Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

छाडा गाईको बिजोक

रासस

धनगढी । कैलाली जिल्लाका विभिन्न पालिकामा रहेका छाडा चौपाया स्थानीयवासीको कुटाइ र लखेटाइमा परेर  बिजोक भएको छ । छाडा चौपायाले बालीनाली  खाइदिएको झोकमा स्थानीयवासीले भाला, लौरी तथा विभिन्न घरेलु हतियारले प्रहार गरेर  घाइते बनाएकाले तिनकोे बिजोक भएको हो । 

दूध दिन छोडेपछि गाईलाई एकठाउँमा लगेर छोड्दा तिनले दिनरात अन्नबाली खान थालेकाले विभिन्न उपाय लगाएर धपाउने गरिएको स्थानीय किसान बताउँछन् । घोडाघोडी नगरपालिका– १का रमेश जोशी अहिले सडकमा रगताम्मे भएका गाई  देख्दा दु:ख लाग्ने गरेको बताए ।

पशुको के दोष दूध खाउन्जेल पाल्ने अनि पछि छोड्नेलाई पो कारवाही हुनुपर्ने उनको भनाइ थियो । हिन्दू धर्ममा गाईको धेरै महत्व रहेकामा यस्तो स्थितिमा पुर्‍याउनु पाप लाग्ने घोडाघोडी नगरपालिका–१ व्यवसायी हरिलाल सापकोटाको गुनासो थियो । “ गाईको सेवा गर्न नजान्ने मान्छेको जन्म निरर्थक हुने, सन्तान नभएकाले गाईको सेवा गरे सन्तान हुने, गोबरले लिपेको स्थानमै बालक  जन्मदा राख्ने र  गोबरले लिपेर चोख्याउने भन्ने संस्कार सिक्यौँ र भोग्यौ तर अहिले त्यति पवित्र गाई सडकमा रगताम्मे भएर पल्टेको देख्दा साँच्चै कलियुग आएछ भन्ने भान हुन्छ”, उनले भने ।  

चार वर्ष अगाडि स्थानीय तहको निर्वाचनका बेला यहाँका जनताको सबैभन्दा टाउको दुखाइ बनेको छाडा गाईलाई व्यवस्थापन गर्ने भन्दै जनताका भोट माग्न आएका  निर्वाचित जनप्रतिनिधि अहिले  समयअवधि सकिन लाग्दासमेत व्यवस्थापन गर्नु त परै जाओस् गाईको विजोक हुनाका साथै  स्थानीयवासिन्दामा पनि समस्या  थपिँदै गएको व्यवसायी सापकोटाले बताए । 

घोडाघोडी नगरपालिका–१० का युवा यम कार्कीले रातभर जाग्राम बसेर बाली बचाउनुपर्ने अवस्था आउँदा पनि  जनताका समस्या समाधान गर्नतर्फ राज्यका कुनैपनि निकायले चासो नदिएको गुनासो गरे ।

नेपालको राष्ट्रिय जनावर रहेको गाईलाई लक्ष्मी माताको रूपमा  पूजा गरिन्छ तर अहिले त्यही गाईको बिजोक हेर्नुपर्ने अवस्था एकातिर छ भने अर्कोतिर  आफ्नो बालिनाली संरक्षण गर्नुपर्ने बाध्यताले सताएको अर्का किसान हर्क खड्काले बताए ।
 
गाईको व्यवस्थापन गरी किसानलाई भोकमरीबाट  बचाउन  स्थानीय सरकारले पहल गर्नुपर्नेमा उनले  जोड दिए । पुच्छर काटिएका, पेटमा भाला घोपिएका, टाउकोमा बञ्चरो प्रहार भएका गाई जीवन र मृत्युको दोसाँधमा छट्पटिँदासमेत मानिसमा दयाभाव हराएको देख्दा अचम्म लाग्ने गरेको स्थानीयवासी कैलाश दाहालले बताए । आफूले उब्जाएको अन्न र फलफूल खाएर सत्यानाश पारेका कारण मानिसमा दया र करुणा हराए पनि स्थानीय सरकारले गाईको व्यवस्थापन नगर्नु दु:खद भएको उनको  भनाइ थियो । 

जिल्ला समन्वय समितिका सभापति सूर्यबहादुर थापाका अनुसार जिल्लाका १३ पालिकाका प्रमुख र उपप्रमुखसँग गाई व्यवस्थापनका लागि छलफल भइरहे पनि पनि कसरी गर्ने भन्ने निर्णयमा नपुगिएकाले व्यवस्थापनमा अझै केही समय लाग्नेछ ।  थौरै सङ्ख्यामा भए पनि एक–दुईपालिकालाई जिम्मा दिएर व्यवस्थापन गर्नुस् भन्थ्ये तर छाडा चौपाया हजारौँको सङ्ख्यामा हुनु र दिन प्रतिदिन बढ्दै जानाले समस्या भएको उनको भनाइ थियो ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy