यति धेरै हुन्छ कि सबैकुरा छिटो छिटो सिद्धाएर चाँडै नै तनावमुक्त हुन पाइयोस् भन्ने सोचिन्छ ।’ मानसिक दबाब त्यतिबेला सुरु हुन्छ जब जेल प्रशासनले जल्लादलाई कसैको फाँसीका लाग सम्पर्क गर्दछन् । पवन जल्लादलाई निठारी काण्डका दोषी सुरेन्द्र कोलीको फाँसीको लागि सम्पर्क गरिएको थियो । यद्यपी अदालतले पछि उनको फाँसीमा रोक लगाएको थियो । जेल प्रशासनले सम्पर्क गरेलगत्तै उनको दिनचर्यामा धेरै परिवर्तन आएको उनले बताए । पूर्वाभ्यासः जल्लादले फाँसीको सम्पूर्ण कामको जिम्मा लिनुपर्ने हुन्छ । फाँसी दिइने डोरीको जाँचदेखि डोरी बाट्नेसम्मको सबै कामको पूर्वाभ्यास गर्नुपर्छ । उनीहरुले फाँसीको दिनमा सिधै गएर झुण्डाउने काम गर्न सक्दैनन् । पवनले फाँसीमा झुण्ड्याइने व्यक्तिको तौलको आधारमा सबै तयारी गरिने बताएका छन् । उनले भने, ‘यदि झुण्डाइने व्यक्तिको तौल ७० किलो छ भने त्यति नै तौलको बालुवाले भरिएको बोरालाई झुण्डाएर अभ्यास गनुपर्ने हुन्छ ।’ कसैको जीवन समाप्त गर्नुको मानसिक र मनोवैज्ञानिक दबाब जल्लादका साथै जेलका अरु व्यक्तिलाई पनि हुने गर्दछ र उक्त तनाव प्रशासन, कैदी सबैलाई महसुस हुने गर्दछ । पवन भन्छन्, ‘सबैभन्दा तनाव जल्लादलाई नै हुने गर्दछ ।’ जेल प्रशासनको लिभरदेखि डोरी झुण्डाउने ठाउँसम्मको मर्मत गर्नुपर्ने पवन बताउँछन् । ‘यी सबैको प्रयोग फाँसी दिने बेला हुने भएका कारण सबैले ठिकठाक रुपमा काम गर्न अत्यावश्यक छ,’ उनी भन्छन् । परिवारको पेटः पवनले हजुरबुवासँग मिलेर पाँचजना अपराधीहरुलाई फाँसी दिएको दाबी गरेका छन् । आठ कक्षा पास गरेका पवनको जल्लादको जागिर उनको पक्की जागिर होइन । उनी जेल प्रशासनसँग मात्र एक अनुबन्धमा छन् जसका कारण उनले महिनामा तीन हजार भारतीय रुपैयाँ तलब स्वरुप पाउँछन् । बाँकी अरु दिन उनी कपडा बेचेर आफ्नो परिवारको पेट पाल्ने गर्दछन् । उनले आफ्ना बच्चाहरुलाई निकै पढाउने सोचेका छन् । उनको एक छोरा दिल्लीमा ग्रयाजुएसनको पढाइ गरिरहेका छन् । निन्द्रा लाग्दैनः उनले आफ्नो छोरालाई अहिलेसम्म पनि जल्लादको प्रशिक्षण नदिएको बताएका छन् जबकी यो उनीहरुके पुख्र्यौली पेशा हो । उनको छोराले याकूबलाई फाँसी दिने बेला आफ्नो बुवासँग जाने इच्छा पनि देखाएका थिए तर यसले उनको दिमागमा खराब असर पार्ने भन्दै उनलाई आफूसँग आउन दिएनन् । ‘दिमागमा असर त पर्छ नै । म चाहन्न कि उसको पढाईमा यसले असर गरोस् । कसैलाई मरिरहेको देख्दाको असर मन मस्तिष्मा सधैं रहने गर्दछ । के तपाईं कोही मरिरहेको देख्न सक्नुहुन्छ ?’ उनले प्रतिप्रश्न गरे । ‘मेरो कुरा त अर्कै छ । मैले यसको प्रशिक्षण आफ्नो बुवा र हजुरबुवासँग लिएको हुँ । तर यसले मेरो दिमागलाई पनि असर पुर्याउने गर्दछ । कसैलाई मृत्युदण्ड दिएको दिन मलाई खाना खान मनलाग्दैन । मलाई निन्द्रा पनि लाग्दैन, ’ उनले आफ्नो अनुभव सुनाए । साभारः बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending