Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

हक्वानी नेटवर्कका प्रमुख मारिएका छैनन्–तालिवान

\"taliwan_leader\"१७ साउन, काबुल । तालिवानी सशस्त्र आतङ्ककारी सङ्गठनले हक्वानी नेटवर्कका प्रमुख मारिएको भनी प्रचार गरिएको समाचारको खण्डन गरेको छ । तालिवानले शनिबार आफ्नो बेभसाइटमा प्रकाशन गरेको विज्ञप्तिमा उक्त हक्वानी नेटवर्कका प्रमुख जलालुद्दिन हक्वानी नमारिएको पुष्टि गरेको हो । सो विज्ञप्तिमा भनिएको छ– हालैका केही समाचार पत्रहरुले हक्वानीका संस्थापक मारिएको समाचार आएको छ त्यसमा कुनै पनि सत्यता छैन । केही पाकिस्तानी सञ्चारमाध्यमहरुले ७० वर्षीय हक्वानी मारिएको समाचार प्रकाशन गरेका थिए । तालिवानले शुक्रबार मात्र उक्त नेटवर्कको प्रमुखमा उनका छोरा सिराजुद्दिनलाई उक्त नेटवर्र्कको प्रमुखका रुपमा नियुक्त गरेको छ । त्यसको एकदिनपछि मात्र शनिबारका सञ्चारमा यसका संस्थापकको निधनको समाचार आएको हो । तालिवानले हिजोमात्र उक्त सङ्गठन र हक्वानी नेटवर्कमा नयाँ प्रमुखको नियुक्ति गरेको थियो । सो समाचारको एकदिनपछि यो समाचार आएको हो । सरकार तालिवान वार्ता अन्योलमा यसैबीच तालिवान र अफगानिस्तान सरकारबीचको शान्ति वार्ता अन्योलमा परेको समाचार छ । वार्ताको प्रक्रिया अघि बढेको भए पनि तालिवानले भने सरकारसँग वार्तामा नबस्ने सङ्केत गरेपछि यो शान्ति वार्ता अन्योलमा परेको बताइएको हो । उक्त आतङ्ककारी सङ्गठनका प्रमुख रहेका मुल्लाह ओमारको निधनको समाचारपछि तालिवान वार्तामा नबस्ने सङ्केत गरेका बताइएको छ । उनीहरुले सो हत्याको आरोप सरकारलाई लगाएका त छैनन् तरपनि वार्तामा बस्ने बारेमा भने केही बताएका छैनन् । अफगानिस्तानमा जारी रहेको शान्ति वार्ता र आगामी केही दिनमै गर्ने भनिएको अर्काे चरणको वार्ताका बारेमा तालिवानले अहिले नै केही भनेका छैनन् । यसअघि शान्ति वार्ताका लागि सशस्त्र तालिवान विद्रोही पनि तयार भएको जनाएका थिए । विश्लेषकहरुले त्यहाँ शान्ति स्थापनाको एक झिनो आशा पलाएको जनाएका थिए । ओमार तालिवानी समूहका सर्वोच्च नेता तथा धार्मिक नेता हुन् । उनले अफगानिस्तानको ११ औँ राज्य प्रमुखका रूपमा सन् १९९६ देखि सन् २००१ सम्म कार्यभार सम्हालेका थिए । गतवर्षको सेप्टेम्बर महिनामा सत्तामा आएपछि अफगान राष्ट्रपति असरफ घानीले यो पहिलो पटक यी दुई पक्षबीच प्रत्यक्ष रूपमा वार्ताको आयोजना गरेका हुन् । यस अघि कम्तीमा पनि दुई चरणमा वार्ता गरेका उनीहरुबीच इद उल फित्रको लगत्तै पछि शान्ति वार्ताका लागि बस्ने सहमति भएको बताइएको थियो । अफगानिस्तानमा सन् २००१ देखि नै अमेरिकी सहयोगको सरकार सुरु भयो र तालिवान त्यसको विद्रोहीमा उत्रिएको हो । तालिवानका नेता ओमार भने सन् २००१ देखि नै सार्वजनिक भएका छैनन् । रासस/एएफपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies