झापा । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत झापा गाउँपालिकाको सभापतिमा सागीरथ गणेश सर्वसम्मत भएका छन् । पन्ध्र पालिका रहेका जिल्लामा वडा समिति चयनसँगै पालिका सभापति चयन गर्नेमा सो गाउँपालिका पहिलो भएको हो ।
कांग्रेस जिल्ला सभापति उद्धव थापाका अनुसार गणेशलाई निर्विरोध सभापति भएको घोषणा गर्न मात्र बाँकी रहेको जानकारी दिए । “सर्वसम्मत सभापतिमा गणेशजीलाई चयन गरियो”, उनले भने, “ विधि र प्रक्रिया बाँकी छ । असोज ९ गते उहाँलाई आधिकारिक सभापति भएको घोषणा गर्छौं ।”
सो गाउँपालिकाको सबै सात वडामा यसअघि सर्वसम्मत वडा पदाधिकारी र क्षेत्रीय प्रतिनिधि चयन भइसकेको छ । आदिवासी मधेशी समुदायको बाहुल्य सो पालिकामा गणेशको नेतृत्वमा गाउँ कार्य समिति नै सर्वसम्मत भएको कांग्र्रेसका क्षेत्रीय सभापतिसमेत रहेको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहले बताउ ।
गणेशका नेतृत्वमा चयन भएको गाउँ कार्य समितिको उपसभापतिमा सकिचन ठाकुर र सुमन प्याकुरेल, सचिवमा सञ्जय गणेश र प्रताप विश्वकर्मा र सहसचिवमा सफिउल्ला अन्सारी छन् । पार्टीका जिल्ला सभापति थापाले अन्य पालिकाले नेतृत्व चयनका लागि झापा गाउँपालिकाबाट शिक्षा लिनुपर्ने बताए । गाउँ सभापति सर्वसम्मत भएका उनी यसअघि क्षेत्रीय सदस्य रहेका थिए । पालिकामा २५६ क्रियाशील सदस्य छन् ।
जिल्लामा १५ पालिका छन् । अन्य पालिकामा गाउँ तथा नगर सभापतिका लागि हरेक पालिकामा तीनभन्दा बढी आकांक्षीले उम्मेदवारी घोषणा गर्दै मत मागिरहेका छन् । झापा गाउँपालिकामा वडा तहको निर्वाचनबाट निर्वाचित क्षेत्रीय प्रतिनिधि तथा वडाका सभापतिको संयुक्त भेलामा गाउँ सभापति पदमा गणेशको एक मात्र नाम आएको थियो ।
“उहाँ जुझारु, इमान्दार र सबैका प्रिय नेता हुनुहुन्छ”, गाउँपालिकाका अध्यक्ष साहले सर्वसम्मत चयनका बारेमा भने, “सबै क्षेत्रीय प्रतिनिधि र अरु साथीहरुले उहाँलाई सर्वसम्मत सभापति बनाउने विषयमा निर्णय नै गरिसक्नुभयो ।” पार्टीको निर्वाचन कार्यतालिका अनुसार नगर तथा गाउँको अधिवेशन यही असोज ९ गते हुँदैछ । झापा गाउँपालिकाको सभापतिसहित कार्य समितिका सबै पदमा सर्वसम्मत उम्मेदवारी दर्ता गरेर निर्विरोध निर्वाचित गराउने स्थानीय पार्टी कार्यकर्ताको सहमति भएको छ ।
सर्वसम्मत गाउँ सभापति चयन हुनुभएको गणेशले २०४६ सालदेखि पार्टीमा क्रियाशील भएको र २०४८ सालमा क्रियाशील सदस्यता पाएको बताए । उनले आफू कुनै गुटमा नलागेको जनाउँदै आम कार्यकर्ताले सर्वसम्मत गाउँ कार्य समिति चयन गरेर पार्टी एकढिक्का भएर सहमतिमा अघि बढेको सन्देश दिन चाहेको बताए । झापा गाउँपालिकाबाट उत्साहित जिल्लास्तरीय नेताहरु अन्य नगर तथा गाउँपालिकामा पनि सर्वसम्मत नेतृत्व चयन गर्न सकिन्छ कि भनेर दौडधुप गरिरहेका छन् । जिल्लामा १३१ वडामा एक जना पनि महिला सभापति पार्टीले निर्वाचित गराउन सकेन । हालसम्म गाउँ तथा नगरस्तरमा समेत पुरुषले आकांक्षा देखाइरहँदा एकजना महिलाले पनि सभापतिमा दाबी गरेको देखिँदैन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: