Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

कांग्रेस बैतडीको अधिवेशन: तीन स्थानीय तहमा सर्वसम्मत, सातमा निर्वाचन

खबरडबली संवाददाता

बैतडी । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत बैतडीका पालिका अधिवेशन सम्पन्न भएको छ । 

दश वटा पालिका रहेको बैतडीमा तीन वटामा सर्वसम्मत र सात वटामा निर्वाचनबाट नयाँ कार्यसमिति निर्वाचित भएको हो । तीमध्ये कुनै पनि पालिकामा महिला र दलितको नेतृत्व नआएको जिल्ला निर्वाचन अधिकृत पुष्पराज जोशीले जानकारी दिए । उनका अनुसार कार्यसमितिको पदाधिकारीमासमेत महिला र दलितको सङ्ख्या न्यून रहेको छ ।   

सुर्नया, पञ्चेश्वर र शिवनाथ गाउँपालिकमा सर्वसम्मत नेतृत्व चयन भएको जिल्ला निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार सुर्नयामा सभापतिमा प्रतापसिंह महरा, उपसभापतिमा करवीर  सिंह ऐर र राजेन्द्र लुहार, सचिवमा सुन्दरसिंह विष्ट र उत्तमबहादुर चन्द, सहसचिवमा पदमराज भट्ट र दिनेशबहादुर बोहरा सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । 

यसैगरी पञ्चेश्वरमा सभापतिमा रामबहादुर चन्द, उपसभापतिमा जमनसिंह साउद र धीरानबहादुर चन्द, सचिव गजेन्द्रबहादुर चन्द र टङ्कप्रसाद तिवारी, सहसचिव वीरेन्द्र सिहं भण्डारी र वीरबहादुर चन्द सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । 

त्यस्तै शिवनाथमा सभापतिमा हीराचन्द, उपसभापतिमा जयसिंह साउद र लालसिंह साउद, सचिवमा केशवदत्त कलौनी, गम्भीरबहादुर चन्द, सहसचिवमा शुक्रसिंह महर, लक्ष्मणदत्त पन्त सर्वसम्मत रुपमा निर्वाचित भएको समितिले जनाएको छ । 

दशरथचन्द नगरपालिकामा भएको निर्वाचनबाट  सभापतिमा भुवनराज भट्टको पूरै प्यानल विजयी  भएको छ । यस्तै उपसभापतिमा सुरजबहादुर चन्द र हरिराम टमाटा, सचिवमा गणेशसिंह थापा र श्यामबहादुर चन्द  सहसचिवमा उत्तमराज जोशी र राजेन्द्रप्रसाद बडू निर्वाचित भएका छन् ।  

पुचौडी नगरपालिकाको सभापतिमा गणेशबहादुर गडालको पूरै प्यानल विजयी भएको छ ।  उपसभापतिमा ईश्वरदत्त भट्ट र वीरबहादुर महरा, सचिवमा राजप्रसाद जोशी र रितेशबहादुर बोहरा, सहसचिवमा  दिलबहादुर साउद र सरोज बम विजयी भएका छन् ।  

पाटन नगरपालिकाको नगर सभापतिमा मानबहादुर ऐर ९७ मत ल्याएर विजयी भएका छन् भने उपसभापतिमा रमेश महरा र कृष्णबहादुर कुँवर, सचिवमा लवदेव जोशी र जगदीशसिंह विष्ट, सहसचिवमा कैलाशचन्द र कृष्णा पन्त विजयी भएका हुन् । 

मेलौली नगरपालिकाको सभापतिमा प्रमानन्द भट्ट ४९ मत ल्याएर विजयी भएका छन् भने उपसभापतिमा भरतसिंह पुजारा र राजबहादुर चन्द, सचिवमा सुरेन्द्रप्रसाद भट्ट र अशोकसिंह विष्ट तथा सहसचिवमा महेशदत्त भट्ट र लक्ष्मण पोख्रेल निर्वाचित भएका छन् ।  

सिगास गाउँपालिकामा कर्णबहादुर ऐर ७४ मत ल्याएर सभापतिमा निर्वाचित भएका छन् भने उपसभापतिमा सुमित्रा ऐर र धनबहादुर साउद, सचिवमा टेकबहादुर चन्द र भानसिह धामी, सहसचिवमा प्रकाश जोशी र गोविन्द अवस्थी विजयी भएका छन् । 

दोगडाकेदार गाउँपालिकाको सभापतिमा नन्दराज भट्ट ५३ मतसहित विजयी हुनुभएका छन् भने उपसभापतिमा आनसिंह विष्ट र कलकुते कार्की, सचिवमा दानबहादुर विष्ट र कर्कराज जोशी, सहसचिवमा जीतेन्द्र कार्की र सुशीला विष्ट विजयी भएका छन् । 

यसैगरी डिलाशैनी गाउँपालिकाको सभापतिमा ५५ मतसहित जयानन्द जोशी(जयराज) निर्वाचित भएका छन् भने उपसभापति  रामनाथ, शङ्कर विष्ट, सचिव मदननाथ, शङ्करदत्त पन्त, सहसचिव विक्रम कार्की, दिलानाथ विजयी भएको जिल्ला निर्वाचन समितिले जनाएको छ । 

महिलाहरुले नेतृत्वमा आउनु अहिलेको आवश्यता रहेको भए पनि आउन नसकेका  महिला नेत्री भागरथी भट्टले बताए । उनले भने,  “महिलाहरुलाई नेतृत्व सम्हाल्न सक्दैनन् भन्ने अझै पनि गलत सोच रहेकाले नेतृत्वमा आउन सकेका छैनन् ।” 

उनले अलि पहिले सक्रिय भएका महिलाले माथिल्लो तहमा जान रुचाएका र नयाँ  क्रियाशील सदस्यमै बसेकाले नेतृत्वमा महिला नदेखिएका पनि हुन सक्छन् भने । 

सबै क्रियाशील दलित सदस्यले नेतृत्व हाक्छु भनेर अगाडि नआएका कारणले पनि नेतृत्वमा दलित नदेखिएका  नेपाल दलित सङ्घ बैतडीका अध्यक्ष तथा नेपाली कांग्रेसका जिल्ला सदस्य रमेश कोलीले बताए । उनले भने,, “केही जान्नेसुन्ने क्रियाशील दलित सदस्य स्थानीयस्तरमा बस्न नचाहेकाले पनि नेतृत्वमा नदेखिएको हुन सक्छ । उनीहरुलाई नेतृत्वमा ल्याउनका लागि विधानमै व्यवस्था हुनुपर्छ ।” 

कोषाध्यक्षमा पदाधिकारी बैठकले सदस्यबाट चयन गर्ने भएकाले दलित र महिला आउन सक्ने सम्भावना रहेको बताइएको छ ।  

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies