काठमाडौँ । अर्थमन्त्री जनाद्र्धन शर्माले निर्माण व्यवसाय क्षेत्रमा श्रमिक ठगिने गुनासो बढ्दै गएकाले त्यसप्रति ध्यान दिन आग्रह गरेका छन् ।
नेपाल राष्ट्रिय निर्माण व्यवसायी सङ्गठनको १२औँ साधारणसभा एवं पाँचांै अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले श्रमिकलाई काममा लगाएपछि उनीहरुले पाउने उचित ज्याला अनिवार्य रुपमा दिन निर्माण व्यवसायीलाई आग्रह गरेका हुन् ।
उनले भने, “असल कामदार बिनाको काम सम्पन्न गर्न निकै चुनौती हुने भएकाले तपाईहरु उहाँहरुको सम्मान गर्दै अघि बढ्नुपर्ने र यस क्षेत्रको समस्या समाधानका लागि निर्माण व्यवसायीको आचारसंहिता निर्माण गर्न जरुरी छ ।”
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले हरेक व्यवसायीले आफूले जिम्मा लिएको काम समयमै गुणस्तरीयताका साथ सम्पन्न गर्नुपर्ने उल्लेख गर्दै यसले मुलुकमा समृद्धि हासिल गर्ने बताए । उनले भने, “तपाई व्यवसायीले गरेका नराम्रा कामको प्रभाव कुनै पनि पार्टीले भग्नु नपरोस् भन्ने हामी चाहन्छाँै ।”
नेकपा (माओवादी केन्द्र) ललितपुरका जिल्ला इन्चार्ज हरि दाहाल र केन्द्रिय सदस्य गङ्गा कार्कीले यस व्यवसायलाई सम्मानित पेसाका रुपमा विकास गर्नुपर्ने बताउँदै यसमा देखिएका कमीकमजोरी सच्याएर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे ।
नेपाल राष्ट्रिय निजामति कर्मचारी सङ्गठनका अध्यक्ष हरि रावलले मुलुक निर्माणको अभियानमा कोही कतैबाट केही सानातिना गल्ती भेट्दिा सबैले आलोचना खेप्नु परिरहेकाले त्यसतर्फ ध्यान दिन सुझाव दिए ।
नेपाल इञ्जिनियरिङ एशोसिएशनका महासचिव छवि पोखरेलले निर्माण व्यवसाय फस्टाउनका लागि सम्बन्धीत सबै पक्ष सचेत हुनुपर्ने आवश्यकतामाथि जोड दिए ।
नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले व्यवसायीभित्र रहेका त्रुटि एक जुट भएर सच्याउन अनुरोध गरे । सो सङ्गठनका अध्यक्ष यक्षध्वज कार्कीले निर्माण व्यवसायीका हितमा ऐन संशोधन भएमात्रै आफूहरुले न्याय पाउने बताए ।
नेपाल लोकतान्त्रिक निर्माण व्यवसायी सङ्घका अध्यक्ष हुमनाथ कोइरालाले निर्माण व्यवसायमा लो बिडिङ र क्रेडिटलाइनको सबैभन्दा ठूलो समस्या रहेकाले यसको समाधान गर्न सुझाव दिए । सङ्गठनका संस्थापक अध्यक्ष शिवप्रसाद भट्टराईले २०६४ सालमा गठन भएको सो संस्थाले व्यवसायीमा परेका समस्या समाधान गर्न अब आउने नेतृत्व चुस्त र दुरुस्त हुनुपर्ने बताए ।
सङ्गठनका अध्यक्ष शिवप्रसाद चौलागाईंले यो व्यवसायलाई थप मर्यादित बनाउँदै लैजानुपर्ने उल्लेख गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: