Ntc summer Offer
Khabar Dabali ५ आश्विन २०८१ शनिबार | 21st September, 2024 Sat
NIMB

सहकारीबाटै वार्षिक १८ लाख लिटर दूध बिक्री

रासस

कास्की । माछापुच्छ«े गाउँपालिकाका कृषक व्यावसायिक पशुपालनमा आकर्षित बनेका छन् । उत्पादित दूध बिक्रीका लागि बजारको राम्रो प्रबन्ध भएपछि विगतमा निर्वाहमुखी पशुपालन गर्दै आएका कृषक अहिले व्यावसायिक बन्दै आयआर्जनमा लागेका हुन् । 

सरकारले दूध उत्पादनका आधारमा अनुदान दिन सुरु गरेपछि साना तथा व्यवसाय उन्मुख कृषकले सहकारी संस्थाबाट दूध बिक्री गर्ने गरेका छन् । उत्पादनका आधारमा दिइने अनुदानले साना कृषक लाभान्वित छन् । ठूला कृषकले भने आफैँ बजारमा लगेर बिक्री गर्ने गर्दछन् । सहकारीले कृषकले उत्पादन गरेको दूध सङ्कलन गरी बजारमा पुर्‍याउने गरेका छन् । गाउँपालिकाको पशुसेवा शाखाका अनुसार गत आर्थिक वर्षमा विभिन्न पाँच सहकारी संस्थाबाट १८ लाख ३६ हजार ६३ लिटर दूध बिक्री भएको छ । कृषकले उत्पादन गरेको दूध सहकारी संस्थाका माध्यमबाट बजारमा पुग्ने गरेको शाखा प्रमुख रामचन्द्र पौडेलले बताए ।

गाउँपालिकाका तीन वडामा रहेका पाँच दुग्ध सहकारीले खरीद गरी बजारको सुनिश्चितता गर्दै आएका छन् । गत वर्ष भेडाबारी दुग्ध उत्पादक सहकारी संस्थाबाट दुई लाख ११ हजार ८११ लिटर, हिमशिखर दूध उत्पादक सहकारी संस्थाबाट दुई लाख १६ हजार ५३९, घाचोक दुग्ध उत्पादक सहकारीबाट चार लाख २४ हजार ३१७, पिपलबोट दुग्ध उत्पादक सहकारी संस्थाबाट दुई लाख ३९ हजार २९० र प्रतिभा सामाजिक उद्यमी महिला सहकारीबाट सात लाख ४४ हजार १०६ लिटर दूध बिक्री भएको शाखा प्रमुख पौडेलले जानकारी दिए । 

गाउँपालिकाबाट दैनिक १० हजार ६०० लिटर हाराहारीमा दूध बिक्रीका लागि बजारमा जाने गरेको छ । गण्डकी प्रदेश सरकारले सहकारीबाट दूध बिक्रीका आधारमा कृषकलाई प्रतिलिटर दुई रुपैयाँ पचास पैसा अनुदान दिँदै आएको छ । यसैगरी गाउँपालिकाले पनि यसअघि प्रतिलिटर २५ पैसा अनुदान दिएकामा यस वर्षदेखि ५० पैसा अनुदान दिने भएको छ । गाउँपालिकाले गत वर्ष दुग्ध उत्पादक कृषकलाई उत्पादनका आधारमा रु पाँच लाख वितरण गरेको थियो । सहकारीबाट कृषकले गाईको दूधको मूल्य प्रतिलिटर रु ६० का दरले प्राप्त गर्ने गरेका छन् ।

सहकारी संस्थाबाहेक पनि कृषकले आफैँ बजार खोजेर दूध बिक्री गर्ने गरेको बताइन्छ । अधिकांश ठूला कृषकले आफ्नै सवारी साधनबाट पोखरालगायतका क्षेत्रका डेरी तथा सहकारीमा दूध बिक्री गर्ने गरेका छन् । गाउँपालिकाका सबै वडाबाट गरी सिधै वर्षमा २० लाख आठ हजार ५०० लिटर दूध बिक्री हुने गरेको बताइन्छ ।  “गाउँपालिका दूध उत्पादनमा जिल्लामै पहिलो स्थानमा छ”, शाखा प्रमुख पौडेलले भने, “स्थानीय सरकार र प्रदेश सरकारले उत्पादनका आधारमा दिने अनुदानले समेत वास्तविक कृषकले लाभ लिएका छन्, पशुपालन व्यवसाय राम्रोसँग फस्टाउँदै गएको छ ।”

गाउँपालिकामा हालसम्म गाई/भैँसी २७८, बाख्रा ९८ र कुखुराका ८९ फार्म दर्ता भएका छन् । गाउँपालिकाको पशु तथ्याङ्कमा गाई चार हजार ३६५, भैँसी छ हजार ६६६, भेडा दुई हजार २२४, बाख्रा नौ हजार १५, कुकुर ९९९ र बङ्गुर ३९७ रहेको पशु शाखाले जनाएको छ । गाउँपालिकाका उपाध्यक्ष कृष्णकुमारी दवाडीले गाउँपालिका कृषिमा अग्रणी रहेकाले पशुपालन, दुग्ध व्यवसाय, कुखुरापालन, मत्स्यपालनलगायतका कृषि व्यवसाय व्यावसायिकरुपमा अघि बढाउन कार्यक्रम सञ्चालन भइरहेको बताए । 

दूध उत्पादक कृषकलाई सहकारीमार्फत बिक्रीका आधारमा अनुदान, अनुदानमा पावर टेलर, च्याप कटर, बोका र नि:शुल्क घाँसका बिउ तथा सिड विन वितरण, वडा नं २ र ९ मा स्थानीय भँैसी संरक्षण कार्यक्रम, एक वटा गाई/भैँसी पकेट क्षेत्रलगायतका कार्यक्रम गाउँपालिकाको प्राथमिकतामा रहेको उनले जानकारी दिए  । “पशुपालनमा जिल्लामै अग्रणी स्थानमा रहेका यहाँका  कृषकको मनोबल उच्च राख्दै कृषिलाई व्यवसायीकरण, आधुनिकीकरण, र यान्त्रिकीकरण गाउँपालिकाको प्राथमिकतामा छ”, उपाध्यक्ष दवाडीले भने । गाउँपालिकाले चालु आर्थिक वर्षमा कृषि र पशुतर्फ रु एक करोड पाँच लाख ७३ हजार ३७३ बजेट विनियोजन गरेको छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy