Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

एक हप्ताभित्र मन्त्रिपरिषद् विस्तार हुने अध्यक्ष नेपालको दाबी

खबरडबली संवाददाता

काठमाडौं ।  नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अबको एक हप्ताभित्रमै मन्त्रिपरिषदले पूर्णता पाइसक्ने जनाएका छन्  । बानेश्वरको आलोकनगरमा पार्टीको केन्द्रीय कार्यालय उद्घाटनपछि

बानेश्वरको आलोकनगरमा पार्टीको केन्द्रीय कार्यालय उद्घाटनपछि पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले यस्तो प्रतिक्रीया दिएका हुन् । 

अध्यक्ष नेपालले भने, अब संसद र सरकारमा हाम्रो भूमिका स्वभाविक रुपमा सत्तापक्षको रुपमा रहनेछ, किनभने हामी गठबन्धन दलको महत्वपूर्ण हिस्सा हौँ, यसर्थमा हाम्रो भूमिका सरकार सञ्चालनमा रहनेछ, सहयोगी रहनेछ, सहकार्य गर्नेछौँ, सँगै अगाडि बढ्नेछौँ, सरकारमा हामी सामेल हुनेछौँ, हामी प्रदेश, संघीय सरकारमा सामेल हुनेछौँ,एक नम्बर र ३ नम्बर सरकारको पनि महत्वपूर्ण भूमिका निर्वाह गर्नेछौँ, र सातै वटा सरकारमा पनि हाम्रो सहभागिता रहनेछ । 

प्रत्येक प्रदेशमा रहेको संसदीय दलहरुलाई त्यहाँ रहेको स्थानीय निकायमा निर्वाचित प्रतिनिधिहरुलाई सहकार्य गर्न तयार भए सहकार्यको संस्कृति लिएर जानेछौँ, हाम्रोविरुद्धमा गलत आरोप र भ्रम पैदा गर्छन् त्यसको हामी सशक्त खण्डन गर्नेछौँ, त्यसलाई चिर्नेछौँ, यसर्थमा पनि सरकारले केही दिन भित्रमै पूर्णता पाउनेछ, उनले भने संसदको बैठक ४ गते र हाम्रो केन्द्रिय कमिटीको बैठक पनि ५ गते बोलाएका छौँ, ५ गतेको बैठकको निर्णयसँगसँगै हामी सरकारमा समावेश हुनेछौँ, त्यसैले यो एक हप्ता भित्रै सबै कुराको टुंगो लगाउनेछौँ, हामीलाई सरकारमा जाने कुरामा कुनै समस्या छैन, पार्टी गठन गरिसकेका छौँ, आज भने आजै र भोलि भने भोलि नै तयार छौँ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies