Ntc summer Offer
Khabar Dabali २१ बैशाख २०८१ शुक्रबार | 3rd May, 2024 Fri
NIMB

पहिराले अवरुद्ध बागलुङ–कुश्मीशेरा सडक साढे ३ महिनापछि मर्मत थालियो

रासस

बलेवा । पहिराका कारण साढे तीन महिनादेखि अवरुद्ध बागलुङ–कुश्मीशेरा सडक मर्मत थालिएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेको दबल्याङमा पहिराले दुई ठाउँमा क्षति पुगेको सडक स्थानीय र नगरपालिकाको साझेदारीमा मर्मत थालिएको हो ।

गत असार १ गते खसेको पहिराका कारण अवरुद्ध भएको सडक असार १८ गते वर्षासँगै आएको पहिराले क्षतविक्षत भएको थियो । सडक मर्मतका लागि  नगरपालिकाले विपद् व्यवस्थापन कोषबाट रु १६ लाख ६० हजार र त्यसको २० प्रतिशत हुन आउने रकम स्थानीय उपभोक्ताले व्यहोर्ने गरी सडक मर्मतको काम थालिएको उपभोक्ता समितिका अध्यक्ष यादव शर्माले बताए ।

रु २० लाख ९३ हजार लागत स्टिमेट गरेर मर्मत थालिएको सडक दशैँअगावै सञ्चालनमा ल्याइने शर्माले जानकारी दिए । “तीन चरणका कामको स्टिमेट भएको छ, तारजाली लगाउने, पानी तर्काउने र ट्रयाक खोल्ने काम हुनेछन्”, नगरपालिकाका इञ्जीनियर मनोज शर्माले भने, “पहिरो गहिरो गरी खसेकाले सडकको नमूना निकाल्नै कठिन छ ।” पहिरो खसेको क्षेत्रमा पानीको मुहान भएकाले पानीको व्यवस्थापन नगरी सडक सञ्चालन गर्न कठिन हुने स्थानीयवासी वीरबहादुर थापाले बताए ।

“पहिल्यै पानीको निकास खोजेको भए अहिले यो समस्या आउने नै थिएन, सडक पक्की बनाउँदा लामो समय पानी जमिनमुनि जाने गरी छाडिदिए”, थापाले भने, “एकातर्फ पहिराको त्रासमा हामीले बाँच्नुपरेको छ, अर्कोतर्फ केटाकेटी विद्यालय पठाउनसमेत बाटो छैन ।” पहिराका कारण सडक अवरुद्ध हुँदा बागलुङको दक्षिण क्षेत्रमा सहज सडक सम्पर्क छैन । वैकल्पिकरूपमा सञ्चालनमा आएको कालीगण्डकी करिडोरको मालढुङ्गा–बलेवा खण्डमा समेत सोही पहिरो र अन्य पहिराले बेलाबेलामा अवरुद्ध हुने गरेको छ ।
 
नगरपालिकाको बलेवा क्षेत्रका चार वडाका उपभोक्ताको सहभागितामा समिति गठन गरेर काम थालिएको हो । उपभोक्ता समितिले स्थानीय निर्माण कम्पनीसँगको सहकार्यमा सडक खुलाउने प्रयास थालेको हो । ‘‘मलाई गाउँ बसिनसक्नुभयो, अस्थायीरूपमा भए पनि सडक खुलाउन पहल थालेका छौँ”, बागलुङ–१२ का अध्यक्ष गुरुदत्त पाठकले भने, “यो बाटो दीर्घकालीन बनाउन हाम्रो बलबुताले भ्याउँदैन, तालुक निकायको ध्यान गएन ।” हिउँदयाममा मात्रै चल्ने गरी भए पनि सडक सञ्चालन गर्न मर्मत थालिएको पाठकले बताए । दव्ल्याङबाट वडा नं १२ को टाकुरीसम्म १४ किलोमिटर कालोपत्र रहेको उक्त सडक एउटै पहिराले साढे तीन महिनादेखि प्रयोगविहीन थियो ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies