Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

विश्वसाइकल यात्रीलाई फुकुओकामा सम्मान

\"Japan-Samman-400\"१४ साउन, टोकियो । नेपालको परिचय संसारभर फैलाउने उद्देश्यले विश्वसाइकल यात्रामा निस्केका नेपाली दुई युवकलाई जापानको फुकुओकावासी नेपालीले बुधबार फुकुओकास्थित हाकातामा स्वागत र सम्मान गरेका छन् । विश्वसाइकल यात्री ताप्लेजुङका लोकबन्धु कार्की र काभे्रका जनार्दन खनाललाई फुकुओका नेपाली सोसाइटी, भेटघाट बचत तथा ऋण सहकारी, ओतोकु नेपाली समाज क्युस्यु, एनआरएन क्युस्यु समिति र नेपाली जनसम्पर्क समिति क्युस्युले संयुक्त रुपमा स्वागत तथा सम्मान गरेका हुन् । उनीहरुलाई पुष्पगुच्छा तथा खादा ओढाएर सम्मान गरिएको थियो । दक्षिण कोरिया र चीनको सीमाबाट दुई घन्टाको अन्तरमा रहेको फुकुओका टोकियोबाट पश्चिम तथा पाँचौं प्रसिद्ध बजार हो । सधैँजसो व्यस्त रहने हाकाताको ओहासी बजारमा चन्द्र र सूर्य अङ्कित नेपाली झन्डा र ढाका टोपी, कालो आस्कोट र दौरासुरुवालमा विश्वशान्तिका दूत गौतमबुद्धको तस्बिर अङ्कित नेपाल भएको सानो बोर्ड साइकलमा टाँगेर साइकल यात्रामा देखिँदा नेपालीवासी तथा सर्वसाधारण अचम्ममा परेका थिए । राजधानी टोकियोबाट नागोया, ओसाका हुँदै दुईसाताको अवधिमा फुकुओका पुगेका उनीहरु प्रवेशसँगै फुकुओकावासी नेपाली र त्यहाँका सर्वसाधारणले तस्बिर लिन सुरु गरेका थिए । यो निरन्तर बुधबार मध्यरातसम्म चलेको थियो । सन् २००४ डिसेम्बर ७ देखि यात्रा सुरु गरेका उनीहरुले हालसम्म ११६ मुलुकको यात्रा सम्पन्न गरिसकेका छन् । जापान ११७औँ भ्रमण मुलुक हो । उनीहरुले ताइवान, मकाउ, चाइना हुँदै जापान आएको र छिट्टै नै रसिया, युक्रेन हुँदै बाँकी मुलुकमा पुगेर सन् २०१७ मा विश्व भ्रमण सम्पन्न गर्ने बताएका छन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies