बैतडी । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको मिति नजिकिँदै गर्दा जिल्लामा पनि माहोल तातेको छ । जिल्ला अधिवेशनका लागि पनि आआफ्नै प्यानल घोषणा गरी चुनावी प्रचारप्रसार सुरु भएको छ ।
बैतडीमा दुई समूहले प्यानल घोषणा गरिसकेपछि यहाँ नयाँ नेतृत्वका लागि चुनाव हुने पक्का भएको छ । अधिकांश वडामा सहमतिमै नेतृत्व चयन गर्न सफल भएको बैतडी कांग्रेसले जिल्ला नेतृत्वका लागि भने सहमति गर्न नसकेका हुन् ।
जिल्लामा संस्थापन पक्षका रुपमा रहेको चतुरबहादुर चन्दले आफ्नो नेतृत्वमा संयुक्त प्यानलको उम्मेदवारी घोषणा गरेका छन् । केन्द्रमा संस्थापन पक्षका रुपमा रहेको शिवराज भट्टले पनि आफ्नो प्यानल सार्वजनिक गरेका हुन् ।
चन्द नेतृत्वको प्यानलको उपसभापतिमा धामी हाल जिल्ला सदस्य रहनुभएका खगेन्द्रसिंह धामी र हाल जिल्ला कोषाध्यक्ष रहेका रमेश पाण्डेयको नाम अघि सारिएको छ । सचिवमा हाल पार्टीका सचिव रहेका प्रेमबहादुर चन्द र जिल्ला सदस्य रहनुभएका देवराज जोशीको नाम सार्वजनिक गरिएको छ ।
सहसचिवमा हाल जिल्ला कार्यालय सचिव रहेका दिपेन्द्रबहादुर चन्द र जिल्ला आमन्त्रित सदस्य रहनुभएका दशरथसिंह चाडले उम्मेदवारी घोषणा गरेका छन् । उता भट्ट प्यानलमा वर्तमान सचिव वीरबहादुर विष्ट र पूर्वउपसभापति हरिसिंह धामी उपसभापतिको उम्मेदवार रहेका छन् ।
यस्तै रमेशसिंह भण्डारी र कर्ण बोहराले सचिवमा उम्मेदवारी घोषणा गरेका छन् । सो समूहबाट सहसचिवमा रमेश कोली र घनश्याम भट्टलाई अघि सारिएको छ । दुवै समूहले आआफ्ना उम्मेदवार घोषणा गरिसकेकाले निर्वाचनबाटै नयाँ नेतृत्व आउने निश्चित भएको छ ।
सभापतिका उम्मेदवार चतुरबहादुर चन्दले आफू कुनै गुटको उम्मेदवार नभएर कांग्रेसको संयुक्त उम्मेदवार भएको बताए । सभापतिमा आफूले जितेमा कांग्रेसलाई एकढिक्का भएर लैजानुका आउने सबै स्तरका निर्वाचनमा कांग्रेसलाई एक नम्बर बनाउन आफ्नो योजना रहेको बताए ।
यस्तै अर्को सभापतिका उम्मेदवार शिवराज भट्टले पनि पार्टीलाई बलियो बनाउन र आगामी निर्वाचनमा कांग्रेसका उम्मेदवार विजयी गराउने मुख्य योजना रहेको बताए । पालिका र प्रदेश क्षेत्रीय नेतृत्वका लागि पनि सहमतिको सम्भावना कम रहेको नेताले बताएका छन् । केही स्थानीय तहमा उम्मेदवार घोषणा गरेका दुवै पक्षले केहीमा भने अझै उम्मेदवारको टुङ्गो लगाउन सकेका छैनन् ।
जिल्लाका सबै वडामा गत भदौमा अभिवेशन सम्पन्न भइसकेको छ । पालिका अधिवेशन यही असोज ९, प्रदेशसभा क्षेत्रीय अधिवेशन असोज १२ र जिल्ला अधिवेशन असोज १५ गते हुनेछ । आगामी कात्तिक १० देखि १२ सम्म प्रदेश अधिवेशन र मङ्सिर ९–१३ सम्म काठमाडौँमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: