काठमाडौँ । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट नेताहरुलाई सरकारी निवास बालुवाटारमा बैठकका लागि बोलाएका छन् । पार्टीको १४ औँ महाधिवेशन नजिकिँदै गर्दा देउवाले आफूनिकटका नेताहरूसँग बैठक बोलाएका हुन् ।
बैठकमा देउवाले उपसभापति विजयकुमार गच्छदार र विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री महतलगायतका नेतालाई बोलाएका छन् ।
स्रोतका अनुसार जिल्ला हुँदै केन्द्रीय अधिवेशनसम्म आफू समूहको उपस्थिति कसरी बलियो रुपमा बनाउने भनेर रणनीति बनाउन देउवाले नेताहरूलाई बोलाएको जनाएको छ । स्रोतका अनुसार बैठक जारी रहेको जनाइएको छ ।
प्रतिकृया लेख्नुहोस्: