Khabar Dabali १० पुष २०८२ बिहीबार | 25th December, 2025 Thu
Investment bank

व्यावसायिक तरकारी खेतीबाट मनग्ये आम्दानी

रासस

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– ३ का यज्ञराज गौतम आधुनिक तरिकाले तरकारीखेतीमा संलग्न छन्  । तीन वर्षदेखि उनले व्यावसायिक रुपमा तरकारीखेती गरी गतिलो आम्दानी गर्न सफल भएका छन् ।

बारीमा उत्पादित तरकारी बेचेर उहाँले वार्षिक रुपमा रु तीन लाख बढी आम्दानी गर्दै आएका छन्  । “परम्परागत तरिकाले विगतमा तरकारीखेती गर्दा मुस्किलले वर्षमा रु ५० हजारदेखि ६० हजार मात्रै आम्दानी हुन्थ्यो” उनले भने, “आधुनिक तरिकाले तरकारीखेती गरी बढी उत्पादन लिनका लागि तालिम पाए । तालिममा सिकेका कुरा व्यवहारमा उतार्न थाले ।  उत्पादन बढेसँगै आम्दानी पनि विगतको तुलनामा चार गुणाले बढेको छ ।”
 
मुख्यमन्त्री नमूना कृषि गाउँ तरकारीखेती कार्यक्रममा आवद्ध भएपछि उनले तालिमसँगै अनुदानमा थोपा सिँचाइसहितको प्लाष्टिक टनेल, पावर टिलर, सिँचाइका लागि पम्पसेट पाएका छन् ।
 
तरकारी खेतीका लागि आधुनिक तौर तरिकासँगै कृषि आंैजार र उपकरण पाएपछि उनी व्यावसायिक खेतीलाई अगाडि बढाउन हौसिएका छन् । एक बिघा जग्गामा गौतमले मौसमी र बेमौसमी तरकारी खेती गर्दै आएका छन् । मुख्यमन्त्री नमूना कृषि गाउँ तरकारीखेती कार्यक्रममा आवद्ध एक सय जना किसानमध्ये ६० जनाले व्यावसायिक रुपमा तरकारीखेती गर्दै आएका छन् । अन्य किसान मौसमी तरकारी खेतीमा संलग्न छन् । 

तरकारी खेतीमै संलग्न विनोद चौधरीको वार्षिक कमाइ रु दुई लाख जति हुने गरेको छ । तरकारी बजारमा बेचेर उनले आम्दानी गर्दै आएका छन् । “तरकारीखेती गर्नुअघि परम्परागत रुपमा लगाइने अन्नबालीमा निर्भर थियौं” उनले भेन, “त्यसबाट सात जनाको परिवारको खर्च चलाउन निकै धौधौ थियो । व्यावसायिक तरकारी खेतीमा संलग्न भएपछि अनुभव बटुल्दै जाँदा आम्दानी पनि चाहेअनुरुप हँुदै गएको छ ।”
 
तरकारी खेतीबाट आएको पैसाले घरखर्चसँगै बालबालिकाको विद्यालयको खर्च चलाउन सहज भएको उनले बताए  । बचेको पैसा बैंक र गाउँको सहकारीमा उनले बचत गर्दै आएका छन् ।

खेतमा उत्पादित तरकारी किसानले बेच्नका लागि बजार चहार्दै हिँड्नुसमेत पर्दैन । “बारीमा लगाइएको तरकारी बेच्नका लागि तयार भएपछि किसानले फोनमार्फत नै व्यापारीलाई फोन गर्छन्” कृषि प्राविधिक चेतराज चौधरीले भने, “व्यवसायीले बजारमा चलनचल्तीको दररेटमै बारीबाट तरकारी खरिद गरी लैजाने गरेका छन् ।” केही तरकारी गाउँमै बिक्री हुने गरेको छ । 

किसानले करेला, रामतोरिया, खुर्सानी, लौका, काँक्रा, काउली, बोडी, बन्दागोभी, भाण्टा, भेडे खुर्सानीलगायत लगाउने गरेका छन् । सुदूरपश्चिम सरकारले आव २०७६/७७ देखि लागू गरेको मुख्यमन्त्री नमूना कृषि गाउँ तरकारीखेती कार्यक्रममार्फत पिपलाडी र जोनापुर गाउँका व्यावसायिक तरकारी खेतीमा संलग्न किसानलाई रु एक करोड बढीका कृषि आंैजार, उपकरण, सिँचाइका लागि पम्पसेट, बीउबिजन, पौष्टिकतत्व, उर्वरक, स्प्रे टङ्की, प्लाष्टिक टनेल उपलव्ध गराएको छ । 

यीमध्ये थोपा सिँचाइसहितको प्लाष्टिक टनेलमा तरकारीखेती गर्ने किसानको सङ्ख्या २७  छ  कृषि उपजको आन्तरिक मागपूर्ति गर्दै आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धनका लागि सुदूरपश्चिम सरकारले कार्यक्रम सञ्चालन गरेको हो ।

कृषि पूर्वाधार, बीउबिजन, सिँचाइ, ढुवानी, कृषि उपज सङ्कलन केन्द्र र बजार प्रवद्र्धनलगायतका कार्य सहज बनाउनुका साथै किसानको क्षमता विकास, एकीकृत घुम्ती प्रयोगशाला सेवा, उत्पादन सामग्री सहयोग, कृषि यान्त्रिकरणमा सहयोग, प्रशोधन तथा बजारिकरण पूर्वाधारमा सहयोग, साना सिँचाइ निर्माण तथा मर्मतसम्भार र बजारीकरणमा सहयोग पुर्‍याउने कार्यक्रमको लक्ष्य रहेको कृषि ज्ञान केन्द्र कञ्चनपुरका अधिकृत रणबहादुर मल्लले बताए । उनका अनुसार ३० बिघा जग्गामा तरकारीखेती हुने गरेको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending