ललितपुर । ललितपुर महानगरपालिका–३ कान्तिपुर हाईटस्थित अपार्टमेन्ट भाडामा लिई अवैध रुपमा यौन व्यवसाय संचालन गरेको अभियोगमा ७ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–२८ ढल्कु बस्ने झापा दमक नगरपालिका–७ घर भएका ५० वर्षीय राजेश अग्रवाल, काठमाडौं महानगरपालिका–६ कुमारीगाल बस्ने रुकुम पेउघाट गाउँपालिका–८ घर भएकी २३ वर्षीया ललिता विक, काठमाडौं बुढानिलकण्ठ नारायणस्थान बस्ने बर्दिया ठाकुरबाबा नगरपालिका घर भएका २९ वर्षीय सुनिल बिष्ट, ललिपतुर ललितपुर महानगरपालिका–८ पाटन सुन्धारा बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–३ सानो पोखरा घर भएकी ४२ वर्षीया गिता खड्गी, काठमाडौं महानगरपालिका–१६ बालाजु बस्ने २४ वर्षीया क्रिष्टीना केसी, काठमाडौं काँडाघारी बस्ने सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–३ बाह्रविसे घर भएकी २५ वर्षीया निर्मला न्यौपाने र काभ्रे पनौती नगरपालिका(७ घर भएका ३३ वर्षीय प्रतिक कर्माचार्य रहेका छन् ।
उक्त अपार्टमेन्टमा अवैध रुपमा यौन व्यवसाय संचालन गर्ने गरेको भन्ने सूचानको आधारमा महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरु उपर जिल्ला अदालत ललितपुरबाट ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान कार्य भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २७ गते, २०७९ - १९:००
तेहरान । इरानका एक कूटनीतिज्ञले सन् २०१५ को आणविक सम्झौतालाई पुनः जीवित गर्ने युरोपेली संघ (ईयू) को प्रस्ताव इरानको माग पूरा भएमा मात्र स्वीकार्य हुने...
श्रावण २७ गते, २०७९ - १८:४६
वीरेन्द्रनगर । मध्यपश्चिम विश्वविद्यालयका कागजपत्रहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले नियन्त्रणमा लिएको छ । विश्वविद्यालयविरुद्ध...
श्रावण २७ गते, २०७९ - १८:३४
कर्णाली । कर्णाली प्रदेश सरकारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री वीरबहादुर शाहीको शपथ रोकिएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले बिहीब...
श्रावण २७ गते, २०७९ - १८:१९
खलङ्गा । खस भाषाको जन्मथलो जुम्लाको सिञ्जा उपत्यकालाई मानिन्छ । भाषा क्षेत्रमा काम गर्नेका लागि भनेर नेपाल सरकारले एक राष्ट्रिय भाषा आयोग पनि स्थापना ...
श्रावण २७ गते, २०७९ - १८:०८
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समग्र देशको विकासको निम्ति सबैभन्दा पहिला सबै क्षेत्रको भाषाभाषी, जातजाति र समुद...
श्रावण २७ गते, २०७९ - १६:४७
काबुल । अफगानिस्तानको शासन व्यवस्था तालिबानले सम्हालेको एक वर्ष भयो । एक वर्षदेखि देशका अधिकांश किशोर–किशोरीले कक्षाकोठामा पाइला राख्न पाएका छैनन् । ...
श्रावण २७ गते, २०७९ - १६:३४
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले बुधबार र बिहीबार नुवाकोट क्षेत्र नं १ का बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण भ्रमण गरेका छन...
श्रावण २७ गते, २०७९ - १६:०९
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७१२ जनाको परीक्षण...
श्रावण २७ गते, २०७९ - १५:५९
क्वालालम्पुर । अफगानिस्तानको काबुलमा बिहीबार भएको एक विस्फोटमा तालिबान धर्मगुरु शेख रहिमुल्लाह हक्कानीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन...
श्रावण २७ गते, २०७९ - १५:४१
विकृतिका विरुद्ध हास्यव्यङ्ग्यका रुपमा गाईजात्रा
प्रतिकृया लेख्नुहोस्: