Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

तेजपातको उचित मूल्य नपाउँदा कृषक निराश

खबरडबली संवाददाता

उदयपुर ।  जिल्लामा लामो समयदेखि व्यावसायिकरूपमा तेजपात (सिन्कौली) खेती गर्दै आएका कृषकले उत्पादन गरेको तेजपात बिक्री गर्ने सिजन सुरु भएर बिक्री हुन थाले पनि मूल्यवृद्धि नहुँदा कृषक निराश बन्न थालेका छन् ।

जिल्लामा लामो समयदेखि तेजपात उत्पादन गर्दै आएका कृषकले पाँच÷छ वर्षदेखि अहिलेसम्म पनि पुरानै बजार मूल्यमा तेजपात बिक्री गर्नु परेका कारण आफूहरूले घाटा सहेर भए पनि बाध्य भई तेजपात बिक्री गरेको गुनासो कृषकको छ ।

तेजपात खरिदकर्ता तथा व्यापारीले अहिले पनि विगत वर्षकै बजार भाउमा नै तेजपात खरिद गर्ने गरेको र उनीहरूले समयअनुसारको मूल्यवृद्धि गर्न नमान्दा पुरानै मूल्यमै तेजपात बिक्री गर्नुपरेका कारण आफूहरूले वर्षेनी ठूलो घाटा व्यहोर्नुपरेको रौता मुर्कुचीका देवराज मगरको गुनासो छ ।

मगर भने, “विसं २०७० मा नै आफूहरूले उत्पादन गरेको तेजपात प्रतिकिलो रु ३० देखि ५० का दरले बिक्री गरेका हौँ, सात वर्षपछि पनि उही मूल्य छ, व्यापारी तथा खरिदकर्ता मूल्यवृद्धि गर्न मान्दैनन्, यस वर्ष पनि तेजपात बिक्री हुने बेला सुरु भयो, तर मूल्यवृद्धि हुने अवस्था छैन ।” 

उदयपुरगढी डुम्रेका तेजपात उत्पादक कृषक भक्तबहादुर घलेमगरले तेजपात खरिदकर्ता तथा जिल्लाका बिचौलिया व्यापारीका कारण आफूहरुले अहिलेसम्म सही मूल्य पाउन नसकेको बताए । उनले भने, “हामीबाट रु ३० देखि ५० प्रतिकिलो खरिद गरी विराटनगर, वीरगञ्जका व्यापारीलाई रु ७०÷८०  प्रतिकिलो बिक्री गर्दछन्, वीरगञ्ज, विराटनगरका व्यापारीले भारतीय व्यापारीलाई रु १५० देखि २०० सम्म प्र्रतिकिलो बिक्री गर्ने गरेका छन्, हामी ठगिँदै आएका छौँ ।”

समयानुसार तेजपात खरिदकर्ताले मूल्यवृद्धि गर्न नमान्ने र उनीहरुले कृषकबाट सस्तोमा तेजपात खरिद गरेर अन्यत्र बजारमा दोब्बर मूल्यमा बिक्री गर्ने गरेको समेत कृषकको आरोप छ । जिल्लाका तेजपात व्यापारी तथा खरिदकर्ता बिचौलिया बनेर मूल्यवृद्धिमा बाधक बनेका कारण आफूहरूले लामो समयदेखि तेजपातको उचित मूल्य पाउन नसक्दा अन्यायमा पर्दै र तेजपात उत्पादक कृषकको पक्षमा अहिलेसम्म पनि जिल्लाका अधिकांश जनप्रतिनिधि, स्थानीय सरकारसहित, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि कसैले पनि यसतर्फ वास्ता नगरेका कारण आफूहरुको गुनासो र आवाज सुनुवाइ नभएको सम्बद्ध कृषकको गुनासो छ ।

रौता बोलुङखाका देवेन्द्र खपाङ्गी मगर भन्छन्, “सबै व्यापारी मिलेर तेजपातको मूल्य बढाउन मान्दैनन्, हामी कृषकले मूल्यवृद्धि ग¥यौँ भने उनीहरु तेजपात खरिद गर्नै आउँदैनन्, अनि अन्त्यमा बाध्य भएर पुरानै मूल्यमा बिक्री गर्नुपर्ने बाध्य हुन्छ, सबै तेजपातका व्यापारी तथा खरिदकर्ता एकमुख भएर लाग्छन् ।”

यसपटक हिउँद लागेसँगै तेजपात बिक्रीको समय सुरु भएको र कारोबार सुरु भए पनि मूल्य भने पुरानै रहेका कारण कृषक मारमा परेको त्रियुगा नगरपालिका–१५ खाँबु हुबासका कृषकको गुनासो छ । जिल्ला वन कार्यालय उदयपुरका अनुसार अहिले उदयपुरमा चार पहाडी गाउँपालिकामा कृषकले व्यावसायिक तेजपात उत्पादन गर्दै आएका छन् । वार्षिक रु छ करोडदेखि आठ करोडभन्दा बढीको तेजपात उदयपुरमा उत्पादन हुने गरेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत जागेश्वर साहले बताए ।

तेजपात उत्पादन हुने गाउँपालिकामा रौतामाई, ताप्ली, उदयपुरगढी, लिम्चुङबुङ छन् । यता त्रियुगा नगरपालिकाको साउने, खाँबु, चौदण्डीगढी नगरपालिकाको सिद्धीपुर चौदण्डी, बेलका नगरपालिकाको मैनामैनी, बबला र कटारी नगरपालिकाको सिरिसे, हर्देनी, मयङखु, बेतिनीलगायत क्षेत्र छन् । सिरिसे, हर्देनी, मयङखु क्षेत्रमा उत्पादन हुने तेजपातको बिक्री केन्द्र जिल्लाको कटारी बजार हो भने तावाश्री, डुम्रे, रौता, साउने, भुटार, पोखरी खाँबु र आँपटारको बिक्री केन्द्र गाईघाट बजार रहेको तेजपात उत्पादक कृषक बताउँछन् ।

यस्तै सिद्धीपुर, चौदण्डी र कटुन्जेबबला क्षेत्रको उत्पादित तेजपातको बिक्री केन्द्र बेल्टार बजार रहेको छ । जिल्लाबाट बाहिर पैठारी गरेपछि तेजपातको मूल्य रु ८० देखि १०० प्रतिकिलो र भारतमा रु २०० प्रतिकिलोमा खरिदकर्ताले बिक्री गर्ने गरेको तेजपात उत्पादक कृषक बताउँछन् ।

अहिले उदयपुरमा तेजपात उत्पादन गर्ने कृषक तर मूल्य निर्धारण गर्ने अन्य खरिदकर्ता व्यापारी भएका कारण कृषकले उत्पादन गरेका तेजपात समयानुसारको सही मूल्य नपाएको तेजपात उत्पादक कृषकको गुनासो छ । यस वर्ष पनि हिउँद लागेसँगै तेजपातको कारोबार सुरु हुन थालेको कारण सम्बन्धित निकायले तेजपातको मूल्यको सहीरूपमा निर्धारण गरेर तेजपात उत्पादक कृषकलाई न्याय दिनुपर्ने जिल्लाका तेजपात उत्पादक कृषकले माग गरेका छन् ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies