रामपुर । रम्भा गाउँपालिका १ सघाहा अगुवा कृषक ऋषिराम अर्यालले विगत पाँच वर्षदेखि प्रविधि (थ्रेसर) को प्रयोग गरी धानबाली स्याहार्दै लााएका छन् । धान झाट्ने र दाही हाल्ने काम एकै पटकमा हुने भएपछि ‘थ्रेसर मेसिन’बाट धान स्याहार्ने कार्यमा कृषकको आकर्षण बढेको उनले बताए ।
उनले भने, “एक घण्टाका समयमा थ्रेसर मेसिनबाट करिब ५० मुरी धान झाट्ने र दाही हाल्ने काम एकै पटकमा भयो, कम लागत र छोटो समयमा खेती स्याहार्ने नयाँ प्रविधि गाउँमा आएपछि कृषकलाई धेरै राहत भएको छ ।” उनले एक घण्टाको रु तीन हजार ५०० शुल्क तिरेर धान स्याहार्नुभएको छ । कामदार खटाएर धान स्याहार्नु पर्दा समय र लागत पनि धेरै लाग्ने हुँदा थ्रेसर मेसिनबाट नै फाइदा हुने उनले बताए ।
“थ्रेसरबाट धान स्याहार्न थालेपछि बस्तुभाउमा पनि जुकामाटे रोग कम देखा परेको छ, परालको पानीको सतहमा डुबेको भागमा जुकाका फूल बस्ने हुँदा गाईभैँसीमा जुकामाटेको रोग देखापर्ने हुन्थ्यो, थ्रेसर लगाएपछि यस्तो समस्या कम भएको छ”, उनी भन्छन् । धान छिटो झर्ने, कम लागतमा धेरै काम हुने, कामदारको अभावमा सहज हुने हुँदा पनि पछिल्लो समय कृषकले प्रविधिको प्रयोग गरेर खेती लगाउने र स्याहार्ने गरेको रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख रामहरि पाण्डेले बताए । उनका अनुसार नगरपालिकाले कृषकको मागअनुसार र विभिन्न पकेट तथा ब्लक कार्यक्रममा थ्रेसर मेसिन विभिन्न पनि सहयोग गरेको छ ।
“गाउँ गाउँमा धान झाट्ने यन्त्रको प्रयोग बढ्दो छ, कृषक पनि परम्परागत खेती प्रणालीलाई छाडेर आधुनिक प्रणालीतर्फ अगाडि बढ्दै गएका छन्, यसले गर्दा पनि कृषक नयाँ नयाँ कृषि यन्त्रको प्रयोगमा अग्रसर हुँदै गएका छन्”, उनी भन्छन । हालसम्म करिब १५ थ्रेसर मेसिन प्रयोगमा आएका छन् । दुई दिनसम्म लाग्ने काम एक घण्टामा सकिने भएपछि धान झाट्न कामदार लगाउनै छाडिएको बलबहादुर रानाले बताए ।
“एक जना कामदारलाई धान झाट्न दिउँसोको काम लगाउँदा रु एक हजार ज्याला दिनुपर्छ, समय पनि धेरै लाग्ने, खर्च पनि धेरै हुँदोरहेछ, हिजोआज थ्रेसर मेसिन ले दुई तीन दिन लाग्ने काम एक घण्टामै सिध्याउँछ” उनले भने । भनेको समयमा धान झाट्ने कामदार नपाउँदा पनि कृषकले निकै सास्ती खेप्नुपथ्र्यो । मेसिनप्रति कृषकको आकर्षण निकै रहेको विजयपुर कृषि सहकारीका अध्यक्ष ओमप्रकाश रेग्मीले बताए ।
जिल्लाका विभिन्न गाउँ गाउँमा थ्रेसरको प्रयोग हुन थालेपछि कृषकको आकर्षण बढ्दै गएको छ । कम लागत र मेहनतमा छिटो र छरितो धान स्याहार्न पाइने भएपछि यहाँका कृषक थ्रेसरमा आकर्षित भएका हुन् । जिल्लाको रामपुर, खानीछाँप, यम्घा, कसेनी, सिद्धेश्वर, खस्यौली, बौघापोखराथोक, रम्भा, अर्गली, दोभान, भुवनपोखरी, चिर्तुङ्गधारा, सत्यवती, माडीफाँटलगायतका स्थानमा थ्रेसर पुगेसँगै कृषकलाई धान स्याहार्न सजिलो भएको छ ।
जिल्लामा बढ्दो यान्त्रीकरणको विकास र प्रयोग हुँदै जाँदा भने काम गरेर खाने श्रमिक, मजदुर विस्थापित हुन पुगेका छन् । पछिल्ला वर्षामा ज्यालादारीमा काम गरेर जीवन गुजारा गर्ने सयौँ श्रमिक तथा मजदुरको आम्दानीको स्रोत नै गुम्दै गएको जनाइएको छ । परम्परागत कृषि औजारका सट्टा खनजोत गर्ने हाते ट्र्याक्टर, पावर टिलर, बीउ रोप्ने तथा धान काट्ने यन्त्र, गहुँ ठटाउने, धान झाट्ने यन्त्रको बढ्दो प्रयोग हुन थालेपछि कृषि व्यवसायमा आबद्ध कृषि मजदुर विस्थापित हुन पुगेका हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: