Khabar Dabali २१ चैत्र २०८२ शनिबार | 4th April, 2026 Sat

सीमाङ्कनबिनाको संविधान नमान्ने अशोक राईको घोषणा

\"ashok-rai\"१४ साउन, विराटनगर । सङ्घीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता एवम् सभासद् अशोक राईले सीमाङ्कन र नामाङ्कनबिनाको संविधान स्वीकार नहुने बताएका छन् । सङ्घीय समाजवादी फोरम नेपालको विराटनगरमा आज आयोजित घोषणासभामा उहाँले मधेसी, आदिवासी, महिला, खसलगायतका जनताको भावनाविपरित प्रारम्भिक मस्यौदा रहेको आरोप लगाए । मधेस आन्दोलन मधेसीको मात्र नभएर मुलुकभरकै उत्पीडित समुदायको मुक्तिको आन्दोलन रहेको चर्चा गर्दै नेता राईले अब सङ्घर्षबाट अधिकारप्राप्तिका लागि अग्रसर हुन कार्यकर्तालाई आह्वान गरे । उहाँले कुनै लहड र रहरमा तीन पार्टीबीच एकीकरण नभएको उल्लेख गर्दै उत्पीडित समुदायको मुक्ति, समानता र न्यायका लागि ऐतिहासिक एकता सम्पन्न भएको स्पष्ट पारे  । सोही कार्यक्रममा सो पार्टीका सचिव पर्शुराम बस्नेत, सभासद् उषा यादव लगायतले बोलेका थिए । यसैबीच, गत जेठ ३२ गते मधेसी जनाधिकार फोरम, नेपाल,सङ्घीय समाजवादी पार्टी र खस समावेशी राष्ट्रिय पार्टीबीच केन्द्रमा एकीकरण भएपछि आज मोरङमा विगतका तीनवटै पार्टीका कार्यकर्ता मिलाएर राजकुमार यादवको नेतृत्वमा ९१ सदस्यीय जिल्ला तदर्थ समिति गठन गरिएको छ । उक्त समितिको उपाध्यक्षद्वयमा केशरमान गुरुङ, भरतराज कार्की, सचिवमा राजछामे किराती सहसचिवमा कैलाशप्रसाद मण्डल र कोषाध्यक्षमा महेश्वर यादव रहेका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending