काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई खोप उपलब्ध गराउने सरकारी लक्ष्य पूरा गर्ने काममा कुनै कसर बाँकी नराख्न सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।
आज यहाँ बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रको पहिलो बैठकमा प्रधानमन्त्री देउवाले दाताको सहयोगमार्फत वा आफैँ खरिद गरेर भए पनि समयमै सबै नागरिकलाई नि:शुल्क खोप उपलब्ध गराउन सम्बद्ध सबै निकायलाई निर्देशन दिएका छन् ।
उक्त बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको प्रस्तुतिकरणअनुसार अहिलेसम्म कूल जनसङ्ख्याको ३४ प्रतिशतले पहिलो र २२ प्रतिशतले दुवै मात्रा खोप लगाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेश्वर न्यौपानेले जानकारी दिए ।
असोज मसन्तसम्म एकतिहाइ जनसङ्ख्यालाई खोप लगाउने सरकारी लक्ष्यअनुसार पहिलो मात्राका हिसाबले पूरा भएको छ । सरकारले यसै वर्षको चैत मसान्तसम्ममा सबै नागरिकलाई खोप लगाइसक्ने लक्ष्य लिएको छ ।
विगतमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि जारी भएको अध्यादेश निष्क्रिय भइसकेपछि नेपाल सरकारले त्यसको व्यवस्थापनका लागि असोजमा आदेश जारी गरी सिसिएमसीलाई कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रमा रुपान्तरण गरेको थियो ।
बैठकमा उक्त केन्द्रबाट अहिलेसम्मको प्रगति विवरणको विषयमा र स्वास्थ्य मन्त्रालयबाट हालको कोभिड–१९ सङ्क्रमणको राष्ट्रिय र अन्तर्राष्ट्रिय अवस्था तथा खोपका बारेमा प्रस्तुतिकरण भएको थियो । बैठकले उक्त समन्वय केन्द्रको जनशक्ति व्यवस्था र सङ्गठन संरचना स्वीकृत गर्ने निर्णय पनि गरेको सचिव न्यौपानेले जनकारी दिए ।
सरकारले अवकाशप्राप्त रथी बालानन्द शर्माको नेतृत्वमा उक्त केन्द्र बनाएको थियो । बैठकले केन्द्रबाट हालसम्म भएको कामका लागि धन्यवाद दिएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ६ गते, २०७९ - २०:५८
काठमाडौं। काठमाडौं महानगरपालिकाले न्यायिक समिति राष्ट्रिय सम्मेलन गर्ने भएको छ। काठमाडौं महानगरको नेतृत्व र उपत्यकाका सबै पालिकाको साझा आयोजनामा प...
चैत्र ६ गते, २०७९ - २०:४८
काठमाडौं। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पत्रकारको हित हुने गरी नै प्रदेश सरकारले आमसञ्चार विधेयक अघि बढाउने बताएका छन्। अनलाइन पत्रक...
चैत्र ६ गते, २०७९ - २०:१३
काठमाडौं। आगालागीमा परेर घाइते भएका सांसद चन्द्रकान्त भण्डारीलाई अर्थमन्त्रालयले ५५ लाख ८८ हजार १ सय ६४ रुपैया सहायता दिएको छ। गत महिना खाना पकाउने...
चैत्र ६ गते, २०७९ - १९:४२
काठमाडौं। सभामुख देवराज घिमिरेले पत्रकारबारे आफ्नो विवादित अभिव्यक्ति सच्याएका छन् । पत्रकार महासंघका पदाधिकारीसँगको छलफल सोमबार सभामुख घिमिरेले आफ्नो...
चैत्र ६ गते, २०७९ - १९:३६
काठमाडौं। जंगली हात्तीको आक्रमणबाट रौतहटमा एक महिलाको मृत्यु भएको छ । चन्द्रपुर नगरपालिका वडा नम्बर ४ घर भएकी ४५ वर्षीया मिना बलम्पाकी मगरको मृत्यु भए...
चैत्र ६ गते, २०७९ - १९:२९
काठमाडौं। सीएमजे स्पिरिट अफ क्रिकेट अवार्ड–२०२२ नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले जितेका छन्। मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले प्रदान ...
चैत्र ६ गते, २०७९ - १९:१६
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नो भारत भम्रण चाँडै हुने बताएका छन् । सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिएपछि सञ्...
चैत्र ६ गते, २०७९ - १९:११
बर्दिया। बर्दियामा बाघको आक्रमणबाट दुई जनाको मृत्यु भएको छ । मधुवन नगरपालिका ५ मा बाघको आक्रमणबाट दुई जनाको मृत्यु भएको हो। मधुवन नगरपालिका ५ का ...
चैत्र ६ गते, २०७९ - १९:०४
काठमाडौँ। काठमाडौं । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिताको चरम उल्लङ्घन गर्ने ३५ वटा युट्युब च्यानललाई विशेष अनुगमनमा राखिएको जनाएको छ । काउ...
चैत्र ६ गते, २०७९ - १८:४२
काठमाडौँ। साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालले पहिलो खेलमा भारतसँग ४–१ को फराकिलो हार व्यहोरेको छ । बंगलादेशको ढाकामा जारी प्रतियोगिताको पहिलो ...
प्रतिकृया लेख्नुहोस्: