गलकोट । बागलुङ नगरपालिका–४ कुँडुलेका टीकाराम सापकोटाले आफ्नो जीवनको ३६ वर्ष कृषि कर्ममा बितएका छन् । उनले गरेको कृषि कर्म हेरेरै धेरैले कृषि पेसामा हात मात्रै हालेका छैनन्, सफलसमेत भइसकेका छन्, त्यसैले उनलाई कृषिका गुरुसमेत भनिँदै आइएको छ ।
६५ वर्षका सापकोटाले अहिले पनि अधिकांश समय खेतबारीमै व्यतीत गर्दछन् । बिहानै उठेर तरकारी बारीमा नगएसम्म सापकोटाको मन मान्दैन । सापकोटा भने, “चिनीभन्दा मिर्सी गुलियो, तर मिर्सीभन्दा पनि कृषि गुलियो, म कृषिको गुलियोमा भुलेको छु जति कृषि गर्यो उतिनै सन्तुष्टि हुन्छ, कृषि पेसा जति गरे पनि धित नमर्ने कर्म रहेछ ।”
विसं २०४२ देखि व्यावसायिक सोचसहित कृषि कर्ममा लागेका सापकोटा अहिले कृषिबाटै लाखाँै आम्दानी गर्न सफल भएका छन् । अरुको जग्गा बन्दकी लिएर व्यावसायिक कृषि सुरु गरेका सापकोटाले अहिले आफ्नै पाँच रोपनी जग्गामा खेतिपानी गरिराखेको बताए । “कृषि गरेरै तीन वटा छोरी र चार छोरालाई पालनपोषण, पढाइदेखि विदेश पठाउनका लागि कृषिबाटै भएको आम्दानी गरेको हुँ”, उनले भने, “चार छोरालाई जापान पठाएको छु, अहिले उनीहरु पनि कमाउँछन् ।” पहिले उनीहरुलाई १२ कक्षासम्म पढाएर जापान आफैँले कृषिबाट कमाएको पैसाले पठाएको सापकोटाले बताए । आफूले कृषि गरेर जग्गा खरिद गरेको र अहिले त्यो जग्गालाई बेच्दा रु दुई करोड बढी पर्ने सापकोटाको भनाइ छ ।
सुरुमा तरकारी खेती गर्न तरकारीलाई थाक्रा राख्न बास र डोरी किन्ने पैसा नभएर सन्जिबलको थाक्रा र चामलको बोराको डोरी बनाएर कृषि सुरु गरेको विगत आफ्नो लागि स्मरणीय रहेको उनको भनाइ छ । अहिले आफूले कृषिको बारेमा गाउँमा सबैलाई सिकाउने र बिरुवा वितरणसमेत गरेको सापकोटाले बताए । बागलुङ नगरपालिकाबाट रु ५० हजार अनुदान लिएर नेट हाउस बनाएर विभिन्न तरकारीको नर्सरी गरेका सापकोटाले त्यसबाट रु ४० हजारको बिरुवा बिक्री गरिसकेको बताए । केही बिरुवा गाउँका कृषक साथीलाई नि:शुल्कसमेत बाँडेको उनको भनाइ छ । अहिले एकै सिजनमा रु ४० हजारको काक्रो, एक हजार ३०० बोटबाट रु ५० हजारको गोलभेँडा, बन्दा, काउली रु ५० हजारको बिक्री गरेको सापकोटाले बताए । एक सिजनमा आफूले रु तीनदेखि चार लाखसम्मको तरकारी उत्पादन गरेर बिक्री गर्ने गरेको सापकोटाको भनाइ रहेको छ । अहिले उनको खेतबारीमा करेला, घिरौला, बोडी, काउली, बन्दा, टमाटर, चिचिन्नो, फर्सी, काक्रो, खुसार्नी, भ्यान्टा, साग, केरालगायत तरकारी फलफूल छन् ।
बागलुङ बजारको नजिक भएकाले तरकारी बेच्न बजारको समस्या नभएको सापकोटाको भनाइ छ तर तरकारी बेच्न समस्या नभए पनि बिचौलीयाको कारणले आफूले भने जति मूल्यमा तरकारी बिक्री गर्न नपाएको सापकोटाको गुनासो छ । दिनरात नभनी कृषि गरेर उत्पादन गरेको तरकारी सस्तोमा दिनुपर्दा कृषक मारमा परिरहेको सापकोटले बताए ।
“नेपालमा कृषि गर्ने मानिसका लागि धेरै राम्रो सम्भावना र अवसर छ, नगरपालिकाले पनि कृषकलाई अनुदान समय समयमा दिएको छ”, उनले भने, “तरकारीको बजारको भाउ र कृषकले बेच्दा पर्ने मूल्यमा धेरै अन्तर पर्ने भएकाले यस विषयमा पनि सम्बन्धित निकायले ध्यान दिन जरुरी छ ।”
अब आफूलाई आवश्यक पैसा पुगे पनि कृषि कर्मको धित नमरेको उनले बताए । “छोराछोरी आफ्नो आफ्नो खुट्टामा उभिसकेका छन्, कृषिले मेरो जीवन परिवर्तन गरिदियो”, उनले भने, “अब थप समय मिलाएर अन्य कृषकलाई समेत कसरी कृषि गरेर सफल कृषक बन्न सकिन्छ भनेर सिकाउने योजना छ ।”
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: