Ntc summer Offer
Khabar Dabali १२ श्रावण २०८१ शनिबार | 27th July, 2024 Sat
NIMB

युवाहरुको श्रमलाई सहि ढंगले सदुपयोग गर्न सकेमा समृद्धीको नयाँ ढोका खोल्न सकिने: मन्त्री हतराज

खबरडबली संवाददाता

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री महेश्वर जंग हतराज(अथक) ले युवा लक्षित कार्यक्रमहरु लाई एकै ठाँउ केन्द्रित गर्नुपर्ने बताएका छन्  । युवाहरुको नाममा वर्षेनी राज्यको करोडौं रकम खर्च हुने गरेको भएपनि उक्त रकम लक्षित वर्ग सम्म पुग्न नसकेको तर्फ ईगिंत गर्दै मन्त्री अथकले युवा लक्षित गतिविधिहरु लाई एउटै संयन्त्रमा ल्याउनुपर्ने बताएका हुन् । 

मन्त्री अथकले प्रधानमन्त्री स्वरोजगार कार्यंक्रम, गरिबि निवारण कोष र आफ्नो मन्त्रालयको मातहतमा रहेका युवा परिषद, युवा तथा साना व्यवसायी स्वरोजगार कोषलाई एकै ठाँउमा केन्द्रित गरेर लक्षित वर्ग सम्म बृहत रुपमा पहुँच विस्तार हुने खालको वातावरण बनाउनुपर्ने बताएका हुन् । कुल जनसँख्याको ४० प्रतिशत युवाहरुको मनोभाव बोकेको मन्त्रालयको जिम्मेवारी आफुले सम्हालेको बताउँदै मन्त्री अथकले सबै कार्यक्रमहरु लाई मन्त्रालयकै मातहतमा ल्याएर नयाँ ढंगले अगाडी बढ्नुपर्ने धारणा राख्दै आएका छन्  । 

मन्त्रालय मार्फत युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउन सहुलियतमा ऋण तथा अनुदान प्रवाह गर्ने भनिएता पनि नितिगत रुपमै समस्या देखिएकाले त्यसको कार्यान्वयन पक्षफितलो रहेको मन्त्री अथकको बुझाई छ । सरकारले युवाहरुलाई सहज रुपमा ऋण प्रवाहगर्ने उद्धेश्यले स्थापना गरेको युवा स्वरोजगार कोष बिचौलीयाहरुको कमाई खाने भाँडोका रुपमा परिणत हुँदै गएको भन्दै मन्त्री अथकले चिन्ता समेत ब्यक्त गरेका छन् । 

मन्त्रालयका औपचारीक तथा आन्तरीक बैठकहरुमा समेत मन्त्री अथकले युवाहरुलाई स्वदेशमै केहीगर्न सकिन्छ भन्ने सपना देखाउने खालका योजनाहरु तर्जुमा गर्न सचिव तथा कर्मचारीहरु लाई निर्देशन दिदैं आएका छन् । विदेशी भुमीमा गएर श्रम बेच्न बाध्य युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउनका लागि आवश्यक रणनिति तय गर्न बृहत्तयुवा सम्मेलनको आवश्यकता महशुस गरेको बताउँदै मन्त्रीअथकले प्राकृतीक स्रोत साधन र युवाहरुको श्रमलाई सहि ढंगले सदुपयोग गर्न सकेमा समृद्धीको नयाँ ढोकाखोल्न सकिने विश्वास समेत ब्यक्तगर्दै आउनुभएको छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy