Khabar Dabali २९ श्रावण २०७९ आईतवार | 14th August, 2022 Sun

भारतमा थप ३१ हजार ९२३ जना कोरोनाबाट सङ्क्रमित

Krishi bikash bank
रासस

नयाँदिल्ली ।  पछिल्लो २४ घण्टामा भारतमा ३१ हजार ९२३ जना कोरोनाका नयाँ सङ्क्रमित थपिएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । यसैसँगै भारतमा कूल सङ्क्रमितको संख्या  ३ करोड ३५ लाख ६३ हजार ४२१ जना पुगेका छन् । 

सरकारी अधिकारीले बिहीबार बिहान दिएको जानकारीनुसार अहिले भारतमा सक्रिय सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख एक हजार ६०४ रहेका छन् । यो सङ्ख्या १८७ दिनपछि कै सबैभन्दा कम हो । भारतमा सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या छ महिना पछिकै सबैभन्दा कम भएको बताइएको छ । 

भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या पछिल्लो समयलगातार घट्दै गएको छ । दैनिक नयाँ सङ्क्रमितभन्दा दैनिक सङ्क्रमणमुक्त भएकाको सङ्ख्या बढी हुँदै गएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै गएको हो । सक्रिय सङ्क्रमितको यो संख्या कूल सङ्क्रमितको ०.९० प्रतिशत भएको जनाइएको छ । सन् २०२० को मार्च  महिनापछि अहिले सक्रिय सङ्क्रमितको यो संख्या सवभन्दा कम हो । 

पछिल्लो २४ घण्टामा  ३१ हजार ९९० जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको देखिएको अधिकारीले जनाएका छन् । योसँगै भारतमा अहिलेसम्म तीन करोड २८ लाख १५ हजार ७३१ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । यहाँ कोरोनाका कारण अहिलेसम्म चार लाख ४६ हजार ५० जनाको मृत्यु भएको छ । तीमध्ये २८२ जनाको पछिल्लो एक दिनमा मृत्यु भएको जनाइएको छ ।  

भारतमा कोरोना शुरु भएदेखि हालसम्म ५५ करोड ८३ लाख  ६७ हजार १३ व्यक्तिको कोरोना भाइरस परिक्षण भएको बताइएको छ ।  यहाँ गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो सयमदेखि हालसम्म ८३ करोड ३९ लाख ९० हजार ४९ डोज खोप लगाइएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्  । 

Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चिराइतो खेतीमा भोजपुरका किसान आकर्षित

भोजपुर ।  जिल्लाका किसान चिराइतो खेतीप्रति आकर्षित भएका छन्। बहुउपयोगी जडीबुटी चिराइतोबाट राम्रो आम्दानी हुने भएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । च...

निर्वाचन घोषाणासँगै राजनीतिक दल र आयोगका सबै गतिविधि निर्वाचनमा केन्द्रित

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन घोषाणासँगै राजनीतिक दलले आआफ्ना सबै गतिविधि चुनाव केन्द्रित तुल्याउँदै लगेका छन् ।  प्रतिनिधिस...

पोखरेली जनताको साढे चार दशकदेखिको सपना अब साढे चार महिनामा पूरा हुँदै

प्याराग्लाइडिङको अवस्था के हुनेबारे चिन्ता

महानगरपालिकाद्वारा विकासको निमित्त विज्ञहरूसँग छलफल सुरु

विराटनगर । विराटनगर महानगरपालिकाले छुट्टै योजना आयोग बनाएर आफ्नो क्षेत्रको वृहत्तर विकास गर्ने योजना बनाएको छ । विराटनगरको समग्र विकासका लागि विषय विज...

पाकिस्तानमा मनसुनी वर्षाबाट १० जनाकाे मृत्यु, २६ जना घाइते

इस्लामावाद । पाकिस्तानमा मनसुनी वर्षा र यससँगै आएको बाढी र पहिरोमा परी कम्तीमा पनि १० जनाको ज्यान गएको छ । गएको २४ घन्टायता पाकिस्तानका विभिन्न स्थानम...

बागलुङ नगरपालिद्वारा यी पाँच प्रकारका सेवा गाउँमै

गलकोट । बागलुङ नगरपालिकाले पहिलोपटक पाँच प्रकारका सेवा लिएर गाउँमा पुगेको छ । योजना सम्झौता, स्वास्थ्य शिविर, अपाङ्गता परिचयपत्र, वित्तीय साक्षरता र म...

आज प्रतितोला पाँच सयले बढ्यो सुन, कतिमा कारोबार हुँदैछ ?

काठमाडौँ । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु ९७ हजार आठ सय तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९७ हजार तीन...

अध्यक्ष ओलीको प्रश्न– म प्रधानमन्त्री हुँदा पैसा छैन भनेको कहिल्यै सुन्नुभयो ?

'बिरमी परे आफूसँग उपचार गर्ने पैसासमेत छैन'

दलित विधार्थीले पानी पिएको निहुमा शिक्षकद्वारा ९ वर्षीय विद्यार्थीको हत्या

एजेन्सी । भारतको राजस्थानको जालोर जिल्लामा शिक्षकको कुटाइबाट एक दलित विद्यार्थीको मृत्यु भएको छ ।  दलित समुदायका एक बालकले  शिक्षकका लागि राखिएको भ...

आगामी भदौ ७ गतेदेखि इष्टर्न हाईड्रोपावरको आइपिओ खुला हुँदै

काठमाडौँ । इष्टर्न हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आग...

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Pioneer Software Technologies Alphabet Education Consultancy Website Developments Japanese Language Instructor Jobkhoji Salt Trending Detail Page