सप्तरी । शारीरिकरुपमा अशक्त एक महिला र उनको श्रीमान्लाई जिल्ला प्रशासन कार्यालय सप्तरीले आज घरमै गएर नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि हस्तान्तरण गरेको छ ।
सप्तरीको रुपनी गाउँपालिका–५ बसविट्टीकी ७० वर्षीया श्रीमती दसनीदेवी खत्वे र उनका श्रीमान् ७४ वर्षीय मुसहरु खत्वेलाई प्रमुख जिल्ला अधिकारी जर्नादन गौतमले बिदाकै दिन घरमा पुगेर नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि दिएका हुन् । प्रजिअ गौतमको टोलीमा सहायक प्रमुख जिल्ला अधिकारी नाथु साह र प्रशासकीय अधिकृत कल्पना मानन्धर गएका थिए ।
दम र पक्षघातबाट पीडित दसनी हिँडडुल गर्न नसक्ने भएकाले आफूले घरमै पुगेर नागरिकताको प्रतिलिपि प्रदान गरेको प्रजिअ गौतमले बताए । अपाङ्गता भएकी र बिरामी ज्येष्ठ नागरिकलाई घरमै सिडिओ आएर नागरिकता प्रदान गरेकोमा खुसी लागेको उनकी बुहारी तारादेबीले बताइन ।
दसनी २० वर्षदेखि पक्षघात भई हिँडडुल गर्न असमर्थ रहेको र राजविराज पुगेर प्रतिलिपि निकाल्न नसक्ने भन्दै तारादेवीले जिल्ला प्रशासन कार्यालयमा आग्रह गर्दै आएकी थिइन् । तारादेवीले श्रीमान् उत्तिम खंगको १० वर्ष अघि मलेसियामा मृत्यु भएपछि सासूससुरालाई स्याहार गरेर बसेकी छिन् । तारादेवीका दुई छोरा एक छोरीमध्ये जेठा छोरा पढाइ छाडेर काठमाडौँमा सिलाइकटाइको काम गरिरहेका छन् । अर्का छोरा कक्षा ८ मा र छोरी कक्षा ९ मा गाउँकै विद्यालयमा अध्ययनरत छन् ।
आर्थिकरुपमा गरिब र विपन्न खत्वे दम्पतीका अन्य तीन छोरा घर छाडेर बाहिर ज्यालामजदुरी गरिरहेको स्थानीयवासी मुसहरुले जानकारी दिए । पक्षघात भएपछि दसनीको उपचारको लागि धेरै खर्च गरे पनि निको नभएको मुसहरुले बताए ।
मुसहरुले २०३९ माघ २१ गते ३५ वर्षको हुँदा नागरिकता लिएका थिए । उनकी श्रीमती दसनीले २०३९ माघ २५ गते ३१ वर्षको हुँदा नागरिकता लिएकी थिइन । तत्कालीन जिल्ला प्रशासन कार्यालयका कर्मचारीको लापर्बाहीले दुवैजनाको नागरिकता नम्बर एउटै भएकाले राष्ट्रिय वाणिज्य बैंकले कारोबार गर्न असमर्थता जनाएपछि उनीहरुलाई समस्या परेको थियो ।
सामाजिक सुरक्षा भत्ताबाट घर चलिरहेको बताएकी तारादेवीले बैंकले पैसा दिन अस्वीकार गरेपछि रुदै कराउँदै जिल्ला प्रशासन कार्यालय धाइरहेको बताइन । नागरिकता नम्बरका कारण बैंकको खाता नम्बरमा समेत समस्या आएपछि मलेसियाबाट आउने पैसासमेत रोकिएको उनीहरुको भनाइ छ ।
अहिले नागरिकताको प्रतिलिपिमा नम्बर फरक पारेपछि मलेसियामा मृत्यु भएका छोरा कार्यरत कम्पनीबाट बीमाबापत पाउने रु सात लाख आउने बाटो खुलेको तारादेवीले बताइन । जिल्ला प्रशासन कार्यालयले मुसहरुको नागरिकता नम्बर ७९०३३१७५ र दसनीको ७९०३३१७६ बनाएर प्रतिलिपि हस्तान्तरण गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: