वालिङ । स्याङ्जाको वालिङ नगरपालिकाले १८ वर्षभन्दामाथिका सबैलाई कोभिड–१९ विरुद्धको खोप लगाइदिने भएको छ ।
कोभिड–१९ सङ्क्रमणबाट बचाउन तथा नागरिकको जीवनरक्षाका लागि नगरपालिकाको पहलमा १८ वर्षभन्दा माथिका सबै नागरिकलाई खोप लगाइदिने तयारी गरेको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए ।
“वालिङ नगरपालिकाको तथ्याङ्कअनुसार १८ वर्षभन्दा माथिका करिब ३२ हजार नागरिकमध्ये १७ हजार बढीले खोप लगाइसक्नुभएको छ”, उनले भने, “कात्तिक ३० देखि मङ्सिर २ गतेसम्म बाँकी रहनुभएका सबैलाई खोप लगाउने गरी तयारी गरेका छौँ ।”
वालिङ नगरपालिकाभित्र रहेको अस्पताल, स्वास्थ्यचौकी तथा शहरी स्वास्थ्य केन्द्र गरी १७ ठाउँमा तीन दिनसम्म खोप अभियान सञ्चालन गर्ने र त्यसका लागि खोप वालिङमा आइसकेको नगर प्रमुख खाँणको भनाइ छ । “वालिङ नगरपालिकालाई पूर्ण खोपयुक्त नगरपालिका बनाउनका लागि पहल गरिरहेका छौँ”, नगरप्रमुख खाँणले भने, “त्यसैले यहाँ सबै जनाले आआफ्नो पायक पर्ने स्वास्थ्य संस्थामा गई अनिवार्यरुपमा खोप लगाउनु हुन नगरवासीसमक्ष अनुरोध गर्दछु ।”
अठार वर्षभन्दामाथिका नागरिकलाई खोप लगाउने कार्य सकिएसँगै उक्त उमेर समूहभन्दा मुनिका नागरिकलाई खोप लगाउनका लागि पहल सुरु गरेको नगरप्रमुख खाँणले बताए । नगरवासीको जीवनरक्षाका लागि नगरपालिकाको प्रयासमा कात्तिक ३० देखि मङ्सिर २ गतेसम्म तीन दिन खोप अभियान सञ्चालन गरिने प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले जानकारी दिए ।
वालिङमा सङ्क्रमणलाई शून्यमा झार्ने अभियानस्वरुप अनिवार्य खोप लगाउन आग्रह गरिएको उनले बताए । वालिङ नगरपालिकाले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि कुनै कञ्जुस्याइँ नगरी निरन्तररुपमा नागरिकलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले बताए ।
तीनदिनसम्म सञ्चालन हुने खोप अभियानमा भेरोसेलका १५ हजार मात्रा खोप लगाइने प्रमुख पाण्डेले बताए । अठार वर्षभन्दामाथिका खोप लगाउन बाँकी रहेका १५ हजार जनालाई भेरोसेलको पहिलो मात्रा लगाइने भएको हो । खोप अभियानका लागि नगरपालिकाका १४ वटै वडामा रहेका १७ वटा स्वास्थ्य संस्थामा करिब १०० जना स्वास्थ्यकर्मी परिचालन गरिने शाखा प्रमुख पाण्डेले जानकारी दिए ।
वालिङ नगरपालिकाले कोभिड–१९ को सङ्क्रमणकालीन अवस्थामा कोभिडको रोकथाम तथा नियन्त्रणका लागि खेलेको भूमिकाप्रति यहाँका नागरिक सन्तुष्ट देखिएका थिए । शेयरकास्ट इनिसियटिभ नेपालले गरेको मत सर्भेक्षणले उक्त कुरा पुष्टि गरेको बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १५ गते, २०८० - २१:४६
भरतपुर । गणतन्त्र दिवस २०८० का अवसरमा गणतन्त्र दिवस समारोह समिति चितवनले सोमबार भरतपुरमा आयोजना गरेका सहिद सम्मान कार्यक्रममा सहिद शिव पौडेलकी पत्नी त...
जेष्ठ १५ गते, २०८० - २०:४७
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारतमा हुने भ्रमणका विषयमा प्रतिनिधिसभा बैठकमा जानकारी गराएका छन् । प्रतिनिधिसभाको दोस्रो बै...
जेष्ठ १५ गते, २०८० - २०:२१
काठमाडौं । जेठ १५ अर्थ मन्त्री डा. प्रकाशशरणले सामाजिक सुरक्षा कोषमा आवद्ध विदेशमा काम गर्ने नेपालीले स्वदेश फिर्ता हुदा टेलिभिजन ल्याउँदा कर नलाग्ने ...
जेष्ठ १५ गते, २०८० - २०:१२
काठमाडौं । जेठ १५ आगामी दुईवर्ष भित्र शतप्रतिशत जनसङ्ख्यामा विद्युतको पहुँच पुर्याकउने गरी राष्ट्रिय प्रसारण लाइन नपुगेका दूर्गम क्षेत्रका घरधुरीमा लघ...
जेष्ठ १५ गते, २०८० - १९:२७
काठमाडौं । आधुनिक जीवनको आधार सूचना प्रविधि र सञ्चारको मान्यतालाई आत्मसात गर्दै नागरिकका लागि सूचना प्रविधिको प्रयोगलाई सरल, सहज र पहुँच योग्य बनाइने...
जेष्ठ १५ गते, २०८० - १९:२३
दमास्कस । इजरायली युद्धक विमानहरूले आइतबार राति सिरियाको राजधानी दमास्कसमा रहेका सैन्य स्थलहरूमा रातभर आक्रमण गरेको सिरियाली सेनाले जनाएको छ । इजर...
जेष्ठ १५ गते, २०८० - १९:१९
काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट प्रस्तुत गरेका छन् । कुल विनियोजनमध्ये ...
जेष्ठ १५ गते, २०८० - १९:१४
मस्को– बेलारूसी राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोलाई उहाँका रूसी समकक्षी भ्लादिमिर पुटिनसँग भेट गरेपछि मस्कोको अस्पताल भर्ना गरिएको छ । बेलारूसी ...
जेष्ठ १५ गते, २०८० - १९:०९
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा ११० वटा स्थानीय तहका २५ हजार भूमिहीनलाई लालपूर्जा प्रदान गर्ने भएको छ । सोमबार अर्थमन्त्री डा। प्रकाशशरण महत...
जेष्ठ १५ गते, २०८० - १९:०६
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा पूर्वपश्चिम राजमार्गलाई ४ लेनमा विस्तार गर्ने कार्यक्रमलाई निरन्तरता दिने भएको छ । सोमबार अर्थमन्त्री डा. प्...
प्रतिकृया लेख्नुहोस्: