गण्डकी । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले पोखरामा पर्यटकको बसाइँ लम्ब्याउन फेवाताल किनारमा पैदलमार्ग आवश्यक भएको बताएका छन् । अनदु गुरुङ समाजले पोखरा महानगरपालिका–२२तालपारीस्थित अनदुमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले प्रत्येक पर्यटकको बसाइँ अवधि लम्ब्याउन फेवातालको किनार क्षेत्रमा ‘फुट्याक’ निर्माण गर्न आवश्यक भएको बताएका हुन् ।
फेवातालबाट नजिक भएर पनि यहाँको माथिल्लो तथा तल्लो क्षेत्रका बासिन्दा अझै पनि विकासमा पछि परेकाले ताल वरपरकोे विकाससँगै पर्यटकीय गतिविधि सञ्चालन हुनुपर्नेमा मन्त्री बरालले जोड दिए । ऐतिहासिक तथा पुरात्तात्विक वस्तु संरक्षण गर्न र आफ्नो थातथलो नछाड्न आग्रह गर्दै उनले भने, “सडक, गोरेटो बाटोलगायत पर्यटकीय पूर्वाधार निर्माणमा प्रदेश सरकारको प्राथमिकतामा रहने छ ।”
वडाध्यक्ष मित्रलाल बरालले कोरोनाले गर्दा अनदु क्षेत्रमा बजेट व्यवस्थापन गर्न नसकिएको बताउँदै अबका दिन फेवातालको ३० देखि ३५ मिटरको मापदण्डकायम गर्न आग्रह गरे । माओवादी केन्द्र वडा इन्चार्ज त्रिभुवन पौडेल, वडाकमिटी अध्यक्ष नवराज बराल अनदु टोल विकास संस्थाका अध्यक्ष दीपेन्द्र गुरूङ, सदस्य मात्रिकाप्रसाद बरालले अनदुमा बाटो पहिलो आवश्यकताको विषय भएको सामूहिक धारणा व्यक्त गरेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: