दमौली । तनहुँको व्यास नगरपालिका–५ चुँदेर निवासी अनिता थापा बिहान ४ बजे उठेर पँधेरो जान्थ्यीन् । पानीको जोहो गर्न सबेरै जानुपर्ने उनको दैनिकी नै बनिसकेको थियो । एक घण्टा पैदल हिँडेर डोकोमा पानी बोक्न थालेको वर्षौं भैसकेको थियो ।
सोही ठाउँ निवासी सीतामाया थापा पनि पानीको जोहो गर्न पँधेरोमै पुग्थीन । बिहानै नपुगे खानेपानी पनि पाईदैन थियो । “बिहान उठेपछिको पहिलो काम भनेकै पानीको जोहो गर्नु हो”, उनले भनिन्, “एक घण्टासम्म डोकोमा बोकेर पानी ल्याउनुपथ्र्यो ।”
दुवै जनालाई अब पानीको जोहो गर्न डोको बोकेर पँधेरासम्म पुग्न परेन । रोटरी क्लब अफ दमौलीले दाताको सहयोगमा गाउँमै खानेपानी आयोजना निर्माण गरिदिएपछि स्थानीयवासीका पानीको दु:ख हटेको छ । सदरमुकाम दमौलीबाट करिब १२ किमि दूरीमा छ चुँदेर गाउँ । सदरमुकाम नजिकै भए पनि यहाँ वर्षौसम्म खानेपानीको चरम अभाव रह्यो । “खानेपानीको अभावले कति दु:ख भयो भन्ने कुरा शब्दमा बयान गर्न सकिँदैन”, सीतामायाले भनिन्, “आज घरमै धारा आउँदा खुसीको सीमा नै छैन । पानी नभएपछि यहाँका थुप्रै बासिन्दा तल बेँसी झरे, हाम्रो त जाने ठाउँ पनि कतै छैन, दु:खसुख अहिलेसम्म यही बस्यौँ।”
पचास वर्ष पहिला १५० घरधुरी रहेकामा खानेपानीको दु:खकै कारण अधिकांश गाउँले बेँसी झरेको स्थानीयवासी अमर थापाले जानकारी दिए । खानेपानी योजना माग्दै विभिन्न तहका सरकारको ढोका गुहारेपनि सुनुवाइ नभएपछि रोटरी क्लबले खानेपानी बनाइदिने भन्ने खबरले स्थानीयवासी खुसी भए । “खानेपानी योजना सम्पन्न भएर घरदैलोमा नै पानी आएको देख्दा खुसीले गद्गद् छौँ, वर्षांैदेखिको पानीको दु:खले स्थानीयवासीले भोग्नुपरेको दु:ख अब हट्यो”, सीतामायाले भने ।
अमेरिकास्थित रोटरी क्लब अफ होनोलुलु सनसेट र व्यास नगरपालिकाको संयुक्त लगानीमा खानेपानी योजना निर्माण गरिएको हो । वर्षौंदेखि खोल्सा र पँधेराको पानी उपयोग गर्दै आएका यहाँका वासिन्दाका घरघरमा खानेपानी पुर्याउने उद्देश्यसहित विसं २०७७ पुस २१ गते खानेपानी आयोजना निर्माण सुरु भएको थियो । रु एक करोड १६ लाख ४० हजारको लगानीमा खानेपानी योजना निर्माण गरिएको दमौली रोटरीका पूर्व अध्यक्ष दामोदर भण्डारीले जानकारी दिए । यसबाट ६८ घरधुरी लाभान्वित भएका छन् ।
खानेपानीका लागि अमेरिकास्थित रोटरीले रु ८४ लाख ८१ हजार ६६७, दमौली रोटरीले रु तीन लाख ४२ हजार सहयोग गरेकामा नपुग रकम नगरपालिकाले बेहोरेको दमौली रोटरीका अध्यक्ष दिनेशकुमार श्रेष्ठले जानकारी दिए ।
दुई सय ५४ मिटरको दूरीमा रहेको मुहानबाट पानी ल्याई ट्याङ्कीमार्फत घरघरमा पानी वितरण गरिएको छ । एक घण्टामा दश हजार लिटर पानी तानिनेछ । उक्त ठाउँमा दैनिक एक लाख आठ हजार ६२९ लिटर पानी आवश्यक पर्ने अध्ययनबाट देखिएको छ । यो योजनामा ३० मिटरको ट्रान्समिसन लाइन र ५८० मिटर वितरण लाइन निर्माण गरिएको छ ।
खानेपानी योजना शुभारम्भ गर्दै रोटरी क्लब अफ नेपाल– भुटान ३२९२ का पूर्व गर्भनर राजीव पोखरेलले नेपालको शिक्षा, स्वास्थ्य र खानेपानीका क्षेत्रमा रोटरीले सहयोग गर्दै आएको बताए । यो योजना दिगो बनाउने काम स्थानीयवासीको भएको उनको भनाइ थियो ।
नगर प्रमुख वैकुण्ठ न्यौपानेले खानेपानीको चरम अभाव भएको गाउँमा रोटरीले खानेपानी योजना निर्माण गरिदिएर सकारात्मक काम गरेको बताए । “रोटरीले नगरेको भए यो काम नगरपालिकाले गर्नुपथ्र्यो, नगरपालिकाको अभियानमा रोटरीले साथ दियो”, उनले भने । वडाध्यक्ष मोहनकुमार श्रेष्ठले खानेपानीको अभावमा गाउँ छाडेर गएकालाई अब गाउँ फिर्ता ल्याउन पहल गर्नुपर्नेमा जोड दिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: