गलकोट । बागलुङ बजार हुँदै सिगाना, चापाखर्कबाट बरेङ जोड्ने सडक तीन वर्षमा कालोपत्र गर्ने तयारी थालिएको थियो । विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) सकेर बोलपत्र प्रक्रियाको अनुमति लिन मात्रै बाँकी रहेको सो सडक खण्डकोे बजेट अहिले कटौती भएको छ ।
जङ्गल क्षेत्र नभएको केही स्थानमा पक्की नाली र आठ मिटर चौडा गरी सिगानाको बौडचौरसम्मको १० किलोमिटर सडक रु ४० लाखमा कालोपत्र गर्ने गरी डिभिजन सडक कार्यालय बागलुङले तयारी थालेको थियो । उक्त सडकसँगै पछिल्लो समय बागलुङ क्षेत्र नं १ का मात्रै १७ सडकको योजना र बजेट कटौती भएको बताइएको छ । प्रतिस्थापन बजेट आएसँगै धौलागिरिका चार जिल्लाका ५५ सडक कटौती भएको डिभिजन सडक कार्यालयले जनाएको छ । उक्त सडकमध्ये केही निर्माणका चरणमा प्रवेश गरिसकेका समेत थिए ।
यस क्षेत्रका स्थानीयवासी वजेट कटौती गरेपछि निराश बनेको बागलुङ नगरपालिका–८ सिगानाका वडाध्यक्ष राजन जिसीले जानकारी दिए । “अहिले सडक र बजेट दबै कटौती भयो, नयाँ योजना र नयाँ नीति त आउला तर विकासमा भने केही वर्षपछि पर्ने भयो”, उनले भने, “राजनीतिक दलको सरकार परिवर्तन भए पनि विकासे काम भने निरन्तर हुनुपर्ने थियो, यो दुर्भाग्य भयो, सरकार परिवर्तनसँगै विकास निर्माण प्रभावित हुनु हुँदैन ।”
बागलुङे जनताका लागि निरन्तररूपमा पहलकदमी गरी १७ सडक छनोटमा पारेर केही परिणामसमेत दिइसकेको अवस्थामा सडक कटौती भएको बागलुङ क्षेत्र नं १ का सांसद डा सूर्य पाठकले बताए । “राजनीति परिवर्तनशील छ, सरकारसमेत स्थिर नभएको अवस्था त छँदै थियो तर विकासे योजना जुन रातो किताबमा समावेश भएका बहुवर्षे योजना थिए, ती निरन्तर हुनुपर्दथ्यो”, उनले भने, “हामीले उक्त सडक निकै सोच, विचार र नागरिकको जीवनस्तर उकास्नेसँग जोडिएका थिए, तर अहिले कटौती भएको छ, पुन: योजना त आउला तर विकास निर्माण पछि धकेलियो ।”
क्षेत्र नं १ अन्तर्गत सङ्घीय सरकारको भौतिक पूर्वाधार मन्त्रालयको रातो किताबमा सूचीकृत बागलुङ–मालढुङ्गा बलेवा–कुश्मीसेरा सडक (बरेङ–गुल्मी–शान्तिपुर), बागलुङ बजार सिगाना चापाखर्क गौजाको दह बरेङ सडक, मालढुङ्गा पैयापटा लहरेबर अमलाचौर हुँदै कुश्मीसेरा सडक, भीमापोखरा अक्षेतेबाट सलाम मलठाना सिम म्याग्दी जोड्ने पयर्टकीय सडक हटाइएको छ ।
यस्तै मालढुङ्गा–बलेवा– कुश्मीशेरा–वरेङ–शान्तिपर गुल्मी सडक, खरज्यनङ दरबार गौडाकोट जुभुङ मुजुवा शान्तिपुर हुग्दीशिर बागलुङ, गलुवा, द्वार भकुण्डे डोठे ताल, रामतोला रायडाँडा फेदी कुश्मीशेरा जैमिनी, सडक, भैरवस्थान कामीचौतारा सतिपोखरा ढकालथोक सम्माचौर करिडोर सडक, काठेखोला गाँउपालिका भीमपोखरा सिम सायकोट ओखले हुँदै म्याग्दी भकिम्ली कालोपत्र गर्ने सडक, काठेखोला भीम पोखरा सिम सायकटेरा खोख्ले भकिम्ली सडक, भाङ्गी तारीखेत पुरानो गाउँ गहुँखेत सडक, कालीगण्डकी करिडोर भुनेवा वडा कार्यालय भड्कुवा खोलाखानी मोटरबाटो, बुकेनी मनकामना दिहिडाँडा गैडाफाँट सिम्स्वारा बोडेचौर सडक, बाग्लुङ मालढुङ्गा गणेश घुम्ती म्याग्दी जोड्ने सडक, बडारचौर ढाडेनी सडक, बागलुङ तित्याङ निफन्नी भकुण्डे भ्यूटावर रायडाँडा सडक सिमलपाटाबाट निफन्नीसम्म स्तरोन्नतिलगायतका सडक कटौती गरिएको छ ।
साविक धौलागिरिका पर्वत, म्याग्दी, बागलुङ र मुस्ताङका सडक हेर्दै आएको सडक डिभिजन कार्यालयका इञ्जीनियर सुरेन्द्र गौतमले यस कार्यालयअन्तर्गतका ५५ सडक कटौती भएको बताए । “अहिलेलाई सडक कटौती भएको मात्रै अवगत भयो, पुन: के व्यवस्था आउँछ अहिले भन्न सकिन्न”, उनले भने, “ साना सडक आयोजना स्थानीय तहमार्फत सम्पन्न गर्नका लागि कटौती भएको होला, सडकले ठूला आयोजनामात्रै हेर्ने नीति आएर हो के कारणले अब केही दिनमा जानकारी होला ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: