काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपाल महन्थ ठाकुर पक्षले उत्पीडन र बहिर्गमनमा परेका तमाम जनसमुदायको अधिकार र पहिचानका लागि सङ्घर्ष प्रभावकारी बनाउने घोषणा गरेको छ । जसपा ठाकुर पक्षको वाग्मतीस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शीर्षथ नेताहरूले पार्टीलाई सुदृढ र सङ्गठित गर्दै उत्पीडित समुदायको मुक्तिका लागि क्रियाशील हुने बताएका हुन् । जसपा आफूहरूले दुःख गरेर बनाएको पार्टी भएकाले कार्यकर्ता र सङ्गठन बलियो भएको उनीहरूको दाबी छ ।
जसपाका अध्यक्ष ठाकुरले समावेशी लोकतन्त्रका लागि लामो समयदेखि सङ्घर्षरत जसपा पिछडिएका र बहिस्करणमा परेका समुदायको अधिकार र पहिचानका लागि थप सक्रिय भएर अगाडि बढ्ने बताए । उनले भने, “राष्ट्रियता जनतामा हुन्छ, भूगोलमा हैन, त्यसैले हाम्रो विविधतालाई सम्बोधन गर्न समावेशी लोकतन्त्रका लागि हामी सङ्घर्षरत छौँ ।”
जातजाति, भाषा, धर्मआदि विषयमा बहिर्गमनमा परेको समुदायको उत्थानका लागि राज्यको पुनःसंरचना गरी पहिचानको आधारमा विभेदरहित सुशासनका लागि पार्टी प्रयत्नरत रहेको उनको भनाइ छ । अध्यक्ष ठाकुरले अहिलेको सङ्घीय प्रणाली पहिचानको आधारमा नरहेको भन्दै वर्तमान संविधानमा रहेका कमजोरीलाई संशोधन गरेर पहिचानको अधिकारलाई सुनिश्चित गरिनुपर्ने बताए ।
जसपा ठाकुर पक्षका वरिष्ठ नेता राजेन्द्र महतोले ठाकुर अध्यक्ष रहेको पार्टी नै आधिकारिक जसपा रहेको दाबी गर्दै प्रलोभनमा परेर गएकाले पार्टी आधिकारिक हो भन्नुको कुनै अर्थ नरहेको तर्क गरे । उनले केही सदस्य सङ्ख्या देखाउँदैमा पार्टी नहुने र पार्टीका लागि कार्यकर्ता र सङ्गठन चाहिने भन्दै यस्तो शक्ति आफूहरूको पक्षमा रहेको जिकिर गरे।
जसपाका अर्का नेता सरतसिंह भण्डारीले जसपा आफूहरूले बनाएको पार्टी भएको भन्दै यसले उत्पीडनमा परेका समुदायको हक अधिकारका लागि सङ्घर्षरत रहेको बताए । जसपाको मुद्दाका लागि कुनै पनि सरकारले सम्बोधन गर्न नसकेको भन्दै उनले मधेशका माग र मुद्दालाई सम्बोधन गरेको खण्डमा वर्तमान सरकारसँग सहकार्य हुने बताए । जसपा वाग्मती प्रदेश अध्यक्ष निलकण्ठ महर्जनले पार्टी सङ्गठनलाई बलियो बनाउन सक्रियतापूर्वक लाग्ने बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ७ गते, २०८२ - २२:३६
को हुन् महेश बस्नेतसँग चुनावी मैदानमा उत्रिएका रामप्रसाद सापकोटा ‘दिपशिखा’ ?
माघ ७ गते, २०८२ - २१:४९
शरत्सिंह भण्डारी र पृथ्वी सुब्बा गुरुङको नथाक्ने उम्मेदवारी यात्रा
माघ ७ गते, २०८२ - २१:०३
झापा । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–५ मा २४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन अधिकृतको कार...
माघ ७ गते, २०८२ - २०:५६
टिकट नपाएपछि गुरुङको विद्रोह
माघ ७ गते, २०८२ - २०:३७
काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) प्रणालीअन्तर्गत देशभरका ...
माघ ७ गते, २०८२ - १४:१६
झापा । झापाको दमकमा रास्वपा र एमाले कार्यकर्ताबीच झडप भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी भएपछि झडप भएको हो । एमाले अध्यक्ष ओली...
माघ ७ गते, २०८२ - १४:१४
काठमाडाैं । काठमाडाैं महानगरपालिका वडा नं. १३ अन्तर्गत कालिमाटी–टंकेश्वर क्षेत्रबाट प्रहरीले करिब १३ लाख रूपैयाँ नगद र लागूऔषधसहित एक जनालाई पक्राउ गर...
माघ ७ गते, २०८२ - १४:०९
झापा । झापा निर्वाचन क्षेत्र नम्बर–२ मा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पूर्वसभामुख र पूर्वउपसभामुख चुनावी मैदानमा उत्रिएका छन् । पूर्वसभा...
माघ ७ गते, २०८२ - १४:०८
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी मनो...
माघ ७ गते, २०८२ - १४:०४
काठमाडौँ । निर्वाचन गराउने प्रमुख जिम्मेवारीसहित गठन भएको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारका चार मन्त्री आसन्न प्रतिनिधिसभा सदस्य न...




प्रतिकृया लेख्नुहोस्: