Ntc summer Offer
Khabar Dabali ४ पुष २०८१ बिहीबार | 19th December, 2024 Thu
Investment bank

जन्मकैद पाएका ‘हत्यारा’ छाड्न प्रधानमन्त्री कोइरालाको आदेश

दुई पुराना निर्णय ब्युत्याउँदै सरकारले कर्तव्य ज्यान र डाँकालगायत पाँच मुद्दामा जन्मकैद सजाँय भोगिरहेका एक हत्यारालाई छाड्न आदेश दिएको छ । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ–बाँके बेतहनी १ का पप्पु भनेर चिनिने नरेन्द्रकुमार चौधरीलाई मुद्दा फिर्ता लिएर उन्मुक्ति दिने आदेश सरकारले दिएको हो । चौधरीको मुद्दा फिर्ता भने मन्त्रिपरिषद्को २०६९ असोज १८ को निर्णय कार्यान्वयन गर्न मन्त्रिपरिषद्ले महान्याधिवक्ताको कार्यालयलाई लेखी पठाएपछि कार्यालयले सरकारी वकिल कार्यालयलाई चौधरीलाई रिह ागर्न पत्राचार गरेको हो । महान्याधिवक्ता कार्यालले पठाएको पत्रका आधारमा बिहीबार उनलाई कारागारबाट रिहाइ गरिने तयारी छ । दुईवटा डाँका मुद्दा, दुईवटा कर्तव्य ज्यान मुद्दा र ज्यान मार्ने उद्योग मुद्दा गरी पाँचवटा मुद्दामा पप्पुलाई अदातले जन्मकैद सुनाएपछि उनी नेपालगंस्थित कारागारमा छन् । कारागार कार्यालय नेपालगंजको च.नं. ३३९ को पत्रमा नरेन्द्र चौधरीसमेत तीनजनाले मुद्दा फिर्ताको निर्णय गरी–गराई पाऊँ भन्दै २०७१ कात्तिक ३० गते निवेदन दिएपछि प्रधानमन्त्री सुशील कोइरालाकै पहलमा निर्णय कार्यान्वयनका लागि पहल अघि बढाइएको थियो । सर्वस्वसहित जन्मकैद फैसला भउका कांग्रेसका स्थानीय नेता चौधरीलाई भेट्न प्रधानमन्त्री कोइराला पटकपटक कारागार पुगेका थिए । प्रधानमन्त्रीकै आदेशमा चौधरीको मुद्दा फिर्ता भएको स्रोतले बतायो । मन्त्रिपरिषद्को निर्णय कार्यानवयन गर्न सम्बन्धित निकायमा लेखिपठाई जानकारी गराउने भनी तोकआदेश भएकाले आवश्यक कारवाहीका लागि पठाएको सकारी वकिललाई प्राप्त पत्रमा उल्लेख छ । महान्याधिवक्तको कार्यालयले मुद्दा फिर्ता सम्बन्धमा सरकारी वकिल कार्यालयलाई लेखेको पत्रमा भनिएको छ– ‘यस सम्बन्धमा मन्त्रिपरिषद्को निर्णय गर्न आवश्यक कारवाही अगाडि बढाउनु र यस कार्यालयलाई जानकारी दिनु ।’ बाँके जिल्ला अदालतले भने चौधरीको मुद्दा फिर्ता लिन मिल्ने वा नमिल्ने सम्बन्धमा बिहीबार अदालतको सहयोगी (एमीकस क्यूरी)का सम्बन्धमा गर्ने भएको छ । २०६६ चैत २८ मा सडक निर्माणका लागि उपभोक्ता गठन प्रक्रियामा भएको विवादपछिको आक्रमणमा बेतहनी ३ का एकै परिवारका तीनको मृत्यृ भएको थियो । त्यो झडपमा हत्याको पुष्टी गर्दै अदालतले पप्पुलाई जन्मकैद सुनाएको थियो ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy