नुवाकोट । “हामीले तरकारी खेती त गर्दै आएका थियौँ तर किराले बाली भुसुक्कै पाथ्र्यो । किरा थाम्ने उपाय बल्ल थाहा पाइयो”, प्राङ्गारिक खेती र खानायोग्य उत्पादनबारे दुईदिने तालिम लिएपछि बेलकोटगढी नगरपालिका–११ का जयनारायण मुडभरीले भने, “अब पहिलाभन्दा बढी उत्पादन गर्न सकिन्छ भन्ने आँट आएको छ ।”
मुलुकका ६० भन्दा बढी जिल्लाका चार सय बढी कृषि फार्ममा लामो समयदेखि तरकारी खेतीमा परामर्श दिँदै आएका भक्तपुरका शिव यन्द्योले स्थानीय किसानलाई सैद्धान्तिक र व्यवहारिक ज्ञान तथा अनुभव बाँडेपछि किसान उत्साहित छन् । ती गाउँस्थित कँडेल कृषि फार्मका सञ्चालक गोपी कँडेल र दाङ्मैस्थित सिड्स पर्माकल्चरका सञ्चालक किशोरी लोहनीको पहल तथा नगरपालिकाको सहयोगमा पालिकाको वडा नं ११ मा आयोजित तालिममा उन्नत मलखादको उत्पादन र प्रयोग, आधुनिक नर्सरीको निर्माण, विषादीरहित तरकारी उत्पादन, व्यावसायिक उत्पादन र बजारबारे प्रस्तुतिकरण गरिएको थियो ।
‘व्यावसायिक गोलभेँडा खेती’ पुस्तक लेखेका र आफ्नै सहकारीमार्फत वार्षिक करोडौँ रुपैयाँको तरकारी उत्पादन र व्यापार गराएको अनुभव भएका ‘सेफ फुड’का अभियानकर्मी यन्द्योलाई किसानले समय कम भएका कारण कुरिलो, च्याउलगायत खेतीबारे आफ्ना सबै जिज्ञाषा भने मेटाउन पाएनन् । सरकारी निकाय कृषि ज्ञान केन्द्रबाट खासै तालिम र सहयोग नपाएको गुनासो गर्ने स्थानीय किसानले यस्ता विज्ञलाई भेट्दा धेरै खुल्दुली हुनु स्वभाविक हो । विज्ञ यन्द्योले टेलिफोन र अनलाइन माध्यमबाट पनि किसानलाई परामर्श दिँदै आएका छन् । विषादीरिहत उत्पादन गर्ने किसानले उनीहरुकै मूल्यमा बजारमा उत्पादन दिन सक्ने स्थिति छ ।
नगरपालिकाका कृषि प्राविधिक तथा तालिमका सहभागी सम्झना कँडेलले यन्द्योको तालिम प्रभावकारी भएकाले यसलाई आफूहरुले थप विस्तार गर्ने बताए । नगरपालिकाका प्रमुख राजेन्द्ररमण खनालले यस्ता तालिममा पालिकाको तर्फबाट पनि सहयोग हुने उल्लेख गर्दै रासायनिक मलले केही वर्षपछि जमिन नै मरुभूमिमा परिणत हुने खतरा आएका बेला प्राङ्गारिक अभियान सञ्चालन गर्नुपर्ने बताए ।
तालिममा तरकारी खेतीका नर्सरीदेखि नै रासायनिक मल र माटोको प्रयोग नगरी बीउ उत्पादन गर्न सिकाइएको थियो । प्लाष्टिक ट्रेमा कम्याट (व्याक्टेरियम), पोटासियम, गड्यौले मल र कोकोपिट मात्राअनुसार मिसाएर त्यसका बीउ राखेमा बीउमा कुनै रोग नलाग्ने हुन्छ । बेर्ना रोपेपछि झोल मल प्रयोग गरेर त्यसलाई हुर्काउन सकिन्छ ।
तरकारीमा फेद कुहिने, अगौटा डढुवा, पछौटे डढुवा, सेतो ढुसी, साउथन ब्लाइट, लिफ मोल्डलगायत रोग लाग्ने भएकाले त्यसको कसरी उपचार गर्ने भन्ने विधि पनि किसानले थाहा पाएका छन् । पासाङल्हामु मार्गको सडक निर्माण नभइसकेकाले यहाँका किसानको उत्पादनलाई सहजरूपमा काठमाडौँ लान नसकिने गुनासो छ । महत्वपूर्ण व्यावसायिक व्यक्ति (सिआइपी) सम्मान प्राप्त व्यवसायी कँडेलले किसानलाई ज्ञान र सीपमा पोख्त बनाएर उनीहरुको मेहेनतअनुसारको प्रतिफल आओस् र स्वरोजगारबाटै धनी होऊन् भन्ने आफूहरुको भावना रहेको बताए । त्यसका लागि आफूले व्यक्तिगत सहयोगको क्रमलाई निरन्तरता दिने उनको भनाइ छ । प्राङ्गारिक कृषि विज्ञसमेत रहेका किशोर लोहनीले धेरै समयको प्रयासपछि यन्द्योजस्ता विज्ञलाई गाउँमा ल्याउन सकिएको र अब स्थानीय किसानले गरिखान सक्ने विश्वास बढेको बताए । सरकारले कृषिका लागि अनुदान पनि दिन थालेकाले गाउँ–गाउँमा व्यावसायिक खेतीको क्रम भने बढ्दो छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: