Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

सामुदायिक वन दिवसमा वृक्षरोपण

रासस
गण्डकी । राष्ट्रिय सामुदायिक वन दिवसका अवसरमा पोखरा महानगरपालिका–३० स्थित चापापानी चिसाकुना सामुदायिक वनमा वृक्षरोपण गरिएको छ । “सामुदायिक वनको सम्पत्ति, समृद्धि, प्रकृति र संस्कृति” भन्ने मूलनाराका साथ आयोजित कार्यक्रममा अमला, बडहर, कटहर, हर्रो, बर्रो, हलुवावेद, तेजपात, नासपतिलगायत विभिन्न जातका २०० वटा बिरुवा रोपिएको हो ।
 
पोखरा महानगरपालिका– ३० का वडाध्यक्ष श्रीराम पोखरेलले औषधीय गुणयुक्त हर्रोको बिरुवा रोपेर कार्यक्रमको शुभारम्भ गर्दै सामुदायिक वनलाई उत्पादनसँग जोड्नुपर्ने आवश्यकता औँल्याए ।
 
वृक्षरोपण गर्नु आपैmमा महत्वपूर्ण भएको उल्लेख गर्दै उनले बिरुवा रोप्नका लागि मात्र नभइ संरक्षण र त्यसबाट उपलब्धि प्राप्त गर्नुपर्नेमा जोड दिए । सामुदायिक वन उपभोक्ता महासङ्घका केन्द्रीय सदस्य हरिप्रसाद बाँस्तोलाले समूहको मेहनत, जनप्रतिनिधिको सहयोग र वन कार्यालयको प्रविधिसहित त्रिकोणात्मक सहकार्यबाट मात्र सामुदायिक वनबाट समृद्धि प्राप्त गर्न सकिने विश्वास व्यक्त गरे ।
 
सामुदायिक वन उपभोक्ता महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष कालीदास सुवेदीले सामुदायिक वनमा हुने विकास निर्माणमा वन समूहको अधिकार सुनिश्चित् हुनुपर्नेमा जोड दिँदै राष्ट्रिय गौरवको प्राणी उद्यान केन्द्र व्यवस्थित रुपमा सञ्चालन गर्न वन समूहबीच  समन्वय एवं सहकार्य हुनुपर्ने आवश्यकता औँल्याए । १५ हेक्टर क्षेत्रफलमा पैmलिएको सो सामुदायिक वनमा कूल ३२० घरपरिवार उपभोक्ता रहेको समूहका अध्यक्ष दुर्गादत्त भुर्तेलले जानकारी दिए । वन समूहको खासै आम्दानी नभएको र उपभोक्ताले वार्षिक सदस्यता नवीकरण गरेको शुल्कबाट मासिक पाँच हजार पारिश्रमिक दिएर एक जना हेरालोसमेत राखिएको उनको भनाइ छ ।
 
पचभैया समुदायिक वन समूहका अध्यक्ष दिननाथ ढकाल, सव डिभिजन वन कार्यालय लेखनाथका सहायक वन अधिकृत रामबहादुर विश्वकर्मा, समूहका उपाध्यक्ष  तारानाथ तिवारी, सचिव सीता सापकोटालगायतले वृक्षरोपणको महत्व र संरक्षण, प्रवद्र्धन एवं उपयोगका बारेमा चर्चा गरेका थिए । 
 
तीनै तहका सरकारको सहयोगमा चापापानी चिसाकुना, पचभैया र चैनपुरसहित तीन वटा सामुदायिक वन क्षेत्रलाई समेटेर प्राणी उद्यान केन्दको रुपमा विकास गरिँदै आएको छ ।
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies