Khabar Dabali २८ फाल्गुन २०८२ बिहीबार | 12th March, 2026 Thu
Investment bank

‘संविधानभन्दा माथि कोही पनि हुननसक्ने’: प्रदेश प्रमुख अमिक शेरचन

खबरडबली संवाददाता

लुम्बिनी । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले संविधानभन्दा माथि कोही पनि हुननसक्ने भएकाले सबैले संविधानअन्तर्गत छौं भन्ने कुरा बुझेर आत्मसात गर्नुपर्ने बताएका छन्  । 

प्रदेश प्रमुख शेरचनले संविधान दिवस २०७८ का अवसरमा आज जारी गरेको शुभकामना सन्देशमा नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रतात्मक शासन, धर्म निरपेक्षता, समावेशी समानुपातिक प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक तथा मानवअधिकार, प्रेस स्वतन्त्रता, कानूनी राज्यको अवधारणालगायत लोकतान्त्रिक मूल्यमान्यता तथा समाजवादोन्मुख राष्ट्र निर्माण गर्ने लक्ष्य लिएकाले यसको सबैले आत्मसात गर्नुपर्ने बताएका छन् ।

उनले शुभकामना सन्देशमा आजको ऐतिहासिक दिनले प्रदेशवासी सम्पूर्ण नागरिकलगायत नेपालीबीच आपसी सद्भाव र ऐक्यबद्धता अभिवृद्धि गर्न सबैलाई थप प्रेरित गर्ने अपेक्षा व्यक्त गरेका छन् ।

यस्तै संविधान दिवस २०७८ कै अवसरमा मुख्यमन्त्री कुलप्रसाद केसीले आज जारी गरेको शुभकामना सन्देशमा हाम्रो संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायत बलिदानीपूर्ण सङ्घर्षबाट नेपाली जनताले प्राप्त गरेका अधिकारलाई संस्थागत गरेको बताएका छन्  ।

उनले यो ऐतिहासिक दिनमा सम्पूर्ण नेपाली तथा प्रदेशवासी जनसमुदायमा अधिकारलाई संस्थागत गरेको संविधानप्रति गौरव गर्नुपर्ने बताएका छन् । मुख्यमन्त्री केसीले संविधानमार्फत हामीले सङ्कल्प गरेको समृद्ध प्रदेश राष्ट्र र समतामूलक समाज निर्माणका लागि संविधानको पूर्णपालन, संरक्षण र संवद्र्धन अनिवार्य शर्त रहेको उल्लेख गरेका छन् । 

शुभकामना सन्देशमा उहाँले संविधान गतिशील दस्तावेज भएकाले संविधानभित्रै रहेर यसलाई अझै समृद्धि बनाउँदै लैजान सकिने उल्लेख गरेका छन् । यस्तै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ ले सङ्घ, प्रदेश र स्थानीयतह गरी तीन तहको राज्य संरचनाबाट जनतालाई प्रत्यक्षरुपमा सेवा प्रवाह गर्ने गरी गरेको व्यवस्थाअनुसार प्रदेश सरकारलाई सङ्घ र स्थानीय तहलाई संयोजनका लागि महत्पूर्ण भूमिका निर्वाह गर्दै यस प्रदेशवासीको जीवनलाई समृद्ध बनाउन ‘समृद्ध लुम्बिनी, आत्मनिर्भर लुम्बिनी’ बनाउने आकांक्षाको यात्रामा प्रदेश सरकारको उनले पूर्ण प्रतिबद्धता व्यक्त गरेका छन् । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE