Ntc summer Offer
Khabar Dabali ७ आश्विन २०८१ सोमबार | 23rd September, 2024 Mon
NIMB

छठ पर्वले तराई र पहाडलाई जोड्दै

रासस

चितवन ।  तराईमूलका बासिन्दाको पर्वको रुपमा रहेको छठले पछिल्लो समय तराई र पहाडलाई जोडने काम गरेको छ । छठ पूजामा पहाडीमूलका समुदायको सहभागिता बढ्दै गएपछि यसले सेतुको काम गरेको हो ।

 
जिल्लाको छठपूजा हुने मुख्य स्थान नारायणी नदी किनारमा बिसं २०२२ मा सात–आठजना मात्रै भक्तजन हुने गर्दथे । अहिले उक्त स्थानमा हजारौं भक्तजनले छठपूजा गर्ने गरेको जानकार बताउँछन् । सुरुआती समयमा तराईमूलका समुदायले मात्र मनाउँदै आएको यो पर्व पछिल्लो समयमा अन्य मूलका समुदायले पनि मनाउन थालेपछि भक्तजनको सङ्ख्या उल्लेख्य रुपमा वृद्धि भएको हो ।

विषेशगरी पहाडी मूलका समुदायको यसपर्वतर्फ आकर्षण बढ्दै गएको पाइन्छ । विसं २०२२ मा सात–आठ परिवार मात्रै पूजा गर्नुहुने गरेको सम्झदै राजकुमार गुप्ताले भने, “अहिले यसको महत्व बढ्दै गएकाले भक्तजनको चाप पनि बढ्दै गएको छ ।” त्यो समयमा छठ पर्वको महत्व के हो भन्ने बारेमा बुझ्न नसक्दा यसपर्व मान्ने मानिस तराई समुदायको मात्रै हुने गरेको भए पनि अहिले आएर सबै मूलका समुदायले छठपर्व मनाउन थालेका छन् । तराईबाट यहाँ बसोबास गर्नेको चाप बढ्नु र अन्य समुदायले पनि यो पर्वलाई महत्व दिन थालेको उनले बताए  । 

हिन्दू धर्मालम्बी भन्दापनि अन्य धर्म मान्नेलेसमेत छठको पूजा गर्न थालेको उनले जानकारी दिए । उनले भने, “छठीमाताको पूजा गर्दा मनोकामना पूरा हुने विश्वास छ ।” यस पर्वमा पूजा गर्नाले रोग निको हुने जनविश्वास रहँदै आएको छ । छठ पर्वको दिन दिउँसोदेखि भक्तजन पूजापाठ एवं कथा सुन्ने काम गर्ने र साँझमा अस्ताउँदो सूर्यलाई अघ्र्य चढाउने गर्दछन् । 

छठीमाताको भाकल गर्ने (कोशी बस्ने)ले रातभर जागाराम बसी पूजा पाठ गर्ने, कथा सुन्ने र भजनर्कितन गर्ने गर्दछन् । अन्य भने साँझमा अघ्र्य चढाउने र बिहान उदाउँदो सूर्यलाई अघ्र्य चढाएर यो पर्ब मनाउने गर्दछन् । गुप्ताले भने, “अस्ताउँदो सूर्य र उदाउँदो सूर्यलाई अघ्र्य चढाउँदा स्वास्थ्य राम्रो हुने जनविश्वास छ ।” 

भरतपुर महानगरपालिका–१८ निवासी पहाडीमूलकी ७० वर्षीया पुजनदेवी घिमिरेले विगत १० वर्षदेखि हरेक वर्ष छठको पूजा गर्दै आएका छन् ।  १० वर्षअघि गरेको भाकल पूरा भएपछि सधैँ पूजा गर्दै आएको उनले बताए । अहिले मेला व्यवस्थापनका लागि तराई सामुदायिक सेवा समितिका पूर्वअध्यक्ष कृष्णराज गुप्ताको संयोजकत्वमा समिति गठन गरी काम भइरहेको छ । समितिका सदस्य राजकुमार कानुका अनुसार मेला व्यवस्थापनको काम भइरहेको छ । उहाँले पछिल्लो समयमा पहाडिया समुदायका व्यक्ति पनि छठपूजा गर्न आउन थालेको बताए । उनले भने, “अहिले छठपूजाका लागि पहाडिया समुदायबाट १० प्रतिशत आउने गरेका छन् ।” विस्तारै प्रचारप्रसार र विश्वासका कारण यसको महत्व बढ्दै गएको उहाँले बताए ।
 
छठपर्वका लागि यहाँको नारायणी नदी किनार सिँगारिएको छ । नदी किनारमा टेन्ट टाँङ्गर्ने, पूजाआजाका लागि स्थान बनाउने, नदीमा सीमा रेखा कोर्ने, भक्तजनको भिडभाड हुने क्षेत्रमा सुरक्षा व्यवस्था कडा गर्नेलगायतका काम गरिएको छ । समितिका सल्लाहाकार राजकुमार गुप्ताले विगत वर्ष कोरोनाका कारण सबैले घरघर मनाएको छठपर्व यसवर्ष कोरोना सङ्क्रमण कम भएकाले स्वास्थ्य मापदण्डको पालना गरी नदी किनारमा मनाउन लागिएको हो ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy