काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले आज आयोजना गरेको कार्यक्रममा लैङ्गिक उत्तरदायी शासन पद्दतिको विकास गर्दै महिलालाई आर्थिक, सामाजिक र राजनीतिकरुपमा सक्षम बनाउन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
उनले कार्यक्रममा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले महिलाविरुद्ध हुने सबै खालका हिंसा अन्त्यका लागि राष्ट्रिय जागरण अभियानको आवश्यकता औँल्याए । महिला हिंसा अन्त्यका लागि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कोशेढुङ्गा सावित हुनेमा उनले विश्वास व्यक्ति गरे । विभिन्न प्रकारका हिंसाबाट पीडित महिलाको न्यायमा सहज पहँुचलाई सुनिश्चित गर्ने राष्ट्रिय महिला आयोगको संवैधानिक व्यवस्था गरिएको प्रधानमन्त्री देउवाको भनाइ छ ।
उनले भने, “लैङ्गिक समतामुलक समाज निर्माण गर्नका लागि हामीले संवैधानिक, नीतिगत र कानूनी अधिकार सुनिश्चित गरेका छौँ, प्रत्येक महिलालाई समान वंशीय हक, सुरक्षित मातृत्व र प्रजननसम्बन्धी हकको संवैधानिक रुपमा सुनिश्चित गरिएको छ ।” महिला विरुद्ध हुने सबै प्रकारका भेद्भाव, हिंसा र शोषणको अन्त्य गर्न सबै प्रकारका भेद्भाव उन्मुलन गरी नीति तथा कार्यक्रमलाई थप प्रभावकारिताका साथ कार्यान्वयन गरिने प्रधानमन्त्री देउवाले उल्लेख गरे ।
अझै पनि लैङ्गिक विभेद् र हिंसालाई बढवा दिने सामाजिक संरचनागत सोच, मूल्यमान्यता कायमै रहेको उल्लेख गर्दै उहाँले त्यसको अन्त्यका लागि सबै लाग्नुपर्नेमा जोड दिए । प्रधानमन्त्री देउवाले सामाजिक पछौटेपन, अन्धविश्वास, कुरिति र त्यसबाट महिलाले भोग्नुपरेको समस्या अन्त्यका लागि सङ्घ, प्रदेश र स्थानीय सरकारका साथै गैरसरकारी सङ्घ/संस्था, निजी क्षेत्र, सञ्चारकर्मी र अभियन्तालाई सचेतनामूलक तथा अभियानमुखी कार्यक्रम सञ्चालन गर्न आह्वान गरे ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले लैङ्गिक हिंसा विरुद्धको सचेतना अभिवृद्धि गर्दै जोखिममा परेकालाई उद्दार, राहात पुन:स्थापना तथा मनोसामाजिक परामर्शसेवा प्रवाह गर्न सम्पूर्ण सरकारी, गैरसरकारी सङ्घ संस्था एवं सरोकारवाला सबैमा आह्वान गरे । अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी अध्यक्ष अमृता थापा र राष्ट्रिय योजना आयोगका सदस्य सलोनी प्रधान सिंहलगायतले महिला हिंसा अन्त्यका लागि आ–आफ्नो ठाउँबाट सक्रियताका साथ लाग्नुपर्नेमा जोड दिए ।
आजदेखि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान विश्वभर सुरु भएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्वर १० तारिखसम्म विश्वभर लैङ्गिक हिंसा विरुद्धको अभियान सञ्चालन हुँदैआएको छ । नेपाल सरकारले नोभेम्बर २५ तारिखलाई महिला हिंसा विरुद्धको राष्ट्रिय अभियान दिवसको रुपमा मनाउने निर्णयसमेत गरेको छ । दिवसको यस वर्षको अन्तर्राष्ट्रिय नारा “ओरेन्ज द वल्ड : इन्ड भ्वाइलेन्स अगेन्स वुमन नाव” रहेको छ । राष्ट्रिय नारा “घरैदेखि सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ” रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: