Ntc summer Offer
Khabar Dabali ७ पुष २०८१ आईतवार | 22nd December, 2024 Sun
Investment bank

अमेरिकी र चिनियाँ राष्ट्रपतिबीच फोन वार्ता

रासस

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच टेलिफोन वार्ता भएको एएफपी समाचार समितिले शुक्रबार जानकारी दिएको छ  । उनीहरुका बीचमा सात महिनापछि बिहीबार पहिलो पटक कुराकानी भएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले जनाएको छ । 

बाइडेन अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएदेखि उहाँहरुबीच यो दोस्रो पटक वार्ता भएको हो । यसअघि उहाँहरुबीच बाइडेन निर्वाचित भएलगत्तै पहिलो पटक कुराकानी भएको थियो । झण्डै ९० मिनेटको टेलिफोन संवाद आपसीसम्बन्ध सुधार र अस्पष्टता न्यूनीकरणमा केन्द्रीत भएको ह्वाइट हाउसले जनाएको छ ।  

अहिले भएको कुराकानीका क्रममा उनीहरुले आपसी द्धन्द्धन्यूनीकरण गर्दै अन्तर्राष्ट्रिय मामिलामा मिलेर काम गर्ने बारेमा छलफल गरेको बताइएको छ । वार्ताका क्रममा चिनियाँ राष्ट्रपति जिनपिङले सम्बन्ध सुदृढिकरणका लागि अमेरिकासँग आग्रह गरेको सिन्ह्वा समाचार समितिले जानकारी दिएको छ ।  

उनले दुवै देशका नागरिकको हित र आपसी हितका लागि पनि चीन र अमेरिकाको सम्बन्ध सही दिशामा हुनुपर्नेमा जोड दिएका थिए  । दुई देशले आपसमा अझ बढी जिम्मेवार महसुस गर्दै विगतमा जस्तै सही दिशामा सम्बन्ध विस्तार गर्नका लागि जिम्मेवार ढङ्गले लाग्न र आपसी समझदारी र समन्वयका साथ अघि बढ्नुपर्ने चिनियाँ राष्ट्रपति जिनपिङले बताएका छन् ।

ह्वाइट हाउस र बेइजिङ्काबीचमा कतिपय गलत बुझाइ, भ्रम र अस्पष्टता रहेकाले खुलेर छलफल गर्दै एक अर्काबीचको अस्पष्टतालाई न्यूनीकरण गर्नुपर्नेमा समेत उनीहरुले कुराकानी गरेका थिए । कतिपय गम्भीर मत भिन्नताका बीचमा पनि नयाँ शिराबाट आसपी सम्बन्धलाई अगाडि बढाउनुपर्ने कुरामा चिनियाँ राष्ट्रपति सिले जोड थिए  ।

तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यवहार र शैलीकै आधारमा अमेरिकाको नयाँ सरकारलाई पनि हेर्न नहुनेमा अमेरिकी पक्षको जोड दिए ।  ट्रम्पको कार्याकालमा चीनसँग अमेरिकाको सम्बन्ध नराम्रोसँग बिग्रिएको थियो । विश्वका पहिलो र दोस्रो शक्तिशाली राष्ट्र मानिने अमेरिका र चीनबीचको द्वन्द्वले विश्वलाई नै चिन्तित बनाएको थियो । तर पछि द्वन्द्व मत्थर भए पनि सम्बन्ध सुधार भने भएको थिएन । 

दुई समकक्षीबीचको अहिलेको वार्ताले अमेरिका र चीनबीचको सम्बन्ध सुधारमा योगदान पुग्ने अपेक्षा गरिएको छ । उहाँहरुका बीचमा आपसीसम्बन्ध सुधारसँगै व्यापार, गुप्तचरी, महामारीलगायतका विषयमा पनि छलफल भएको जनाइएको छ । अमेरिकाले कोरोना भाइरसलाई चिनियाँ भाइरसको संज्ञासमेत दिएकाले पनि अमेरिका र चीनका बीचमा सम्बन्ध थप बिग्रिएको थियो । त्यसपछि वाइडेन सरकार र चिनियाँ पक्षले एकअर्काप्रति चर्को टिप्पणी गरेका थिए ।

चिनियाँ अधिकारीहरूले अमेरिकाले अरू देशलाई चीनमाथि आक्रमण गर्न उक्साएको आरोप लगाएका थिए भने अमेरिकाले चीन ध्यान तान्ने उद्देश्यसहित आएको टिप्पणी गरेको थियो । विशाल अर्थतन्त्र भएका दुई देशबीच केही ठूला विषयमा ठूलै मतभेद रहेका छन् । सबैभन्दा बढी मतभेद मानवाधिकार र लोकतन्त्रको विषयमा रहेको प्रष्टै देखिन्छ । 

त्यसैगरी व्यापारको विषयमा पनि अमेरिका र चीनका बीचमा ठूलो विवाद रहेको  छ । डोनाल्ड ट्रम्पको कार्यकालमा त दुई देशबीच व्यापारयुद्ध नै चलेको थियो । त्यो युद्ध अहिले युद्धकै अवस्थामा नरहेपनि विवादको प्रमुख विषय भने बनेकै छ । अमेरिकाले चिनियाँ सामानमा ३६० अर्ब डलरभन्दा बढी कर लगाइदिएको थियो भने प्रतिक्रियास्वरूप चीनले पनि अमेरिकी सामानमा ११० अर्ब डलर कर लगाइ दिएको थियो । 

त्यसैगरी बाइडेनले आफ्ना पूर्ववर्तीले चीनविरुद्ध लागू गरेका कडाइ हटाउनुभएको छैन भने चीन अझै अमेरिकासँग असन्तुष्ट छ । दुई देशबीच अफगानिस्तानको विषयमा पनि तनाव देखिएको छ । बिहीबारको फोन वार्तामा अमेरिकाले चीनविरुद्ध लागू गरेका कडाइ हटाउने र अफगानिस्तानको विषयलाई लिएर एक अर्काको विरुद्धमा नलाग्ने बारेमा समेत छलफल भएको जनाइएको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy