Ntc summer Offer
Khabar Dabali २४ पुष २०८१ बुधबार | 8th January, 2025 Wed
Investment bank

मेयरज्यू ! बाटो कहिले बन्छ ?

रासस

बागलुङ ।  गएगुज्रेको सडकमा आउजाउ गर्दा हैरानी खेपेका स्थानीयवासीले गत मङ्गलबार गलकोट नगरपालिका–६ मा सडक अवरुद्ध पारे । यातायात नै रोक्नु जायज नभए पनि अति भएपछि विरोधमा उत्रनुपरेको उनीहरुको तर्क थियो ।

नगरप्रमुख भरत शर्मा गैरेको कार्यालय आउने समय पारेर बिहान ९ बजेदेखि नै सडकमा अवरोध खडा गरिएको थियो । सडक सुधारका लागि नगरप्रमुखसहित सरोकार भएकाको ध्यान खिच्न स्थानीयवासीले सडक बन्दको सहारा लिएका थिए । 

नगरप्रमुख गैरे अबेरसम्म नआएपछि वडा नं ६ का वडाध्यक्ष नरबहादुर खत्री र ३ का वीरजङ्ग भण्डारीलगायतसँग स्थानीयवासीले आक्रोश पोखे  । जनताको मतबाट चुनिएका नगरप्रमुखले स्थानीयवासीको समस्यालाई अनदेखा गर्न नमिल्ने आवाज उठ्यो । स्थानीय नौबीसे टोलका महिलाले सडक स्तरवृद्धि नहुँदा वर्षात्मा हिलो र हिउँदमा धुलो सहनुपर्दाको पीडा सुनाए । विरोधको नेतृत्व गरिरहेका युवाहरु र जनप्रतिनिधिबीच केहीबेर सवालजवाफ नै चल्यो । यातायात सञ्चालनमा अवरोध सिर्जना भएपछि प्रहरी पनि त्यहाँ आइपुग्यो । 

प्रहरीले सडक बन्द गर्नु कानुनविपरीत हुने जनाउँदै अवरोध खोल्न कोसिस गर्‍यो । युवाहरुले मानेनन् । नगरप्रमुख आएर सडक बनाउने प्रतिबद्धता नगरुञ्जेलसम्म विरोध जारी राख्ने अड्डी कसे । अन्तत: नगरप्रमुख गैरेले स्थानीयवासीको विरोधलाई छल्न सकेनन् । उनी आएपछि जनप्रतिनिधि, ठेकेदार र स्थानीयवासीबीच छलफल भएपछि वातावरण केही सङ्लियो । उक्त सडक यथाशीघ्र ममर्त, सुधार र दशैँपछि स्तरोन्नति नै गर्ने प्रतिबद्धता आएपछि स्थानीयवासी सडकको अवरोध हटाउन तयार भए ।

अपरान्ह ४ बजेतिर बल्ल सडकको अवरोध हट्यो । यसअघि ‘मेयरज्यू बाटो कहिले बन्छ ?’ भन्ने नारासहितका पोस्टर प्रदर्शन गर्दै स्थानीयवासी विरोधमा निस्केका थिए । सडकमा गरालो तेर्साएर उनीहरुले यातायात सञ्चालनमा रोक लगाएका थिए । विरोध कार्यक्रमको अगुवाइ गर्ने युवामध्येका बेन सुनारले नगरपालिका, स्थानीय प्रशासन र सडक निर्माण कम्पनीको ध्यानाकर्षण गराउने आफूहरुको उद्देश्य रहेको बताए ।

“सुरुमा हामी युवाहरु निस्कियौँ, पछि स्वत:स्फूर्तरूपमा स्थानीयवासी जुट्नुभयो”, उनले भने, “वर्षौँसम्म पनि सडकको बेहाल भएपछि विरोध गर्नुपरेको हो, त्यो हाम्रो बाध्यता थियो ।” नगरपालिकाको केन्द्र जोड्ने सडक नै स्तरहीन हुनु दु:खद् रहेको स्थानीयवासीको गुनासो छ । उक्त सडक भएर यातायातका साधन मात्र होइन, विद्यार्थीदेखि बटुवासम्मले जोखिम मोलेर पैदल हिँड्नुपर्ने स्थिति छ ।

वडा नं ३ को हटिया बजार कटेपछि नगरपालिकाको केन्द्र पुग्ने उक्त सडकको सामान्य मर्मतसमेत नहुँदा सर्वसाधारणमा आक्रोश बढेको हो । वर्षायाममा त सडक हिलाम्मे भइ क्षतविक्षत नै हुने गरेको छ । सो सडक हटियादेखि, हरिचौर–ताराखोला हुँदै म्याग्दीको रुम जोड्ने सडक अन्तर्गत पर्छ । 

स्थानीयवासीको विरोध र दबाबपछि सडक निर्माणको जिम्मा लिएको एपेक्स खड्का कृष्ण जेभी काठमाडौँका प्रतिनिधि, नगरप्रमुख र उपभोक्ताबीच छलफल गरेर समाधान निकालिएको वडाध्यक्ष खत्रीले बताए । 

उनका  अनुसार तत्काललाई गिट्टीरोडा बिछ्याउने, खाल्डाखुल्डी पुर्ने काम भएको छ । “दशैँपछि ठेकेदार कम्पनीले सडक स्तरवृद्धि गर्ने प्रतिबद्धता जनाइसकेको छ, अहिलेलाई स्थानीय युवाहरुकै पहलमा सडकको सामान्य मर्मत सुधार भएको छ, त्यो बापतको भुक्तानी नगरपालिकाले व्यहोर्छ ।”

वडाध्यक्ष खत्रीले सडक बिग्रेर सास्ती दिन थालेपछि दशैँअगावै मर्मतका लागि नगरपालिकाले योजना बनाएको बताए । उनले भने, “स्थानीयवासीले पनि झक्झक्याउनुभयो, यसलाई अन्यथा लिएका छैनौँ, बरु, सडक बन्द नगरी अन्य विकल्प अपनाएर विरोध जनाएको भए हुन्थ्यो भन्ने हाम्रो सुझाव रह्यो ।”

ठेकेदार कम्पनीले विसं २०७८ कात्तिकभित्रमा काम सक्ने गरी रु २४ करोड ७८ लाख ८४ हजारमा सो सडक बनाउने जिम्मा पाएको थियो । निर्माण कम्पनीले सडक स्तरोन्नतिको कामलाई गति नदिए पुन: विरोधमा उत्रने स्थानीयवासीले बताएका छन् ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy