काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औँ महाधिवेशनबाट कांग्रेसलाई नयाँ ढङ्गबाट अगाडि बढाउनुपर्ने बताएका छन् ।
नेपाली कांग्रेस नागार्जुन नगर कार्यसमितिका नवनिर्वाचित पदाधिकारीको आज ‘बधाई तथा सम्मान’ कार्यक्रममा बोल्दै उनले नयाँ युगमा पार्टीलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्ने बताएका हुन् । “स्थानीय तहदेखि नै कार्यक्रम बनाएर पार्टीलाई संस्थागत ढङ्गले अगाडि बढाउनुपर्छ”, उनले भने ।
पार्टीका पूर्वमहामन्त्री सिंहले पार्टीको १४औँ महाधिवेशनपछि आर्थिक रुपमा जनतालाई बलियो बनाउने गरी कांग्रेसले कार्यक्रम अगाडि सार्नुपर्ने उल्लेख गर्दै आफू विद्यार्थी कालदेखि नै राजनीतिमा लागेकाले एकपटक कांग्रेस नेतृत्व गर्ने अवसर पाउनुपर्ने बताए । प्रजातन्त्र जोगाउन र पार्टीलाई संस्थागत गर्नका लागि आफू सभापतिमा लड्न लागेको उनको भनाइ छ ।
“बुबा गणेशमानले राजनीतिमा त्याग गरे भनेर छोराले त्याग गर्नुपर्छ भन्ने छैन”, नेता सिंहले भने । उनले राजनीतिलाई सेवाको रुपमा लिनसमेत सबैलाई आग्रह गर्दै अब कांग्रेसमा नेतृत्व गर्ने पालो काठमाडौँको भएको बताए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २७ गते, २०७९ - १९:००
तेहरान । इरानका एक कूटनीतिज्ञले सन् २०१५ को आणविक सम्झौतालाई पुनः जीवित गर्ने युरोपेली संघ (ईयू) को प्रस्ताव इरानको माग पूरा भएमा मात्र स्वीकार्य हुने...
श्रावण २७ गते, २०७९ - १८:४६
वीरेन्द्रनगर । मध्यपश्चिम विश्वविद्यालयका कागजपत्रहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले नियन्त्रणमा लिएको छ । विश्वविद्यालयविरुद्ध...
श्रावण २७ गते, २०७९ - १८:३४
कर्णाली । कर्णाली प्रदेश सरकारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री वीरबहादुर शाहीको शपथ रोकिएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले बिहीब...
श्रावण २७ गते, २०७९ - १८:१९
खलङ्गा । खस भाषाको जन्मथलो जुम्लाको सिञ्जा उपत्यकालाई मानिन्छ । भाषा क्षेत्रमा काम गर्नेका लागि भनेर नेपाल सरकारले एक राष्ट्रिय भाषा आयोग पनि स्थापना ...
श्रावण २७ गते, २०७९ - १८:०८
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समग्र देशको विकासको निम्ति सबैभन्दा पहिला सबै क्षेत्रको भाषाभाषी, जातजाति र समुद...
श्रावण २७ गते, २०७९ - १६:४७
काबुल । अफगानिस्तानको शासन व्यवस्था तालिबानले सम्हालेको एक वर्ष भयो । एक वर्षदेखि देशका अधिकांश किशोर–किशोरीले कक्षाकोठामा पाइला राख्न पाएका छैनन् । ...
श्रावण २७ गते, २०७९ - १६:३४
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले बुधबार र बिहीबार नुवाकोट क्षेत्र नं १ का बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण भ्रमण गरेका छन...
श्रावण २७ गते, २०७९ - १६:०९
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७१२ जनाको परीक्षण...
श्रावण २७ गते, २०७९ - १५:५९
क्वालालम्पुर । अफगानिस्तानको काबुलमा बिहीबार भएको एक विस्फोटमा तालिबान धर्मगुरु शेख रहिमुल्लाह हक्कानीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन...
श्रावण २७ गते, २०७९ - १५:४१
विकृतिका विरुद्ध हास्यव्यङ्ग्यका रुपमा गाईजात्रा
प्रतिकृया लेख्नुहोस्: