काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको पहिलो दिनमा नै नेप्से १८.५३ अङ्कले ओरालो लागेर दुई हजार ६६२.५८ मा ओर्लिएको हो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ४.९६ अङ्कले ओरालो लागेर ४९९.७८ मा ओर्लिएको हो ।
नेप्सेका ओरालो यात्रासँगै कारोबार रकमसमेत खुम्चिएको छ । कूल २२० कम्पनीको ७२ लाख ५१ हजार ७४४ कित्ता शेयर रु चार अर्ब ४९ करोड ८० लाख ४३ हजार ५८१ मूल्यमा खरिद बिक्री भए । आइतबारको कारोबारपछि बजार पूँजीकरण रु ३७ खर्ब २७ अर्ब ५५ करोड २५ लाख ५० हजारको हाराहारीमा रहेको छ ।
कारोबार भएका १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ भने १० उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । वित्त ६.७६, जीवन बीमा ७३.८६ र सामूहिक लगानी कोष ०.११ अङ्कले घटेको छ । बैंकिङ ६.३३, व्यापार १४.३७, होटल तथा पर्यटन ५८.४, विकास बैंक ५८.०२, जलविद्यसत् ३३.०५, निर्जीवन बीमा ५३.३१, उत्पादन २०५.९५, अन्य २७.६५, लघुवित्त ४५.९२ र लगानी ०.६१ अङ्कले घटेको छ ।
कारोबारका आधारमा महिला लघुवित्त शीर्ष स्थानमा रहेको छ । सो संस्थाको रु १८ करोड ९३ लाख ४९ हजार ४१५ बराबरको कारोबार भयो । जीवन विकास लघुवित्त रु १८ करोड ३८ लाख ८३ हजार ९०५, नेपाल बङ्गलादेश बैंक रु १५ करोड २७ लाख ३५ हजार ९२६, हिमालयन डिस्टिलरी रु १३ करोड २५ लाख ३९ हजार ३३२ र नबिल बैंक रु ११ करोड ४७ लाख ५५ हजार ८७२ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
नेप्सेका अनुसार मैलुङखोला जलविद्युत् कम्पनी ९.९८, जीवन विकास लघुवित्र ९.५०, महिला लघुवित्त ९.३७, सर्पोट माइक्रोफाइनान्स ७.८०, महालक्ष्मी विकास बैंकका लगानीकर्ताले ७.७३ प्रतिशतले कमाए । शिवम् सिमेन्ट ६.४६, माउण्टेन हाइड्रो ६.४४, रिडी हाइड्रोपावर ६.४२, आशा लघुवित्त ५.७५ र सिटिजन बैंकका लगानीकर्ताले ५.३८ प्रतिशतले गुमाए । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: