Life insurence
Khabar Dabali ३१ आश्विन २०७८ आईतवार | 17th October, 2021 Sun
Himalayan Golden detail page

राजदूत खतिवडा भन्छन्– संविधानले प्रजातान्त्रिक मूल्य मान्यतालाई आत्मसात गरेको छ

खबरडबली संवाददाता

वासिङ्टन डिसी । अमेरिकाका लागि नेपालका राजदूत डा युवराज खतिवडाले नेपालको संविधानले नागरिकको हक अधिकार, मानवअधिकार र प्रजातान्त्रिक मूल्य मान्यतालाई आत्मसात गरेको बताएका छन् । संविधान दिवसको उपलक्ष्यमा नेपाली दूतावासले आयोजना गरेको स्वागत समारोहलाई सम्बोधन गर्दै खतिवडाले नेपालको संविधानले समानता, सामाजिक न्याय र विविधताबीचको एकतालाई आफ्नो मुलभूत सिद्धान्त मानेको समेत उल्लेख गरे ।

अमेरिकी सरकारका प्रतिनिधीसमेत उपस्थित रहनुभएका कार्यक्रममा राजदूत खतिवडाले अमेरिकी सरकारले मानवीय सहायता र विकासको साझेदारका रूपमा महत्वपूर्ण र उल्लेखनीय भूमिका निर्वाह गर्दै आएकामा धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथिका रूपमा अमेरिकी सरकारको तर्फबट दक्षिण एसिया मामिलाका कार्यवाहक सहायक मन्त्री डिन थम्पसनले नेपाल र अमेरिकाबीच लामो मैत्रीपूर्ण सम्बन्ध कायम रहेको बताउँदै नेपालको प्रजातान्त्रिकीकरण र समृद्धिका लागि अमेरिकाले सदैव सहयोग गर्ने बताए ।

कार्यक्रममा डिसीमा रहेका कूटनीतिक नियोगका प्रतिनिधि, अमेरिकी सरकारका अधिकारीलगायत नेपाली समुदायका प्रतिनिधि, सञ्चारकर्मीसमेतको उपस्थिति थियो । कोरोना महामारीका कारण दूतावासले छोटो र संक्षिप्त कार्यक्रम आयोजना गरिएको जानकारी दिएको थियो । कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले पठाएकाे शुभकामना सन्देश पढेर सुनाइएको थियो । यसअघि राजदूत खतिवडाले दूतावास परिसरमा नेपालको झण्डोतोलन गरेका थिए  ।

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बर्षा र बाढीबाट १८ जनाको मृत्यृ, दर्जनौ बेपत्ता

नयाँदिल्ली ।  भारतको दक्षिणी केरला राज्यमा शनिबारको अविरल बर्षा र बाढीका कारण कम्तीमा पनि १८ जनाको ज्यान गएको छ । अरु दर्जनौ व्यक्ति बेपत्ता भएका छन् ...

दसैँकाे समयमा भएका दुर्घटनामा परी ९ जनाको मृत्यु

चितवन । जिल्लामा दसैँको समयमा भएका दुर्घटनामा परी नौ जनाको मृत्यु भएको छ ।  यही असोज २१ गतेदेखि ३० गतेसम्म भएका १९ वटा दुर्घटनामा नौ जनाको मृत्यु भ...

विज्ञान विभाग– नेपालमा ३ दिन बदली र वर्षाको सम्भावना

काठमाडौँ । भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले ...

सरकारी कार्यालय खुले सँगै उपत्यकामा चहल पहल बढ्यो

काठमाडौँ । बडादसैँ (विजयादशमी) मा बन्द भएका सरकारी कार्यालय खुलेका छन् । राजधानी काठमाडौँ उपत्यकासहित देशभरका सरकारी कार्यालय खुलेपछि चहलपहल बढेको छ ।...

गोरखामा ४.३ रेक्टरको भूकम्प

काठमडौँ । गोरखाको मानबु आसपास केन्द्रविन्दु भएर आज बिहान भूकम्पको परकम्प गएको छ । बिहान ४ बजेर ९ मिनेट जाँदा ४ दशमलब ३ रेक्टर स्केलको परकम्प गएको राष्...

निर्माण व्यवसायीसँग विवाद हुँदा नदीजन्य पदार्थको चरम अभावः विकास निर्माण प्रभावित

महेन्द्रनगर । स्थानीय तह र निर्माण व्यवसायीबीचको विवादका कारण महाकाली नदीबाट उत्खनन रोकिँदा विकास निर्माण प्रभावित बनेको छ । हरेक वर्ष असोज १ गतेदे...

काठमाडौं नयाँबस्तीबाट तास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–५ नयाँबस्ती डेरा गरी बस्ने मकवानपुर घर भएका ३४ वर्षीय असल बलको कोठामा तास खेलिरहेको अवस्थामा बल लगायत ११ जनालाई शनिबा...

४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा १७ वर्षीय किशोर पक्राउ

तनँहु । ४४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बन्दीपुर गाउँपालिका–२ पौवा बस्ने १७ वर्षीय किशोरलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ती ...

मन्त्री आले सँगको छलफलपछि नेपाल एअरलाइन्सका कर्मचारीहरुले आन्दोलन स्थगित गरे

काठमाडौँ । नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिनप्रकाश पौडेलको विषयलाई लिएर आन्दोलन गरिरहेका कर्मचारीले आजदेखि आफ्ना सबै आन्दोलन स्थगित गरेका छन् । आज...

३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सत्याल पक्राउ

ललितपुर । ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बागमती गाउँपालिका–१ घुसेल बस्ने ३९ वर्षीय हरिशरण सत्याललाई सोमबार बिहान प्रहरीले पक्राउ गरे...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Jobkhoji Nibl detail page Salt Trending Detail Page Kantipur Detail Page Alphabet Education Consultancy