Khabar Dabali ६ पुष २०८२ आईतवार | 21st December, 2025 Sun
Investment bank

६ हजार कृषकलाई तरकारीको बीउ वितरण

खबरडबली संवाददाता

पर्वत । पर्वतको फलेवास नगरपालिकाका छ हजारभन्दा बढी कृषकलाई मौसमी तथा बेमौसमी तरकारीको बीउ वितरण गरिएको छ । नगरलाई तरकारीमा आत्मनिर्भर गराउने उद्देश्यले नगरपालिकाले सबै वडाका किसानलाई तरकारीको बीउ वितरण गरिएको हो । नगरपालिकाले विगत तीन वर्षदेखि सञ्चालन गरेको बहुआयामिक कार्यक्रम क्लिन फलेवास ग्रीन फलेवास अभियानअन्तर्गत ‘एक घर, एक बगैँचा’ कार्यक्रम र क्लीन हाउस ग्रीन हाउसका लागि बीउ वितरण गरिएको अभियानका संयोजक कमल घिमिरेले जानकारी दिएका छन्  । 

नगरपालिकाका प्रत्येक घरधुरीमा रायो, मूला, सलगम, पालुङ्गो, गाँजर र धनियाँलगायत तरकारीका बीउ नि:शुल्क वितरण गरिएको घिमिरेले बताए । नगरपालिकाले नि:शुल्क उपलब्ध गराएको बीउ लगाएर निर्वाहमुखी खेती गर्दै आएका कृषक व्यावसायिक र व्यावसायिक रुपमा लागेकाको अझै उत्पादन वृद्धि होस भन्ने अपेक्षा नगरको छ । नगरपालिकाले यस वर्ष क्लीन हाउस ग्रीन हाउस कार्यक्रमका लागि रु चार लाख विनियोजन गरेको थियो । बजेटबाट बीउ वितरण गरिएको संयोजक घिमिरेले जानकारी दिए । “नगरपालिकाका भरिका करिब छ हजार घरधुरीमा प्रति घरधुरीका लागि रु ७० बराबरको ६ प्रकारको तरकारीको बीउ वितरण गरिएको छ”, उनले भने, “कृषकले मौसमअनुसार र आफ्नो क्षेत्रको हावापानी अनुकूलका तरकारी उत्पादन गर्न सक्नेछन् ।”

यस्तो अभियान अघिल्ला वर्षमा पनि गरिएको र आव २०७६/७७ मा फलेवासका नगरका ११ वटै वडामा करिब ४०० प्लाष्टिक टनेल वितरण गरिएको उनको भनाइ छ । फलेवासले नगरभित्रका व्यावसायिक किसानका उत्पादन वृद्धि गर्नका लागि छिट्टै अर्को कार्यक्रम पनि ल्याउने तयारी गरेको छ । नगरपालिकाले नि:शुल्क तरकारीको बीउ वितरण गरेपछि नगरवासी हर्षित बनेका छन् । बीउको सही सदुपयोग गरी तरकारी उत्पादनमा जोड दिने वडा नं ६ देविस्थानका अगुवा कृषक देवीप्रसाद भुसाल बर्मेलीले बताए ।

तरकारीको बीउ सितोष्ण बागवानी विकास केन्द्र मार्फा, मुस्ताङ र पोखरा मालेपाटनबाट ल्याइएको नगरपालिकाका कृषि अधिकृत सन्तोष सुवेदीले बताए । सरकारी फर्ममा उत्पादन गरिएको उन्नत जातको गुणस्तरीय बीउ लिएर किसानलाई वितरण गरिएको उनको भनाइ छ । 

कृषकलाई कृषि पेशाबाटै आत्मनिर्भर बनाउने उद्देश्यले फलेवासले यस अघि नि:शुल्क रुपमा फलफूलका विरुवा विवरण गरेको थियो भने बाँझो जमिनमा खेती गर्नेलाई प्रोत्साहन स्वरुप अनुदान वितरण गरेको थियो । नगरपालिका अहिले तरकारी र मौसमअनुसार फलफूलमा आत्मनिर्भर बनेको नगरप्रमुख पदमपाणि शर्माले बताए । उनले अब नगरबाट निर्यात गर्नेगरी खेती विस्तार गर्नतर्फ किसानलाई प्रोत्साहित गरिने उनको  भनाइ छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending