असोज १५ गतेदेखि आइपिओ जारी गर्दै न्यादी हाइड्रोपावर
आश्विन ८ गते, २०७८ शुक्रवार 24th September, 2021 Fri१५:३२:५५ मा प्रकाशित
रासस
काठमाडौँ । न्यादी हाइड्रोपावर लिमिटेडले यही असोज १५ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ)को बिक्री खुला गर्न लागेको हो ।
निष्काशन गरिने साधारण शेयरमध्ये पाँच प्रतिशत अर्थात् एक लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको र दुई प्रतिशत अर्थात् ४५ हजार कित्ता शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ । बाँकी रहने २० लाख ९२ हजार ५०० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले यही असोज १५ गतेदेखि आवेदन दिन पाउने भएका छन् ।
कम्पनीको विवरण पत्रानुसार सर्वसाधारणले असोज १९ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । सो अवधिसम्म माग गरिएबमोजिम आवेदन नआए असोज ३१ सम्म निष्काशन खुला हुने विवरणपत्रमा उल्लेख छ ।
कम्पनीले हाल लमजुङ जिल्लाको मस्र्याङ्दी गाउँपालिकामा कूल ३० मेगावाट क्षमताको न्यादी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीले आयोजना निर्माणको कूल अनुमानित लागत रु छ अर्ब ११ करोड ७७ लाख ५५ हजार ५५ हुने र प्रतिमेगावाट लागत निर्माण अवधिको ब्याजसहित रु २० करोड ३९ लाख २५ हजार १८६ दशमलव पाँच हुने जनाएको छ ।
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट शेयरमा आवेदन दिन सक्नेछन् । साथै अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर पनि शेयरका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ ।
धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी बिबी इस्युअर’ ग्रेडिङ प्रदान गरेको छ । रेटिङअनुसार कम्पनीको हालको अवस्था दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको भन्ने बुझिन्छ ।
कम्पनीले आफ्नो जारी पूँजी रु एक अर्ब ५० करोडको प्रतिशेयर रु १०० अङ्कित दरले हुने एक करोड ५० लाख कित्ता शेयरमध्ये १५ प्रतिशत अर्थात् २२ लाख ५० हजार कित्ता सार्वजनिक निष्काशनका निमित्त छुट्याएको थियो । आयोजना प्रभावित क्षेत्र लमजुङका बासिन्दाका लागि छुट्याइएको रु १० अङ्कित मूल्यका १५ लाख कित्ता शेयर र संस्थापक शेयरधनी संस्थाका कर्मचारीका लागि छुट्याइएको तीन लाख कित्ता शेयर गरी १८ लाख कित्ता शेयर गत भदौ १ देखि निष्काशन खुला गरिएको थियो जसको बाँडफाँट गत बुधबार भइसकेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ । प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फ २५ जिल्लाका सबै सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनले भोजपुर, ओखलढुङ्गा, खोटाङ, सि...
डोटी । मतदाता शिक्षा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन हुन नसक्दा डोटीमा प्रत्यक्षतर्फको ८ हजार ६२० मत बदर भएको छ । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा...
आडेन । हुथी विद्रोहीहरुले गरेको ड्रोन हमलामा परेर यमनको सरकार कम्तीमा पनि तीन जना सैनिक मारिएका समाचारमा जनाइएको छ ।प्राप्त समाचारअनुसार यहाँका हुथी व...
रेसुङ्गा । गुल्मीको क्षेत्र नं १ मा नेपाली कांग्रेसका डा चन्द्र भण्डारी विजयी भएका छन् । नेकपा (एमाले)का प्रदीप ज्ञवालीलाई एक हजार पाँच सय ९२ मतले पछि...
झापा । पाँच वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको झापामा तीन वटा क्षेत्रमा नेकपा ९एमाले०ले जितेको छ भने नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्...
काठमाडौँ । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मत परिणामअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ ने...
प्रतिकृया लेख्नुहोस्: