काठमाडौँ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले शिष्ट, सभ्य र व्यावसायिक आचरण प्रदर्शन गर्न ट्राफिक व्यवस्थापनमा खटिने प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखा तथा मातहत कार्यालयका प्रमुख, सातै प्रदेश ट्राफिक प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुखलाई प्रहरी प्रधान कार्यालयबाट आज भर्चुअल माध्याममार्फत निर्देशन दिँदै प्रहरी महानिरीक्षक थापाले ट्राफिक व्यवस्थापन तथा सडक दुर्घटना न्यूनीकरणमा गम्भीरतापूर्वक कर्तव्य निर्वाह गर्न आग्रह गरे ।
प्रविधिको प्रयोगमा जोड दिन आग्रह गर्दै प्रहरी महानिरीक्षक थापाले पूर्ण पेशागत निष्ठाका साथ ट्राफिक व्यवस्थापनमा लाग्न पनि निर्देशन दिए । उनले सडक सुरक्षा, सडकमा हुने दुर्घटना न्यूनीकरणमा मौलिक योजना तथा रणनीति तयार गरी अगाडि बढ्न आग्रह गरे ।
कार्यक्षेत्रमा खटिने सिलसिलामा व्यक्तिगत सुरक्षाप्रति सचेत हुँदै कार्यालय तथा सडकमा सम्पर्कमा आउने सेवाग्राहीलाई सेवा प्रवाहमा समानता र सेवाग्राही मैत्री व्यवहार कायम गर्नुपर्नेमा जोड दिए । उनले आर्थिक पारदर्शीता तथा शून्य सहनशीलता नीतिअनुरुप कार्य सम्पादन गर्न पनि सुझाव दिएका छन् ।
प्रहरी महानिरीक्षक थापाले परिस्थितिको मूल्याङ्कन गरी स्वविवेकको प्रयोगमा चुक्न नहुनेमा जोड दिँदै कोभिड–१९ को जोखिममा पूर्ण सावधानी अपनाउन भनेका छन् । उनले स्थानीयस्तरसँग समन्वय गरी ट्राफिक व्यवस्थापनलाई चुस्त पार्नु आजको आवश्यकता भएको औँल्याए । प्रहरीको भौतिक संरचना, सिसिटिभी जडान जस्ता कार्यक्रममा स्थानीय तह, जनप्रतिनिधि तथा सङ्घ संस्थासँग समन्वय गरी दुर्घटना न्यूनीकरण प्रभावकारी बनाउन पनि निर्देशन दिए । उनले प्राप्त जिम्मेवारीलाई परिणाममुखी बनाउन पनि निर्देशन दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ६ गते, २०७९ - १७:०५
काठमाडौँ । नेपाल प्रहरीले कौडा खेलिरहेको अवस्थामा छ जनालाई पक्राउ गरेको छ ।महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीलकण्ठ नगरपालिका–१...
जेष्ठ ६ गते, २०७९ - १६:५३
बनेपा । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएका छन् । अध्यक्...
जेष्ठ ६ गते, २०७९ - १६:४५
पेरिस । फ्रान्समा नयाँ सरकार शुक्रबार घोषणा गरिने राष्ट्रपतिले बताएका छन् । नयाँ सरकार गठनपछि नयाँ मन्त्रिपरिषद्को बैठक सोमबार बस्नेछ । नयाँ सरकार...
जेष्ठ ६ गते, २०७९ - १६:३१
काठमाडौँ । सांसदहरुले आगामी बजेटमा जनताका आधारभूत सुविधालाई सबल र सर्वसाधारणको सहज पुहँच पुग्ने गरी कार्यक्रम ल्याउन सुझाव दिएका छन् । प्रतिनिधिसभाको...
जेष्ठ ६ गते, २०७९ - १६:२०
मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको दशौँ अधिवेशन बैठक आह्वान गरेका छन् । प्रदेश प्रमुख शर्माले यही जेठ १३ गते शुक्रबार ब...
जेष्ठ ६ गते, २०७९ - १५:५१
लहान । यहाँका चार स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ । यससँगै सिरहाका १७ स्थानीय तहमध्ये ११ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको हो ।...
जेष्ठ ६ गते, २०७९ - १५:३३
धनगडी । कैलालीको मोहन्याल गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका देवीदत्त उपाध्यायलाई पद तथा गोपनीयताको शपथ नगराउन निर्वाचन आयोगले निर्देशन दिएको छ । व...
जेष्ठ ६ गते, २०७९ - १५:२०
काठमाडौं । सामाजिक सञ्जालमार्फत भाइरल भएको यौन हिंसाको घटनाको सम्बन्धमा गम्भिर ध्यानाकर्षण गर्दै शीघ्र छानबनि गरी दोषीलाई कानुनी दायरामा ल्याउन सभाम...
जेष्ठ ६ गते, २०७९ - १४:४५
सिमकोट । हुम्लाको चङ्खेली गाउँपालिकामा स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही निर्वाचित भएकी छन् । उनले एक हजार ६९५ मत प्राप्त गरी पाँच सय २३ मतान्तरले व...
जेष्ठ ६ गते, २०७९ - १४:३१
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा छलफल जारी रह्यो । छलफलमा सहभागी हु...
प्रतिकृया लेख्नुहोस्: