Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

प्रधानमन्त्री देउवा भन्छन्– जनता नै देशका मालिक हुन्

खबरडबली संवाददाता

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा जनताभन्दा ठूलो शक्ति अरू कोही नभएको उल्लेख गर्दै जनता नै देशको मालिक भएको बताएका छन् । 

कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको १०७औँ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले निष्पक्ष निर्वाचनका लागि निर्वाचन आयोग रहेको बताए । उनले भने, “निर्वाचन आयोगले कसैको कुरा मान्दैन, आफ्नो नीतिअनुसार काम गर्छ । निर्वाचनमा भएको हारजितलाई सबैलाई स्वीकार गर्नुपर्छ । प्रजातन्त्रमा आवधिक निर्वाचन अनिवार्य हुन्छ । प्रजातन्त्र भनेको जनताप्रति उत्तरदायी सरकार हो । सरकार जनताप्रति उत्तरदायी भएन भने अर्को सरकार आउँछ ।”

फरक प्रसङ्गमा प्रधानमन्त्री देउवाले नेपालको संविधानले सामान्य अवस्थामा संसद् भङ्ग गर्ने व्यवस्था नगरेको उल्लेख गर्दै यो प्रावधान मुलुकमा राजनीतिक स्थायित्वका लागि राखिएको धारणा व्यक्त गरे । “अर्को कुरा संविधानको अन्तिम व्याख्या गर्ने ठाउँ भनेको सर्वोच्च अदालत हो, अरूलाई यो अधिकार छैन । सर्वोच्चको व्याख्या सबैले मान्नैपर्छ”, उनले भने ।

नेपालको संविधान विश्वमै समावेशी भएको र यसले सबै वर्ग र समुदायको समावेशिताको व्यवस्था सुनिश्चित गरेको उनले बताए । संविधानमा कुनै समस्या आए प्रजातान्त्रिक विधिबाट समाधान गर्न सकिने उनको धारणा थियो । प्रधानमन्त्री देउवाले संविधानको सफल कार्यान्वयन गरेर प्रजातन्त्रलाई दिगो र समृद्ध बनाउन सके मात्र नेता गणेशमान सिंहप्रति सच्चा सम्मान हुने उल्लेख गरे  ।

विसं १९९७ सालदेखि नै राणा शासनविरुद्ध आन्दोलन थाल्नुभएको बताउँदै उनले प्रजातन्त्रका लागि ठूलो सङ्घर्ष गरी लामो जेल र निर्वासन जीवन बिताएका नेता सिंहले प्रजातन्त्र प्राप्तिपछि पदको कुनै लोभ नगरेको उल्लेख गरे । प्रधानमन्त्री देउवाले मुलुकमा प्रजातन्त्र मास्नलाई तत्कालीन राजाले आफूलाई थुनेको र जनता सडकमा ओर्लिएपछि गणतन्त्र आएकोसमेत स्मरण गरे ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले हालै सम्पन्न आफ्नो जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको भ्रमणका दौरान विश्वमा नै पेट्रोलियम पदार्थको विस्थापनसम्बन्धी बहसबारे अवगत गराए । उनले भने, “नेपाललाई पेट्रोलियम पदार्थको विस्थापन गर्न सहज छ, मुलुकमा जलविद्युत्को अपार सम्भावना छ । चुलो, गाडी, सवारीलगायतका साधन विद्युतीय बनाउन सक्छौँ ।” साथै उनले पछिल्लो समय नेपाल जलवायु परिवर्तनको चपेटामा परेको उल्लेख गर्दै यसबाट बचाउन सबै लाग्नुपर्नेमा जोड दिए  ।

कार्यक्रममा कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले प्रतिगमनविरुद्धको आन्दोलनमा तत्कालीन अवस्थामा प्राध्यापकलगायत नागरिक समाजले खेलेको भूमिकाको उच्च प्रशंसा गरे । उनले अझै पनि राजनीतिक क्षेत्रमा गर्नुपर्ने धेरै काम बाँकी रहेको उल्लेख गर्दै राजनीतिक व्यवस्थाको स्थायित्वका लागि सबैको खबरदारीको आवश्यकता औँल्याए । 

फरक प्रसङ्गमा नेता सिटौलाले कांग्रेस महाधिवेशन समयमै गर्नुपर्ने र अहिलेको कार्यतालिका एक दिन पनि परिवर्तन गर्ने ठाउँ नरहेको उल्लेख गर्दै यसलाई सफल बनाउन सबै लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा गणेशमान सिंह तथा जनआन्दोलन शहीद स्मृति शान्ति प्रतिष्ठानका अध्यक्ष एवं सङ्घीय सांसद भीमसेनदास प्रधानले हाल भइरहेको सर्वोच्च अदालतको विवादको उचित समाधान निकाल्न सरकारसँग आग्रह गरे । कांग्रेसका पूर्वजिल्ला सभापति तीर्थराम डङ्गोल र प्रा धर्मकान्त बास्तोलाले प्रजातन्त्र स्थापना र पुनस्र्थापनमा गणेशमान सिंहको योगदान इतिहासले बिर्सन नसक्ने बताएका थिए । कार्यक्रममा प्रधानमन्त्री देउवाले २०६२/६३ को जनआन्दोलन सफल पार्न आम प्राध्यापकको नेतृत्वदायी भूमिका निर्वाह गर्ने नेपाल प्राध्यापक सङ्घका तत्कालीन अध्यक्ष प्रा खगेन्द्रप्रसाद भट्टराईलाई स्वर्ण पदकबाट विभूषित गरेका थिए । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies