काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को प्रवक्तामा कृष्णबहादुर महरा चयन भएका छन् ।
उनलाई प्रवक्तासँगै प्रचार तथा प्रकाशन विभाग र राष्ट्रिय सुरक्षा विभाग प्रमुखको समेत जिम्मेवारी दिइएको छ । यसअघि प्रवक्ताको जिम्मेवारीमा रहेका नेता नारायणकाजी श्रेष्ठलाई प्रवास समितिकोे जिम्मेवारी दिइएको छ ।
यही भदौ ५ र ६ गते बसेको केन्द्रीयसमिति बैठकबाट सो पार्टीले केन्द्रीय विभाग, प्रदेश, प्रवास, जिल्ला समन्वय, उपत्यका समन्वय, सम्पर्कजस्ता समिति गठन गरेर नेताहरुको जिम्मेवारी तोक्ने निर्णय गरेको हो ।
बैठकको निर्णयानुसार प्रदेश नं १ को इञ्चार्जमा सुरेन्द्र कार्की (राम कार्की), प्रदेश नं २ को इञ्चार्जमा गणेश शाह, वाग्मतीको इञ्चार्जमा हितमान शाक्य, गण्डकीको इञ्चार्जमा हितराज पाण्डे, लुम्बिनीको इञ्चार्जमा चक्रपाणि खनाल, कर्णालीको इञ्चार्जमा शक्ति बस्नेत र सुदूरपश्चिम प्रदेशको इञ्चार्जमा खगराज भट्टलाई तोकिएको छ ।
यसैगरी विशेष समितिको इञ्चार्जमा लीलामणि पोखरेल, सम्पर्क समन्वय समितिको इञ्चार्जमा डिलाराम आचार्यलाई तोकिइएको छ भने पार्टी स्कुल विभागको इञ्चार्ज अध्यक्ष पुष्पकमल दाहाल आफैले राखेका छन् । पार्टीको शक्तिशाली विभागका रुपमा रहेको सङ्गठन विभागको प्रमुखमा जनार्दन शर्मालाई जिम्मेवारी दिइएको छ । यस्तै नेता देव गुरुङलाई सङ्घीय संसदीय विभाग प्रमुख, वर्षमान पुनलाई अर्थ तथा योजना विभाग प्रमुख र केन्द्रीय कार्यालय इञ्चार्जमा मातृका यादव, उपभोक्ता हित तथा आपूर्ति विभाग हरिबोल गजुरेल, कृषि तथा भूमिसुधार विभाग लीलामणि पोखरेल, जलस्रोत सिँचाइ तथा ऊर्जा विभाग प्रमुख र विदेश मामला विभागमा सुरेन्द्र कार्कीलगायतले जिम्मेवारी पाएका छन् । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: