चितवन । प्रधानमन्त्री शेरबहादुर देउवा चितवन आइपुगेका छन् । नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्न देउवा चितवन पुगेका हुन् ।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवा हेलिकोप्टरबाट भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा अवतरण गरेका हुन् । उनी केही बेरमा कार्यक्रमस्थल नारायणी नदी किनारमा पुगेका छन् । महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गरेपछि आजै उनी काठमाडौँ फर्किने छन् । महाधिवेशनलाई सम्बोधन गर्न अन्य दलका प्रमुख एवं प्रतिनिधिसँगै विभिन्न देशबाट राजनीतिक दलका प्रतिनिधि यहाँ आएका हुन् ।
चिनियाँ कम्युनिष्ट पार्टीबाट भिडियो सन्देश प्राप्त भएको छ भने विभिन्न देशबाट त्यहाँका राजनीतिक दलहरुले शुभकामना सन्देश पठाएको नेकपा एमालेले जनाएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई एमालेले महाधिवेशन समारोहका लागि निमन्त्रणा गरे पनि उनी भने चितवन गएनन् । अध्यक्ष दाहालले एमाले महाधिवेशन समारोहमा माओवादी केन्द्रको प्रतिनिधित्व गर्न स्थायी कमिटी सदस्य लीलामणि पोखरेललाई महाधिवेशनमा पठाएका छन् । महाभारत र खानीखोला गाउँपालिकामा पार्टीकै कार्यक्रम रहेको कारणले अध्यक्ष दाहाल शुक्रबार बिहानै काभ्रेतिर लाग्नु परेको जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १२ गते, २०७९ - ११:५५
काठमाडौँ । नारी साहित्य प्रतिष्ठान नेपालद्वारा प्रदान गरिने ‘गोमा स्मृति सम्मान’ यस वर्षका लागि साहित्यकार डा बेञ्जु शर्मालाई प्रदान गरिएको छ । नार...
आषाढ़ १२ गते, २०७९ - ११:३५
लहान । ग्रामीण क्षेत्रका बजारबाट अयोग्य तथा म्याद गुज्रेको खाद्य पदार्थ नियन्त्रणमा लिई नष्ट गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार...
आषाढ़ १२ गते, २०७९ - ११:०९
भोजपुर । पौवादुङमा गाउँपालिकाले तोकिएको समयमा गुणस्तरीय काम गर्ने निर्माण व्यवसायीलाई सम्मान गरेको छ । तोकिएको मापदण्डअनुसार निर्धारित समयमै काम सम्पन...
आषाढ़ १२ गते, २०७९ - १०:५२
रामपुर । पाल्पाको निस्दी गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउने भएको छ । एघारौँ गाउँसभामार्फत नीति तथा कार्यक्रमसहित बजेट सार्वज...
आषाढ़ १२ गते, २०७९ - १०:३५
दोलखा । दोलखाको बिगु गाउँपालिका–४ मा बाढीले क्षति पुर्याए पछि निर्माणाधीन पुल भत्किएको छ । बाढीले पुलमुनिको ग्याबिन भासिँदा ग्याबिनमा राखिएका ट...
आषाढ़ १२ गते, २०७९ - १०:१९
जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा गए राति दुईतले घरको छतबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको जलेश्वर नगरपालिका–४...
आषाढ़ १२ गते, २०७९ - १०:११
काठमाडौँ । देव दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १३औँ वार्षिकोत्सवका अवसरमा चन्द्रागिरि नगरपालिका–६ स्थित मातातीर्थ वृद्धाश्रमलाई खाना पक...
आषाढ़ १० गते, २०७९ - १७:२५
काठमाडौँ । सलाम एयरवेजको उडान नं ४२७ मार्फत ओमनबाट आएका सिराहाका निरञ्जनकुमार सिंहको साथबाट आज १०० ग्राम सुन बरामद गरिएको छ । त्रिभुवन अन्तरराष्ट्...
आषाढ़ १० गते, २०७९ - १७:११
खोटाङ । आफ्नै हजुरआमा जन्तेढुङगा गाउँपालिका–५ चिसापानी खुट्टा डढुवा घर भई हाल सुनसरी ईटहरी उपमहानगरपालिका–१६ बालग्राम चौकमा डेरा गरी बस्ने ७७ वर्षीया ...
आषाढ़ १० गते, २०७९ - १६:५१
मस्को । एक सैनिक जहाज दुर्घटनामा परी कम्तीमा पनि चार जनाको ज्यान गएको बताइएको छ । रुसबाट प्राप्त एक समाचारमा सो कुरा बताइएको हो । यहाँको सैनिक कार्...
प्रतिकृया लेख्नुहोस्: