Khabar Dabali २ भाद्र २०७९ बिहीबार | 18th August, 2022 Thu

प्रतिपक्ष एमालेको नाराबाजीबीच विनियोजन विधेयक बहुमतले पास

खबरडबली संवाददाता

काठमाडौँ । आज बसेको प्रतिनिधि सभाको बैठकमा  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोध तथा नाराबाजीका  बीच ‘विनियोजन विधेयक २०७८’ प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ ।

बैठकमा एमालेको नाराबाजीकाबीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कार्यसूची अघि वढाएका थिए ।

अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेश गरेका थिए । त्यसपछि सभामुख सापकोटाले एमालेको नाराबाजीका बीच विधेयक निर्णयार्थ पेश गर्दै बहुमतले पारित भएको घोषणा गरेका छन् ।

एमालेले भदौ २३ बाट लगातार संसद् अवरोध गरिरहेको छ । सोमबार पनि एमालेले सभामुखमाथि ‘गम्भीर’प्रश्न उठाउँदै निरन्तर संसदमा नाराबाजी गरेको छ । अवरोधबीच सभामुख सापकोटाले संसद्मा सरकारको बिजनेस अघि बढाएपछि एमाले झनै रुष्ट बनेको छ । विनियोजन विधेयकमाथिको छलफलमा नेमकिपाका सांसद प्रेम सुवाल मात्रले सहभागिता जानकारी दिएका थिए । 

आज बजेट निर्णयार्थ प्रस्तुत गरिने भएपछि सत्तारुढ गठबन्धनमा रहेका सबै सांसद उपस्थित भएका थिए ।

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्री देउवा- स्वदेशी वस्तुको प्रचारप्रसार र बजारीकरणमा सहयोग गर्न सरकार तयार

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी कच्चापदार्थ र नेपाली मौलिक प्रविधि तथा सीपबाट उत्पादित बस्तुको प्रचारप्रसार र बजारीकरणमा आवश्यक सहय...

रुसी आक्रमणमा परी ४ जनाको मृत्यु, २० जना घाइते

युक्रेन । उत्तरपूर्वी युक्रेनी क्षेत्र खार्किभमा बिहीबार बिहान रुसी बमबारीमा चार व्यक्तिको मृत्यु हुनुका साथै २० जना घाइते भएका गभर्नरले बताएका छन् । ...

हराएको नागरिकता दुरुपयोग गरी ठगी गर्ने ३ जना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले हराएको नागरिकता दुरुपयोग गरी कम्पनी खोलेर ठगी गर्ने तीन जनालाई पक्राउ गरेको छ ।  काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्याल...

राप्ती नदीमा विद्यार्थी बोकेको डुङ्गा दुर्घटना हुँदा २५ विद्यार्थी घाइते

घोराही । दाङको राप्ती नदीमा विद्यार्थी बोकेको डुङ्गा दुर्घटना भएको छ । विद्यार्थी बोकेर नदी पार गर्न लागेको उक्त डुङ्गा दुर्घटना हुँदा २५ विद्यार्थी घ...

कर्मचारी चार ,कार्यक्षेत्र पाँच जिल्ला !

दमौली । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँको कार्यक्षेत्र पाँच जिल्ला हो । कार्यालयलाई तनहुँसहित लमजुङ, गोरखा, मनाङ र नवलपुरको खाद्...

बाढीमा १६ जनाको मृत्यु, दर्जनौं बेपत्ता

बेइजिङ ।  उत्तरपश्चिम चीनमा अविरल वर्षाका कारण गएको पहिरोपछि नदीले बाटो बदलिए आएको बाढीमा परी १६ जनाको मृत्यु हुनुका साथै दर्जनौं बेपत्ता भएका सरकारी ...

कञ्चनपुरमा चुनावी सरगर्मी बढ्यो

महेन्द्रनगर । नेपाली कांग्रेस कञ्चनपुरका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री रमेश लेखक एक सातायता आफ्नो निर्वाचन क्षेत्रको दोधारा चादँनीमा चुनाव केन्द्री...

जापानको आत्महत्या दरमा वृद्धि

टोकियो । कोभिड–१९ महामारीको समयमा जापानमा आत्महत्या दरमा वृद्धि भएको एक अनुसन्धानले देखाएको छ । सन् २०२० मार्च देखि सन् २०२२ जून सम्ममा जापानमा आत्...

बसले अटोलाई ठक्कर दिँदा अटोमा सवार ३ जनाको मृत्यु

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा आज बिहान यात्रुवाहक बसले अटो रिक्सालाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको...

काठमाडौँको फोहर व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको शून्य समयमा सांसदहरुले काठमाडौँमा फोहर थुप्रिँदै गएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद अमृता थापामगरले का...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page