Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

अब नेपालमै छाला प्रत्यारोपण

१६ साउन, काठमाडौं । अनुहारबाहेक सबै शरीर जलेको छ, जलेको शरीर बेलाबेलामा चर्कंदा असह्य पीडामा पुग्छन् उनी। त्यही पीडाबीच पनि बाँच्न सफल आफ्नो शरीरतिर हेर्दै मुस्काउन थाल्छन्। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ उनको शरीरको छाला उनको हैन। कीर्तिपुर अस्पतालको स्किन बैंकमा पहिलोपटक स्टोर गरेर राखिएको मृत व्यक्तिको छालाले नयाँ जीवन पाएका उनी अब त बाँच्छु भन्नेमा विश्वस्त देखिन्छन्।वैशाख १२ गते गएको विनाशकारी भूकम्पले घर हल्लिँदा अगेनामाथि रहेको सल्लाको खोटो खसेपछि आगलागी भएर जलेका दैलेख चामुण्डाका टीकाराम चालिसेलाई उपचारका लागि नेपालगन्ज हुँदै लखनउ पुर्‍याइएको थियो। दुई लाख रुपैयाँ खर्च गर्दा पनि निको नभएपछि उनको परिवारले छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल ल्याइपुराए। त्यहाँबाट पनि भूकम्पपीडित उनलाई जलेको बिरामीको निःशुल्क र राम्रो उपचार हुने भन्दै कीर्तिपुर अस्पताल रेफर गरियो। त्यहाँ पुग्दा जलेको छालाले संक्रमण फैलिएर जीवनमरणको दोसाँधमा चारवटा अस्पताल धाइसकेका चालिसे भाग्यमानी साबित भए। अस्पतालका वरिष्ठ प्लास्टिक सर्जन डा। शंकरमान राई नेतृत्वको टोलीको १८ महिनाको अथक प्रयासपछि स्किन बैंकमा जम्मा गरिएको मृत व्यक्तिको छालाले उनलाई नयाँ जीवन दियो। त्यो छाला केही दिनअघि आत्महत्या गरेका एक न्यायाधीशको चाहनामा र परिवारको सहमतिमा उनको मृत शरीरबाट निकालेर स्टोर गरिएको थियो। ‘स्वर्गमा बास होस्, ती मान्छेको जसको छालाले मैले फेरि संसार देख्न पाएँ,’ यसो भन्दा उनको आँखामा हर्षका आँसु टिल्पिलाउँदै थियो। बुढ्यौलीले चाउरी परेका दुई हात जोड्दै डा. राईप्रति आफ्नो जीवन बचाएकोमा अनुग्रहित भए उनी। त्यस्तै मृत व्यक्तिकै छालालाई आफ्नो छाला बनाएर बाँच्न सफल अर्को एउटा शरीर विपरीत दिशामा रहेको शय्यामा तंग्रिँदै थियो। धादिङकी सरिता धिताललाई सायद १७ वर्षे जवानीमै यो ससार छोड्नुपर्ने हुन्थ्यो, उक्त अस्पतालको स्किन बैंकमा छाला स्टोर नगरेको भए। ‘तिम्रो जीवन अर्काको छालाले बाँच्यो, थाहा छ ?’ भन्ने प्रश्नमा पहिले अवाक् भइन् उनी, अनि थोरै घोत्लिएर भनिन्, ‘हो डाक्टरले पनि भन्नुभएको थियो।’
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending